पाल्पा, रिब्दीकोट गाउँपालिका, नयाँटाेलामा अवस्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको रिब्दीकोट प्राङ्गगारिक मल उद्योगकाे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्राङ्गगारिक मल उद्योगकाे उद्घाटन गर्नुहुँदै ग्रामीण भेगमा रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनलाई पब्लिक पार्टनर सीप अन्तर्गत स्थापना भएको याे प्राङ्गगारिक मल उद्योगकाे स्थानीय सरकार,सहकारी र युवा उद्योगीकाे संयुक्त लगानीमा सुरु भएको हाे, उहाँले उद्घाटनमा रिब्दीकाेटमा प्राङ्गगारिक मलको उत्पादन थालेकोमा सभामुख घर्तीमगरले विगतमा निकै मात्रामा रसायन मलको अत्यधिक प्रयोगले माटोको उर्भराशक्तीमा ह्रास आएको बताउँदै उहाँले ह्रास आएकै कारणले कृषिकाे उत्पादकत्वमा समेत कमी भएको भन्दै माटोको उर्वरतालाई वृद्धि गर्नलाई यस उद्योगले महत्त्वपूर्ण याेगदान दिने विश्वास व्यक्त गर्नुभयो । उद्घाटनमा बाेल्दै उहाँले रिब्दीकाेट गाउँपालिकाकाे आर्थिक तथा प्राविधिक सहयोगमा सहकारी मार्फत उद्योग व्यापार गर्नलाई प्राेत्साहन गर्ने सहकारी मार्फत मलकाे उत्पादन सुरु आफैंमा नमुना काम भएकोले पनि याे मल उद्योग रिब्दीकाेटका लागि उदाहरणीय उद्योग हुने प्रदेश सभामुख घर्तीमगरले बताउँनुभयाे ।
जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनु स्थानीयहरूका लागि खुशीकाे कुरा भएको बताउँदै यसबाट स्थानीय रूपमै राेजगारीकाे अवसरहरू समेत सिर्जना हुने वातावरण बनेकोले पनि आफ्नै गाउँठाउँमा उत्पादन भएको मल प्रयोगमा ल्याउदा सहज हुने भएकोले पनि यहाँ उत्पादन गरिएको याे प्राङ्गगारिक मलकाे किसानका लागि सहज रूपमा उपलब्ध हुनेमा विश्वास लिएको र मलको कारणले खेती लगाउन राेकिनु पर्ने अवस्थाकाे अन्त्य हुने समेत सभामुख घर्तीमगरले बताउँनुभयाे । उहाँले रिब्दीकाेटले आफ्नै आर्थिक र प्राविधिक सहभागीतामा मल उत्पादन तयारी थालेकाेले आफ्नै गाउँठाउँमा राेजगारीकाे अवसर समेत सिर्जना हुने भएकोले पनि उद्योग सञ्चालन हुनु रिब्दीकाेटकै गाैरवकाे विषय हुने विश्वास लिएको सभामुख घर्तीमगरले बताउँनुभयाे। रिब्दीकाेट प्राङ्गारिक मल उद्योगकाे उत्पादन र यसको प्रयोगले फेरि एकपटक उत्पादन बढाउन र ह्रास आएको कृषि उत्पादनमा उर्वराशक्ति वृद्धि गर्न जमिनलाई पुरानै अवस्थामा फर्काउनलाई पनि किसानहरूले प्राङ्गगारिक मलको प्रयोगमा ल्याउनुपर्ने भन्दै अनुरोध गर्नुभयो ।




उद्घाटन कार्यक्रममा जलेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रिब्दीकोट गाउँपालिका-५, नयाँटोलमा मल उद्योगकाे संरचना निर्माण काम अघि बढेको बताउँदै पब्लिक पार्टनरसीप अन्तर्गत स्थानीय सरकार, सहकारी र उद्योगीकाे संयुक्त रूपमा रिब्दीकाेट प्राङ्गगारिक मल उद्योगमा स्थापना र गाउँपालिकाकाे आर्थिक र प्राविधिक सहयोग रहेको रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयाे । उहाँले प्राङ्गगारिक मल उद्योगकाे व्यवस्थापन रिब्दीकाेट जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकाेट कुसुमखोलाको व्यवस्थापन तथा गाउँपालिकाको आर्थिक सहयोगमा उद्योगकाे पूर्वाधार निर्माणको काम सुरु भएको प्राङ्गगारिक मल उद्योगकाे स्थापनाका लागि पहिलो चरणमा ४५ लाख खर्च हुने जानकारी गराउँदै सहकारीले त्यसका लागि तीन रोपनी जग्गा लिजमा लिई रिब्दीकाेट प्राङ्गारिक मल उद्योग निर्माणकाे काम सम्पन्न भई मल उत्पादनकाे तयारी भइरहेको समेत अध्यक्ष कार्कीले कार्यक्रममा बताउँनुभयाे । उहाँले प्राङ्गगारिक मल उद्योग एक रोपनी जग्गामा कारखाना र दुई राेपनी जग्गामा पशुपालन सहित कृषि खेतीका लागि प्रयोग गरिने समेत बताउँनुभयाे ।
त्यस्तै रिब्दीकाेट गाउँपालिकाले यस आर्थिक वर्ष जलेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई पन्ध्र लाख रूपैयाँ अनुदानमा दिएको र बाँकी रकम सहकारीले व्यवस्थापन गरि प्राङ्गगारिक मल उद्योग सञ्चालन हुने बताउँदै अध्यक्ष कार्कीले अपुग हुने रकमलाई अर्को वर्ष केही अनुदानकाे रूपमा उपलब्ध गराउने समेत गाउँपालिका अध्यक्ष कार्कीले बताउँनुभयाे । उद्घाटन कार्यक्रममा माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेकाे सहयोगमा जिल्लाकाे रिब्दीकाेट गाउँपालिका र रामपुर नगरपालिकाका केही स्थानमा गरेको माटो परीक्षणमा अम्लीयपन र क्षारीयपन देखिएकोले त्यस किसिमकाे तत्वलाई हटाउन पनि प्राङ्गगारिक मल र जैविक विषादीकाे प्रयोग गर्नुपर्ने अध्यक्ष कार्कीले बताउँनुभयाे ।




पछिल्लो समयमा किसानले छिटो उत्पादन लिनका लागि खेती गर्दा प्रयोग गर्ने जथाभावी रासायनिक मल र विषादीकाे प्रयोगले माटोको गुणस्तर बिग्रदै गएकोले पनि अवका दिनमा जैविक एवं प्राङ्गारिक मलकाे प्रयोग गर्नुपर्ने भन्दै प्राङ्गगारिक मल उत्पादन र प्रयोग बढाउनुपर्ने प्राङ्गगारिक मलका विज्ञ यमबहादुर दर्लामीले बताउँनुभयाे । उहाँले अहिले माटोको उर्वराशक्ति घट्दा कृषिकाे उत्पादनमा समेत असर पुगेको विज्ञ दर्लामीले बताउँनुभयाे । खेतीमा रासायनिक मलको अधिक प्रयोगले गाउँपालिकाकाे वडाका टाेलबस्तीका कतिपय स्थानमा रसायन मल विषादीकाे उच्च प्रयोगले गर्दा खेतबारीमा झार समेत उम्रन छाडेको अगुवा किसान मिना विश्वकर्मा र रिता सुनारले गुनासो गर्नुभयो ।अहिले रिब्दीकाेटका किसानहरूले रिब्दीकोट गाउँपालिकाकाे पालुङमैनादी, कुसुमखोला, ठिमुरे, फेक, ख्याहा, देउराली, खस्यौली भैरवस्थानमा व्यवसायिकरूपमा अकबरे खुर्सानी, सुन्तला तथा कागती फलफूलकाे व्यवसायी खेती गर्दै आएकाे भएतापनि पछिल्लो केही वर्षयता अत्यधिक रसायनिक मलको प्रयोगले गर्दा माटोको गुणस्तर निकै बिग्रेकोले पनि अब नीतिगत निर्णय गरि प्राङ्गगारिक मल प्रयोग गर्नुपर्ने रिब्दीकाेट गाउँपालिका कृषि शाखा प्रमुख प्रज्ञा लाम्टाङ्गेले बताउँनुभयाे ।
रिब्दीकाेट प्राङ्गगारिक मल उद्योगका प्रवन्ध निर्देशक नारायण बहादुर लाम्टाङ्गेले विगतमा किसानले खेती लगाउने समयमा हुने मल अभावकाे समस्या झेल्नुपरेको स्मरण गर्दै अब त्यो अन्त्य गर्न पनि प्राङ्गगारिक मलकाे किसानलाई सहज उपलब्ध गराउने समेत कार्यक्रममा जानकारी गराउँनुभयाे । उहाँले विगतमा खेती समयमा किसानहरूले मल अभाव झेल्नुपरेको बताउँदै त्यसको अन्त्यका लागि प्राङ्गगारिक मल उद्योग स्थापना गरिएकोले अबसहज हुने समेत उहाँले बताउँनुभयाे । उद्योगका प्रवन्ध निर्देशक लाम्टाङ्गेले विगतमा खेतीबाली लगाउँदा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले गर्दा जमिनमा अत्यधिक अम्लियपन बढ्दै गएको पनि माटोको उर्वरता समेत घटेकाले पनि पुनः माटो जिवित बनाउनलाई फेरि पुरानै लयमा जैविक मलको प्रयोग गरि कृषि उत्पादनमा लाग्नुपर्ने आवश्यकता रहेको बताउँनुभयाे ।
जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव कुँवरकाे अध्यक्षता र उपाध्यक्ष दाेलखबहादुर कार्कीको स्वागत तथा सचिव कृष्ण कुँवरकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।



