राजनीतिज्ञ विन्दा पाण्डेको भुइँमान्छे पुस्तक पाेखरामा परिचर्चा

नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले लेख्नुभएकाे पुस्तक भुइँमान्छेको परिचर्चा गरिएको छ। पाण्डेले लेख्नुभएको पुस्तकले भुइँमान्छेकाे जीवन, संघर्ष एवं वर्गीय अवस्था झल्काउने संगठन निर्माणकाे क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भाेगाई बारेमा लेखिएको पुस्तक ‘भुइँमान्छे’ को पोखरामा परिचर्चा गरिएको हाे । उहाँले राजनीति जीवनमा कोअर्डिनेसन केन्द्रबाट सुरू भएर माले हुँदै नेकपा (एमाले) सम्म राजनीतिक यात्राकाे भाेगाइ आम कार्यकर्ताले दिनुभएको योगदानलाई समेटेर नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेले पुस्तक लेख्नुभएको हाे ।

मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आयोजना गरिएको कार्यक्रमा लेखक सहित राजनीतिक विश्लेषक, पत्रकार, पार्टीका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।भुइँमान्छेकाे परिचर्चा कार्यक्रममा वक्ता सहित्यकार अम्बिका भण्डारी, त्रिवेणी र पिएन क्याम्पसका पूर्व प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले पुस्तकले नेपाली राजनीतिमा महिलाको भूमिका र एमाले निर्माणको योगदानलाई उजागर गरेको बताउँदै पुस्तककी लेखिका पाण्डेलाई प्रशंसा गर्नुभयो । ‘भुइँमान्छे’ पुस्तकले लामो समयदेखि राजनीतिमा सक्रिय रहेर ओझेलमा परेका र पारिएका कार्यकर्ताहरूको कथा ब्यथा बाहिर ल्याएको भन्दै उहाँहरूकाे एक स्वर एवं आवाजलाई पुस्तकमा समेटिएको छ।पुस्तक चर्चा कार्यक्रममा यस्ता सामग्रीहरूले इतिहास लेखनमा सशक्त भूमिका खेल्ने उहाँहरुको सम्मान हुने विश्वास गरिएको छ ।

साहित्यकार अम्बिका भण्डारीले तत्कालीन समय नेपाली राजनीतिको विशिष्ट योगदानमा आधारित भएर “भुइँमान्छे ” पुस्तक लेखिएको बताउँनुभयाे । ‘त्यो बेला पार्टीका नेता कार्यकर्तालाई आश्रय कसरी दिइन्थ्यो । नेता कार्यकर्ताले कस्तो भूमिका खेले यी सबै विषय पुस्तकमा समेटिएको छ । अर्थात् पाण्डेको पुस्तक दस्ताबेज बनेकाे छ,’ उहाँले थप्नुभयाे, ‘भुइँमान्छे पुस्तकमा महिलाहरूको भूमिकालाई देखाइएको छ। अर्थात् महिना पार्टीको दरिलो खम्बा हुन भन्ने कुरालाई पुस्तकले छर्लंङ पारेको छ ।’हिजोको पञ्चायकालमा महिलाहरु कसरी परिवर्तमा होमिएका थिए र अहिलेको पार्टी निर्माणमा महिलाहरूको भूमिका कस्तो रहेको छ । हिजोका क्रान्तिबाट के पाठ सिक्ने लगायतका कुरा र अनुभवलाई समेटेर भूइँमान्छेमा देखाइएको छ, उहाँले पुस्तक परिचर्चा कार्यक्रममा सुनाउँनुभयाे ।

किताबले व्यक्ति हत्याबाट क्रान्ति हुन सक्दैन भन्ने कुरालाई समेत देखाउन खोजेको छ । जुन कुरा राजनीति गर्नेहरू सबैले थाहा पाउन आवश्यक छ,’ उहाँले भन्नुभयो । त्यस्तै कार्यक्रमका अर्का वक्ता साहित्यकार त्रिवेणीले भुइँमान्छे पुस्तककाे विविध पक्षमा रही गहिरो विश्लेषण गर्नुभएको थियाे । उहाँले पुस्तकमा नेपाली कम्युनिष्ट आन्दोलनको आधारभूत तहमा काम गर्ने हजारौँ कार्यकर्ताहरूको संघर्ष एवं योगदान र अनुभवलाई सजीव रूपमा प्रस्तुत गरेको समेत उहाँले सुनाउँनु भयाे ।साहित्यकार त्रिवेणीले कार्यकतालाई निर्णय प्रक्रियामा सहभागी गराएर समाजलाई नै सम्मानित गर्न सक्नुपर्ने पुस्तक परिचर्चा कार्यक्रममा बताउँनुभयाे । इतिहास लेख्दा केही पात्र र प्रवृत्तिहरू छुट्ने विषयमा बोल्नुहुँदै त्रिवेणीले भन्नुभयाे , ‘पुस्तक लेखनमा नारायणमान बिजुक्छे रोहित,मोहनविक्रम सिँह छुटे पनि पुस्तकले अधिकांश त्यस्ता नेताहरूको इतिहास समेटेको छ, जो पछि माले वा एमालेमा भए ।’ सम्भवतः नेपाली कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) को सन्दर्भमा महिला कमरेडहरूको योगदानलाई यति गहिरो ढंगकाे विश्लेषण सहित समेटिएको यो पहिलो पुस्तक भएको समेत उहाँले कार्यक्रममा बताउँनुभयाे ।

‘बालकुमारी थापा,गोमा देवकोटा,लालमाया राई जस्ता थुप्रै महिलाहरूको कथा संघर्ष वा योगदान इतिहासमा हराउने थिए, यी नामहरू मलाई थाहा पनि थिएन,यो पुस्तक भुइँमान्छेले उहाँहरूलाई उजागर गरेको छ।’ पुस्तककाे परिचर्चामा उहाँले भन्नुभयाे ।त्रिवेणीले पुस्तकले क्रान्तिको मानक,समाजको वर्गीय अवस्था र सांस्कृतिक पाटाेलाई केलाएर गहिरो संश्लेषण एवं अध्ययनको ढोका खोलेको धारणा राख्नुभयाे । ‘सातु खाएर सम्मेलन गर्ने, अकबरे खुर्सानी पचाउन नसक्ने कमरेड, गँगटा पिसेर रोटी बनाउने लुम्बिनीकी महिला, यी सबै कुराले भूँइमान्छेको जीवन, संघर्ष र वर्गीय अवस्था झल्काउँछ।’ , उहाँले भन्नुभयो । पुस्तक पढ्नुपर्ने मुख्य कारणसमेत स्पष्ट पार्दै उहाँले थप भन्नुभयाे, ‘नेताले किन पढ्ने? भुइँमान्छेका गुनासा के छन् थाहा पाउन एवं टेक्निकल्ली भन्दा एमालेलाई मत पार्टीको विचार मन परेर दिइएको हो । त्यसकारण पन्ध्र लाख मतदाताको लाइब्रेरीमा यो पुस्तक पुग्नैपर्छ ।’

पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक गेहेन्द्रश्वर कोइरालाले भूइँमान्छे नलेखिएका मान्छेको किताब भएको सुनाउँनुभयाे। ‘यस्ता किताब धेरै आवश्यक थिए । तर यस्तो किताब लेखिएको थिएन भन्नुभयो । त्यसकारण यो सूचनाको संंग्रह हो,’ उहाँले भन्नुभयो । किताबमा २०१५ सालमा भएको चुनावमा ककस्ले कम्युनिष्टको नाममा चुनाव लडेका थिए, ती सबै नाम थाहा पाउन सकिने समेत बताउँनुभयाे । ओली २०२९ सालमा किन हराए, जेल जीवनपछि पहिलो बैठक कहाँ बसे ती सबै किताबमा उल्लेख गरिएको उहाँले बताउँनुभयाे । ‘यो किताबमा ७५ प्रतिशत महिलाको योगदान समावेश गरिएको छ । विशेष गरेर ४६ साल अघिको वर्गाीय कुरालाई कसरी उठाइयो, किताबमा छ,’ उहाँले भन्नुभयाे, ‘वर्गाीय कुरा मात्र होइन,पुस्तक विचारको उत्पति र भौतिकवादसँग जोडिन्छ,त्यसलाई पनि याे उपलब्धि मान्नुपर्छ ।’ कार्यक्रममा उहाँले गुटगत राजनीति हुन्छ भने आलोचनात्मक चेत राख्नु नै गलत भएको सुनाउँनुभयाे ।

पुस्तक लेखक विन्दा पाण्डेले अरुको भावना बिचारलाई आफूले कलेक्सन गरेर लेखेको बताउँनुभयाे। ‘सुरुमा मैले यो सेल्टरदातासँग मात्र केन्द्रीत हुने कि भन्ने साेँच राखेकी थिए । तर पछि यो सबैको योगदानलाई समेटेर पुस्तक तयार गरे,’ उहाँले भन्नुभयो । लोकतन्त्र प्राप्ति पछि पार्टीभित्र नेतृत्वबाट भएका कतिपय निर्णयहरूलाई अप्रजातान्त्रिक कार्यशैलीका रुपमा चित्रण गरिएको छ,पक्कै सुशासनका लागि आवाज उठाउँदा पार्टी नेतृत्वबाट विद्रोही शैलीको भाष्य सृजना गरिएको भएपनि आफू सधैँ पार्टी बनाउन भूमिका निर्वाह गर्ने बताउँदै उहाँले भुइँमान्छेका भावना र अपेक्षाप्रति प्रतिबद्ध रहेको पाण्डेले बताउँनुभयाे । ‘२०२८ सालदेखि २०४६ सालसम्म खास गरेर नेकपा माले धार निर्माणमा आम नागरिकको भूमिका कस्तो रह्यो भन्ने कुरामा पार्टी निर्माणमा कसरी सहयोग गर्नुभयो, भूमिगत नेताहरूलाई कसरी लुकाउनुभयो, कसरी खुवाउनुभयो र व्यवस्थापन कसरी गर्नुभयो भन्ने कुरामा त्यतिखेर कडा निरंकुश शासन थियो, त्यतिखेर सुरक्षा कसरी दिनुभयो ? उहाँहरू आफै सम्पर्क गर्न सक्ने स्थिति थिएन यो किताममा समेटेको छु।’ उहाँले कार्यक्रममा परिचर्चा गर्नुभयो ।यो किताब पन्ध्र लाख मान्छेले हेर्नुपर्छ भन्नुभयो तर म त भन्छु हिजोका मालेका संगठकहरू सबैले यो किताब पढ्नुपर्छ । अहिलेका एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूले यो पढ्नुपर्छ जस्तो लाग्छ । खास गरेर श्रमजीवी,महिला,किसान, बालबालिकाहरूले पनि कसरी सहयोग गरे भन्ने विषय र पार्टी निर्माणमा आम मान्छेको भूमिकाका विषयमा यसमा लेखिएको छ । भुइँमान्छे पुस्तक परिचर्चा कार्यक्रमको सहजीकरण सुर्य भण्डारीले गर्नु भएको थियाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *