पाल्पा, रामपुर नगरपालिका-५, बेझाडमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । ५७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभाका अर्थ,उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हाे ।
वार्षिकोत्सब कार्यक्रममा उद्घाटन मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले परिवर्तन चाहने हो भने पहिले आफैंबाट सुरुवात गर्नुपर्छ भन्ने ज्वलन्त उहाहरणलाई रामतुलसी नमुना माध्यमिक विद्यालयले प्रस्तुत गरेको बताउँनुभयाे । उहाँले उत्तीर्ण हुनु मात्र शिक्षा होइन, संस्कारयुक्त व्यावसायिक एवं व्यवहारिक बनाउने खालको शिक्षा अति आवश्यक रहेको बताउँनुहुँदै प्रमुख अतिथि श्रेष्ठले रामतुलसीले व्यवहारिक जनशक्ति उत्पादन गर्ने खालको शिक्षा प्रदान गरिरहेकाे बताउँनुभयाे । विगतमा पार्टी, पौवा, चाैतारीबाट सुरु भइ सञ्चालनमा आएको इतिहास स्मरण गर्नुहुँदै भाैतिक सुविधा सम्पन्न पक्की भवनमा विद्यालयले गुणस्तरीय, आधुनिक प्रविधिबाट शिक्षा दिदै आएको देख्दा खुशी लागेको उहाँ बताउँनुहुँन्छ । आफुले ज्ञानार्जन गरेको विद्यालय हेर्न एवं सिक्न लायकको नमुना विद्यालय बनेको खुशी व्यक्त गर्दै उहाँले यस विद्यालयको शैक्षिक विकास गुणस्तरीयता बृद्धि गर्नलाई आफुले सहयोग गर्ने बताउँदै लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले विद्यालयकाे आवश्यकता ध्यानमा राख्दै ठूलो क्षमताकाे सभाहल निर्माण गर्नलाई आफुले प्रदेश सरकार समक्ष बजेट माग गर्ने प्रतिवद्धता जनाउँनुभयाे ।




वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा स्थापित ३६ वटा अक्षय कोषको करिव ३२ लाख बराबरको रकम रहेको जानकारी गराउँनहुँदै एक सय एघार वटा कक्षाकोठा सहित तीनवटा स्कुल बस अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठा रहेको बताउँदै उहाँले कृषि तथा विज्ञान प्रयोगशाला, खानेपानी, खेलमैदान, बाल उद्यान, सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशालाकाे सुविधा उपलब्ध गराउँदै आएको विद्यालयमा करिव दुई हजार सात सय जना विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयमा ४१ जना सरकारीस्तर ८४ जना निजीस्तरमा गरी १२५ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत रहेको विद्यालयकाे प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले विद्यालयकाे ५७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसकाे अवसरमा विद्यालयमा हुने सभा, समारोह जस्ता कार्यक्रम गर्नका लागि एक हजार जना अट्ने क्षमताको सभा सेमिनार हल बनाउने योजना रहेकाले बताउँनुहुदै यसको लागि आर्थिक व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठ समक्ष प्रधानाध्यापक लम्सालले आग्रह समेत गर्नुभयो ।
वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका लेखापाल हरिहर रेग्मीले ११ करोड ९ लाख ३४ हजार ७२४ रुपैयाँ ६३ पैसा बराबरको आयव्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका संस्थापक देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, विद्यालय पुर्व व्यवस्थापन समिति सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, लक्ष्मीनारायण गुठी व्यवस्थापन समिति अध्यक्ष बुद्धिप्रकाश रेग्मी, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्षहरु ऋषिराम भट्टराई, विष्णुप्रसाद पौडेल, किर्तिनाथ श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य लक्ष्मण सुनाम एवं विद्यालय व्यवस्थापन समितिको तर्फबाट दुर्गादेवी राना तथा शिक्षक अभिभावक संघ अध्यक्ष महेशकुमार पौडेल, विद्यार्थी सम्झना रायमाझी र कृष्ण दर्जीले कार्यक्रममा आ-आफ्नो धारणा राख्दै सफलताको शुभकामना दिनुभएकाे थियोे । कार्यक्रमको अवसरमा पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम,बिमल श्रेष्ठले अक्षयकोष स्थापना गर्ने जानकारी गराउँनुभयाे।




नयाँ अक्षयकोषदातालाई सम्मान गरिएको छ । साथै शिक्षक सम्झना घिमिरे, रमेश अधिकारी, विनिता भट्टराई, दुर्गादेवी शर्मा, राजन घिमिरे, प्रेमकुमारी थापा, पुष्पराज ढकाल, ऐश्वर्य राना, सन्तोष चौधरी, विष्णुमाया पौडेल र कर्मचारी निरज श्रेष्ठलाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको रूपमा सम्मान गरेको छ । वार्षिकोत्सवको अवसर पारेर पूर्व विद्यार्थी विकास पौडेलले आफ्ना स्वर्गीय बुबा उमाकान्त पौडेलको नाममा ३३ हजार ३३३ बराबरको उमाकान्त स्मृति अक्षयकोष स्थापनाका लागि घोषणा गर्नुभएको छ । कार्यक्रमकै अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल सरकारका पूर्व सचिव मधुसूदन पाेखरेलले आफ्नो स्वर्गीय हजुरबुबा लाेकनाथ पाेखरेल र बुवा ज्ञानेश्वर पाेखरेलका नाममा दुई लाख एक हजार एक सय पच्पन्न रूपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न विद्यालयमा चेक हस्तान्तरण गर्नुभएको छ। उहाँले विद्यालयकाे ५७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा अक्षयकोष स्थापना गर्नुहुँदैस्थापित अक्षयकोषकाे प्राप्त ब्याजबाट अति विपन्न, असाय एवं जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा प्रदान गरिने दाता पाेखरेलले बताउँनुभयाे । विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पाैडेल स्मृति अक्षयकोषकाे रकम सामाजिक, राजनीतिक, धार्मिक क्षेत्रमा विशिष्ट याेगदान गर्नुभएका व्यक्तित्वहरूलाई प्रदान गरिदै आएको विद्यालयले जनाएको छ।
पूर्वी पाल्पाको शैक्षिक धराेहरकाे रूपमा स्थापित नमुना विद्यालय रामतुलसी माविले अब्बल स्थानमा नतिजा दिन सक्षम रहेको र सामाजिक, भाैतिक विकासमा उच्च गुणस्तरीयता कायम राख्दै शैक्षिक गतिविधिकाे सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। संस्थागत विद्यालयमा प्राप्त हुने सेवा सुविधाहरू सामुदायिक विद्यालयबाट प्राप्त भएपछि यहाँ अभिभावकहरू र विद्यार्थीहरूकाे आकर्षक दिनहुँ बढ्दै गरेको र विद्यार्थीकाे चाँप समेत बढेको अभिभावक महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयाे । वार्षिकोत्सब तथा अभिभावक दिवसमा शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा नेपाली माध्यमबाट उत्कृष्ट अंक ल्याउने छात्रा मनिषा आलेलाई उज्ज्वल भविष्यको कामना गर्दै नगद दुई हजार एक सय रूपैयाँ नगद र सम्मान-पत्रले पुरस्कृत गर्नुभएको छ । वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा सहभागीहरू प्रमुख अतिथि विशिष्ट अतिथि लगायतका पहुनालाई विद्यालय व्यवस्थापन समिति सदस्य विशाल श्रेष्ठले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियोे भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रमाइलो साँस्कृतिक प्रस्तुति देखाउँनुभएकाे थियो ।
५७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसकाे अवसरमा विद्यालयप्राङ्गणमा विज्ञान तथा कृषि प्रदर्शनी सहितको खाना महाेत्सव आयोजना गरिएको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईकाे अध्यक्षतामा भएको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेको स्वागत तथा शिक्षक लेखनाथ शर्मा मरासिनीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।



