पाल्पा, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयोजनामा हुने दाेस्राे सुन्तला महाेत्सवकाे जानकारी दिन तानसेनमा पत्रकार सम्मेलन गरिएको छ । रिब्दीकाेट-रैनादेवी छहरा दाेस्राे सुन्तला महाेत्सव-२०८१ तयारी पुरा भएसंगै महाेत्सव बारे जानकारी गराउने उद्धेश्यले अनुसार तानसेनमा पत्रकार सम्मेलन राखिएको रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका सुन्तला महाेत्सव व्यवस्थापन मुल आयोजक समितिले जनाएको हाे । दाेस्राे सुन्तला महाेत्सवकाे मेला व्यवस्थापनका लागि बनेको मुल आयाेजक समिति सहित गाउँपालिका पदाधिकारी र महाेत्सवका संयाेजक एवं रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईकाे अध्यक्षतामा सुन्तला महाेत्सवकाे तयारी बारे जानकारी दिने उद्धेश्य अनुसार पत्रकार सम्मेलनकाे आयोजना गरिएको छ ।
रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका सुन्तला खेतीमा प्रख्यात रहेकोले आगामी दिनमा यस क्षेत्रलाई सुन्तला जाेनकाे रूपमा विकास गर्ने गरि याेजना रहेको र दाेस्राे सुन्तला महाेत्सवबाट यहाँकाे उत्पादन भएको सुन्तलालाई विविधिकरण गरि थप व्यवसायिक बनाउँदै लैजाने र सुन्तला उत्पादन पकेट क्षेत्रकाे रूपमा विकास गर्दै सुन्तला जाेन बनाउने याेजना रहेको जानकारी पत्रकार सम्मेलनमा गराउँनुभएको थियाे। रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सुन्तला खेतीलाई विषेश प्राथमिकतामा राख्दै सुन्तला खेती गरिरहेका किसानहरूकाे उत्पादित सुन्तला प्रवर्द्धनका एवं बजार व्यवस्थापनका लागि संयुक्त रूपमा दाेस्राे सुन्तला महाेत्सव गर्ने निर्णय गरेको हाे ।
सुन्तला महाेत्सवसंगै गाउँपालिकाले ब्रान्डिङ्ग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने तयारी समेत गरिरहेको जानकारी गराएको छ। रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका साेमादी, छहरा, मुझुङ्ग र भुवनपाेखरी, रिब्दीकाेटकाे पालुङ्गमैनादी, ठिमुरे, कुसुमखाेला र भैरवस्थानका किसानले केही वर्षयता सुन्तलाकाे व्यवसायिक खेती गर्दै आइरहेको जानकारी गराउँनुभएकाे छ। दुबै गाउँपालिकाकाे मुख्य आम्दानीकाे स्रोत बनिरहेको सुन्तला खेतीलाई बजार प्रवर्द्धन र ब्राण्डिङ्ग गर्न आवश्यक रहेकोले पनि महाेत्सव गरिएको जानकारी गाउँपालिकाले गराएको छ।स्थानीय किसानहरूका खेतबारीमा फल्ने धान,मकै,गहुँबाट हुने आम्दानीको तुलनामा त्यति क्षेत्रफलमा नै सुन्तलाबाट बढी हुने र कम श्रममा बढी उत्पादन लिन सकिने भएकोले किसानहरूकाे आकर्षण सुन्तला खेतीतर्फ रहेको गाउँपालिकाले जनाएको छ।
पत्रकार सम्मेलनमा सुन्तला खेतीमा श्रम पनि कम लाग्ने गर्छ, अनि उत्पादन बढी पनि हुन्छ। त्यसैले यसखेतीले किसानहरूकाे आर्थिक समृद्धि एवं जीवनस्तर माथि उठाउन सघाउ पुग्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियोे । सुन्तला खेतीले अन्य अन्नबालीहरू भन्दा बढीकाे आम्दानी दिन सक्ने भएकोले पनि सुन्तला खेतीबाट गाउँवासी नागरिकको घरकाे खर्चलाई धान्न सजिलो हुने भएपछि किसानहरूले सुन्तला खेती गर्नलाई आकर्षित भएकाे समेत गाउँपालिकाले जनाएको छ ।
रिब्दीकोट र रैनादेवी छहराका अधिकांश किसानहरूकाे पाखो बारीमा लगाएका सुन्तला बगैँचाकाे वार्षिक सरदर आम्दानी एक लाखदेखि बीस लाख रुपैयाँसम्म रहेको बताउँदै सुन्तला पहिलो महाेत्सवदेखि किसानहरू यसखेती आकर्षित भएको रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयाे । उहाँले पत्रकार सम्मेलनमा यहीँ मंसिर २२ र २३ गते हुने सुन्तला महाेत्सवमा सुन्तलाकाे प्रदर्शन, सुन्तला खेतीकाे परामर्श, कटिङ्ग सुन्तलाकाे राेग किरा नियन्त्रण परामर्श सहित माटोकाे परिक्षण गरिने जानकारी दिनुभयो । रिब्दीकाेट गाउँपालिकाले गरेको प्रथम सुन्तला महाेत्सव पछि सरकारले सुन्तला फललाई राष्ट्रिय फल घाेषणा गरेको बताउँदै त्याे हामीहरूका लागि गर्भकाे कुरा रहेको अझ बढी जिम्मेवारी बढेको एवं चुनाैती थपिएको बताउँनुभयाे ।
रिब्दीकाेट-रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयाेजनामा हुन लागेको दाेस्राे सुन्तला महोत्सव तयारी पुरा भएसंगै गरिएको पत्रकार सम्मेलन कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले दुइवटा गाउँपालिकाकाे आयोजनामा गर्न लागेको दाेस्राे सुन्तला महाेत्सव सफलताको शुभकामना दिनुहुँदै खुशी व्यक्त गर्नुभयाे । कार्यक्रमका प्रमुख अतिथि एवं समन्वय प्रमुख खनालले भन्नुभयो गाउँपालिकाले गरेको याे महाेत्सवले सुन्तला खेतीबारे जानकारी र उत्पादनकाे प्रवर्द्धन साथै ब्राण्डिङ्ग र सुन्तलाकाे विशेष उत्पादनले रैनादेबी छहरा तथा रिब्दीकाेट गाउँपालिका क्षेत्रमा रहेका किसानहरूकाे मात्र नभएर देशभरका किसानहरूकाे आर्थिक समृद्धि ल्याउन र रोजगारी प्रदानमा अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँनुभयो ।दाेस्राे सुन्तला महोत्सवले किसान र उपभोक्ता बीच प्रत्यक्ष सम्वन्धलाई जाेड्न मद्धत गर्ने र कृषिमा उत्पादित भएको बस्तुकाे बजारसम्म पुर्याउन मार्ग प्रशस्त गर्ने बताउँनुभयो । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो। याे केवल सुन्तला उत्पादनको मात्र महाेत्सव र प्रदर्शनी नभएर हाम्रो कला संस्कृतिको प्रचार-प्रसार एवं पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण प्लेटफर्म समेत हुने समन्वय प्रमुख खनालले बताउँनुभयो । दुबै गाउँपालिकाले आगामी दिनमा गाउँपालिकाभित्रका बाँझाे रहेकाजमिनहरूलाई सदुपयोग गरि सुन्तला बगाैचाकाे रूपमा विकास गरि कृषिबाट नै नागरिकको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमलाई अघि बढाउँदै आ-आफ्नो नीति कार्यक्रम बनाउन समेत आग्रह गर्नुभयो । स्थानीय सरकारहरूको तर्फबाट किसानहरूको क्षमता अभिवृद्धि गर्नलाई प्रविधिमैत्री भएर कृषि प्रणालीको विकास गरि सुन्तलाकाे उत्पादन र गुणस्तर वृद्धि गर्न सहजीकरण गर्नुपर्ने बताउँनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रममा महाेत्सवका मुल समिति संयाेजक एवं रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरा र रिब्दीकाेट गाउँपालिकामा सुन्तलाकाे उत्पादन राम्रो हुने भएकाले महाेत्सवकै माध्यमबाट सुन्तला प्रवर्द्वन गर्न लागिएको बताउँनुभयो । उहाँले सुन्तलालाई राष्ट्रिय फल घाेषणा गरेर मात्र नहुने हुँदा उक्त घाेषित सुन्तला फलकाे व्यवहारिकता प्रदान गर्न पनि महाेत्सव आयाेजना गर्न लागिएको बताउँनुभयो । दाेस्राे सुन्तला महाेत्सवमा सुन्तला खेती सम्बन्धि जानकारी र शिविर, माटाे परिक्षण, सुन्तला विरूवा सम्वन्धि लागि आवश्यक सरसल्लाह सहित परामर्श शिविर सञ्चालन गरिने बताउँनुभयो । गत बर्ष रैनादेबी छहरा गाउँपालिकाले तीन कराेडकाे रूपैयाँकाे वार्षिक सुन्तला विक्री गरेको बताउँनुभयो । कार्यक्रममा उहाँले छिमेकी जिल्ला अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाबाट पनि सुन्तला महाेत्सवमा पाणिनीका सुन्तला किसानहरू सहभागी हुने बताउँनुभयो । कार्यक्रममा दुबै गाउँपालिकाका किसानहरूले उत्पादन गरेको सुन्तला प्रदर्शन संगै बजार प्रवर्द्वनका लागि उत्पादित सुन्तलाकाे विविधिकरण गर्ने उद्धेश्यले महाेत्सव गर्न लागिएको बताउँनुभयो । दाेस्राे महाेत्सवमा सुन्तलाकाे बिक्री र सुन्तलाबाट बनाइएका परिकारकाे प्रर्दर्शनी गरिने बताउँनुभयो । विशेष गरि महाेत्सवमा गुणस्तरीय मापदण्ड पूरा गरि उत्पादन गरिएको पिउन याेग्य पेय पदार्थकाे बजारीकरण गरिने बताउँनुभयो । पाल्पाकाे निर्वाह मुखी सुन्तला खेतीलाई व्यवसायीक बनाउँदै सुन्तला खेतीका लागि बगाैचा निर्माण गर्ने गरि कृषकहरूलाई प्रेरित गर्ने खालका कार्यक्रम गाउँपालिकाले ल्याउने बताउँनुभयो । रिब्दीकाेट गाउँपालिकाले गत आर्थिक वर्षमा चाैध हजार बाेट सुन्तलाका बिरुवा राेपेकाे समेत पत्रकार सम्मेलनमा जानकारी गराउँनुभयाे। गत बर्ष रिब्दीकाेट गाउँपालिकाले करिब छ कराेड पन्ध्र लाख रूपैयाँ वरावरकाे सुन्तला विक्री गर्न सफल भएको समेत बताउँनुभयो ।
पत्रकार सम्मेलनमा सुन्तला महाेत्सवकाे बारेमा जानकारी दिदै रिब्दीकाेट गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष एवं दाेस्राे सुन्तला महाेत्सव-२०८१ का प्रचारप्रसार संयाेजक दानबहादुर कुँवरले दुई गाउँपालिका मिलेर दुईदिने सुन्तला महाेत्व गर्न लागिएको बताउँनुभयो । पहिलाे महाेत्सव रिब्दीकाेट वडा नं.७, पालुङ्गमैनादीमा गत वर्ष मंसिर १६ गते सम्पन्न भएको बताउँदै उक्त महाेत्सवले किसानलाई प्राेत्साहित एवं खेतीमा प्रेरित गर्न सफल भएको बताउँनुहुँदै उहाँले प्रथम महाेत्सवले सुन्तलाकाे खेती सम्बन्धि जानकारी दिएको र सुन्तला शिविरले किसानहरू लाभान्वित भएकाे कुरा वडाअध्यक्ष कुँवरले पत्रकार सम्मेलनमा जानकारी गराउँनुभयो । रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पाेखरेलले गाउँपालिकाले असल अभ्यासका रूपमा किसानलाई किसान कार्ड प्रदान गरिएको बताउँदै अकबरे खुर्सानी, अदुवा र बेसार खेतीकाे कार्यक्रमका लागि गाउँपालिकाबाट एक कराेड पचास लाख रूपैयाँ वरावरकाे बजेटमा काम गरेको बताउँनुभयो ।