रामपुर सहकारीकाे १७ औँ वार्षिक साधारण सभा सम्पन्न

पाल्पा, रामपुर नगरपालिका रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले गरेका हुन् । अध्यक्ष रेग्मीले संस्थाको गतिविधि सहितकाे वार्षिक नीति कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीबाट शेयर सदस्यहरूले लाभ लिने खालका रचनात्मक क्रियाकलापमा जोड दिएको बताउँनुभयाे लुम्बिनी प्रदेश सभाका अर्थ,उद्योग तथा पर्यटन विकास समिति सभापति श्रेष्ठले अबको युग प्रविधिसंग जोडिएकोले संस्थाका हरेक काम गतिविधिहरू प्रविधिको माध्यमबाट गर्नुपर्ने अवस्था भएको हुँदा के भईरहेको छ भन्ने विषयमा बुझ्न र शेयर सदस्यले चाहेको बखत आफ्नो हरहिसाव संस्थामा बुझ्न तथा हेर्न सकिने बताउँनुभयाे । कागजको पैसाबाट होइन घरमै बसेर भुक्तानी गर्ने प्रविधि भित्रिएको बताउँदै सभापति श्रेष्ठले सहकारी संस्थाका हरेक काममा शेयर सदस्यहरूले निगरानी राख्न एवं सञ्चालक समितिलाई झकझक्याइ रहनुपर्ने बताउँदै उहाँले त्यो सदस्यकाे अधिकार समेत रहेको बताउँनुभएकाे छ।

रामपुर नगरपालिका नगर प्रमुख रमणबहादुर थापाले नागरिकले स-सानो पूँजीबाट रकम जम्मा गर्दै सुरु गरेको रामपुर वचत तथा ऋण सहकारी संस्था अहिले नमुना सहकारीको रूपमा स्थापित भएको बताउँनुभयाे । रामपुर नगरपालिकाले युवा स्वरोजगार व्याज अनुदान कार्यक्रममार्फत दुई वर्षका लागि तीस लाखसम्म व्याज अनुदान दिइएको नगर प्रमुख थापाले जानकारी गराउँदै व्याज अनुदानका लागि सहकारीले संस्थागत रूपमा सिफारिस गरेर पठाएमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्न सकिने बताउँनुभएकाे छ । संस्थाकाे वार्षिक साधारणसभा कार्यक्रममा नेपाली काँग्रेस रामपुर नगरका सभापति नेत्रप्रसाद भट्टराई,नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रेग्मी, जिल्ला सहकारी संघ पाल्पाका सञ्चालन सदस्य ईश्वरीदेवी खनाल, नेकपा एकीकृत समाजवादी रामपुर नगरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुर नगरका अध्यक्ष रामप्रसाद गैरेले सहकारीको मर्म तथा भावना अनुसार सहकारी संस्थाबाट शेयर सदस्यहरूको हितमा रहेर काम गर्न सक्नुपर्ने सुझाव राख्नुहुँदै रामपुर बचत तथा ऋण सहकारी संस्थाकाे १७औँ वार्षिक साधारण सभा भब्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा सहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघ सचिव विनोद श्रेष्ठ,संस्थाका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष नगिलाल पौडेल,बैंक तथा वित्तीय संस्थाको तर्फबाट ग्लोबल आइएमई बैंक रामपुर शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई, सामुदायिक विद्यालयबाट रामतुलसी माध्यमिक विद्यालय प्रधानाध्यापक बालकृष्ण लम्साल, सहकारी संस्थाहरूबाट अन्धकार मुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा,सेयर सदस्यहरूको तर्फबाट बिन्दु पोखरेल र रामचन्द्र अर्याल लगायतले वार्षिक साधारण सभामा आ-आफ्नो धारणा सहितको मन्तब्य राख्नुहुँदै भब्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे । सहकारी संस्थाकाे वार्षिक साधारण सभामा असल बाल बचत कर्ता,नियमित बचत कर्ता,नियमित दैनिक बचतकर्ता,असल ऋणीलाई पुरस्कृत तथा सम्मान गरिएको थियोे । सहकारी संस्थाबाट कार्यक्रमकाे अवसरमा भाग्यशाली कुपनबाट शेयर सदस्यलाई उपहार प्रदान गरिएको छ । सहभागी शेयर सदस्य एवं अतिथि पाहुनाहरूलाई सञ्चालक समिति सदस्य हजिल मियाँले धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर अंग्रेजी आवासीय माविका विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियाे ।वार्षिक साधारण सभाकाे उद्घाटन सत्रमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा प्रतिवेदन,लेखा समिति संयोजक हुमनाथ अर्याल संस्था सञ्चालक समितिकाे तर्फबाट वार्षिक कार्यप्रगति प्रतिवेदनलाई सचिव किर्तिनाथ श्रेष्ठ तथा आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष बन्दना पोखेलले सहकारी संस्थाकाे वार्षिक साधारण सभाकाे उद्घाटन सत्रमा प्रस्तुत गर्नुभएको थियोे । उद्घाटन सत्रमा प्रस्तुत भएका तीनवटै प्रतिवेदनहरू माथि महत्त्वपूर्ण छलफल गर्दै सुझावका साथ बन्दसत्रमा पारित गरिएको छ ।वार्षिक साधारणसभाकाे संस्थाका अध्यक्ष गुरूप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत एवं संस्थाका सचिव किर्तिनाथ श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *