नवराज ज्ञवाली पाल्पा, रामपुर नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ । रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो । रामपुर क्षेत्रमा धार्मिक उत्सवको रुपमा हरिबाेधनी एकादशीलाई मनाउने परम्परा भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार विदा दिने निर्णय गरिएको रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो नगर कार्यपालिकाको बैठककाे निर्णय अनुसार बिदा दिने निर्णय भए अनुसारकाे बिदा गरिएको हो ।
कार्यपालिका बैठक निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले सूचना जारी गर्नुहुँदै रामपुर नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय,स्वास्थ्य संस्था,सहकारी र शैक्षिक संस्था लगायतका कार्यालयमा विदा दिईएको जानकारी गराउँनुभयाे । उहाँले रामपुर र कालिगण्डकी नदीतट किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको जनाउँदै नगरपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको हाे भन्नुभयो । उहाँले हरिबाेधनीलाई ठूलो एकादशीको रुपमा लिईने एकादशी भएकोले साेही अवसरमा कालीनदी तट किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट,तातोपानी,बर्दले, स्याउलीबजार लगाएतका स्थानमा मेला भर्न तथा गंगा स्नान गर्नका लागि भक्तजनहरु पुग्ने बताउँदै साेही अवस्थालाई मध्ये नजर गरि सार्वजनिक बिदा दिएको हाे ।