रिब्दीकाेटले ६६१ जना बालिकालाई एचपीभी खोप लगाउने

पाल्पा, रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा एचपीभी खाेप सञ्चालन गर्नका लागि गाउँपालिकाका निमावि र माविका प्रधानाध्यापक सहित सराेकारवालाहरूसंग अभियान सञ्चालनका अभिमुखिकरण कार्यक्रम गरेको छ । रिब्दीकाेट गाउँपालिकास्तरीय खाेप समितिले सरकारकाे राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका ६५९ जना विद्यालयका बालिका र २जना विद्यालय बाहिर गरि ६६१ जना किशोरीलाई एचपीभी खोप लगाउने भएको हाे।

गाउँपालिकाकाे १८ सामुदायिक विद्यालय र १ निजी विद्यालय गरि १९ विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका बालिका सहित ६६१ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने जानकारी रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गराउँनुभएको छ।उहाँले एचपीभी खोप कार्यक्रम अभियानका लागि रिब्दीकाेट गाउँपालिका आठ वटै वडाबाट तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिसकेको समेत जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख अधिकारीले खोप कार्यक्रम एकै चरणमा सञ्चालन हुने छ । रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाले ५४ जना स्वयंसेवक २७ स्वास्थ्यकर्मी र आठ स्वास्थ्य केन्द्र ताेकेकाे छ। १८ सामुदायिक र १ निजी विद्यालय गरि ६६१ जना बालिकालाई एचपीभी खोप लगाउने कार्यक्रममा रहेको जानकारी दिनुभएकाे हाे।

एकै चरणमा सञ्चालन हुने खाेप राष्ट्रिय अभियान अन्तर्गत माघ २२ गतेदेखि सुरु भएपनि रिब्दीकाेटमा भने अगामी माघ २८ गतेदेखि सुरुभई फागुन १ गतेसम्म खोप सञ्चालन हुनेछ । एचपीभी खाेप कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले सबै तयारी पुरा गरिएको स्वास्थ्य शाखा जनाएको छ । रिब्दीकाेट गाउँपालिका क्रियाशील राजनीतिक दलहरू नेकपा एमालेका अध्यक्ष विष्णुप्रसाद खनाल,नेकपा माओवादी केन्द्रका अध्यक्ष हरिबहादुर कुँवर र नेपाली काँग्रेस उप-सभापति चन्द्रमणि पाेखरेलले आ-आफ्नो धारणा सहितको प्रतिबद्धता व्यक्त गर्दै एचपीभी खोप १० देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन अगामी माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने खाेप कार्यक्रममा आ-आफ्नो दलको तर्फबाट एचपीभी खोप लगाउने अभियानको सञ्चालन कार्यक्रममा सहयोग रहने बताउँनुभएकाे थियोे ।

गाउँपालिका स्तरीय खाेप समिति संयाेजक एवं रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले अभिमुखीकरण कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुहुँदै एचपीभी खाेप क्यान्सर राेग न्यूनीकरणका लागि प्रभावकारी रहेकाेले ढुक्क भएर अनिवार्य रूपमा खाेप लगाउन किशोरीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रम रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी कमला लाम्टाङ्गेकाे सञ्चालनमा सम्पन्न भएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *