नवराज ज्ञवाली पाल्पा, रिब्दीकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त आयोजनामा दाेस्राे सुन्तला महाेत्सव सुरु भएर सम्पन्न भएको छ। रैनादेवी छहरा गाउँपालिकाकाे मुझुङ्ग, कटाैँचेपानीमा सुरु भएको दाेस्राे सुन्तला महाेत्सव दाेस्राे दिनमा सम्पन्न भएको हाे।
रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त रूपमा आयोजना गरिएको दाेस्राे सुन्तला महाेत्सव-२०८१ काे उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सुन्तला खेतीमा प्रख्यात एवं उर्भर रहेको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला बिक्रीबाट वार्षिक तीस कराेड रूपैयाँ बढीको सुन्तला व्यापार गर्दै आइरहेको शुभारम्भ कार्यक्रममा बताउँनुभयाे । लुम्बिनी प्रदेश सभामुख घर्तीमगरले सुन्तला महाेत्सवकाे उद्घाटन गर्नुहुँदै दुईदिनसम्म सञ्चालन हुने महाेत्सवमा सुन्तला खेतीकाे विस्तार,सुन्तला प्रवर्द्धनका लागि सुन्तला उत्पादनमा विविधिकरण र ब्रान्डिङ गरेर बजार प्रवर्द्धन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो ।रिब्दीकाेट र रैनादेवी छहरालाई सुन्तला खेतीमा अघि बढाउन प्रदेश सरकारले समन्वय गर्दै कृषि लक्षित नीति तथा कार्यक्रम ल्याउने समेत प्रतिवद्धता व्यक्त गर्नु हुँदै दाेस्राे सुन्तला महाेत्सवबाट किसानले सुन्तला खेती सम्वन्धि जानकारी, सुन्तलामा लाग्ने राेगकिरा नियन्त्रण जानकारी, नर्सरी व्यवस्थापन, सुन्तला बगैंचाकाे हेरचाह र बिरुवा लगाउँदा हुनेपर्ने सावधानी बारेमा प्राविधिक सरसल्लाह लिनुपर्ने बताउँनुभयाे ।
उद्घाटनमा शुभकामना मन्तब्य दिनुहुँदै लुम्बिनी प्रदेश सभामुख घर्तीमगरले रिब्दीकाेट र रैनादेवी छहरा सुन्तला खेतीकाे लागि प्रचुर सम्भावनाकाे क्षेत्र भएकोले पनि यहाँकाे माटो र हावापानी सुन्तलाका लागि सुहाउँदो रहेकोले पनि सुन्तला खेती गर्नलाई उपयुक्त रहेको बताउँनुभयाे । दाेस्राे सुन्तला महाेत्सवले सुन्तलाकाे उत्पादन बजारमा पुर्याउन र सुन्तलाकाे प्रवर्द्धन गर्न सहयोग पुग्ने र विविधिकरणमा मद्धत पुग्ने भन्दै सभामुख घर्तीमगरले रिब्दीकाेटकाे पालुङ्गमैनादीबाट सुरु भएको सुन्तला महाेत्सवले सफलता गरेसंगै राष्ट्रिय परिचर्चा र सुन्तला फललाई राष्ट्रिय फलकाे रूपमा घाेषणा गराउन सफल भएको बताउँनुभयाे। महाेत्सवकाे शुभारम्भमा बाेल्नुहुँदै लुम्बिनी प्रदेश सभामुख घर्तीमगरले पाल्पा, गुल्मी र अर्घाखाँची क्षेत्रलाई सुन्तलाकाे पकेट क्षेत्र रूपमा विस्तार गर्न प्रदेश सरकारले विशेष याेजना सहित कार्यक्रम बनाउने बताउँदै पकेटकाे विकास गरिने समेत उद्घाटनमा प्रतिबद्धता जनाउँदै महाेत्सवबाट किसानलाई उत्साह मिल्ने र किसानहरू थप लाभान्वित हुने बताउँनुभयाे । दाेस्राे सुन्तला महाेत्सवका प्रमुख अतिथि समेत रहनुभएकाे उहाँ रिब्दीकाेटकाे भैरवस्थान, कुसुमखाेला, पालुङ्गमैनादी र ठिमुरेमा सुन्तला खेती हुँदै आएको जनाउँदै उहाँले कार्यक्रममा रैनादेवी छहराकाे छहरा, मुझुङ्ग, साेमादी र भुवनपाेखरीमा समेत केही वर्ष यतादेखि किसानले सुन्तलाकाे खेती गर्दै आएको बताउँनुभएकाे हाे। उहाँले सुन्तला खेतीकाे विस्तारमा लुम्बिनी प्रदेश सरकारकाे महत्त्वपूर्ण सहयोग रहने जानकारीदिदै भन्नुभयो,किसानहरूलाई पकेट क्षेत्र बनाउन विशेष याेजना बनाएर व्यवसायिक खेती गर्न आग्रह गर्दै सुन्तला खेती गर्ने किसानलाई प्राेत्साहन समेत गर्ने बताउँनुभयाे । उहाँले किसानहरूकाे उन्नति प्रगति भए खण्डमा समृद्ध प्रदेशकाे कल्पना गर्न सकिने भएकोले किसानकाे लक्षित कार्यक्रम बनाएर प्रदेश सरकार अघि बढ्ने बताउँनुभयाे। सुन्तला पकेटक्षेत्र विस्तार गर्नलाई लुम्बिनी प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यो गर्ने भन्दै उहाँले सुन्तलाकाे बजार प्रवर्द्धन गर्नलाई महत्त्वपूर्ण प्रेरणा दिने बताउँदै उहाँले भन्नुभयो । त्यसका लागि सुन्तलाकाे विविधिकरण आवश्यक छ, सुन्तला खेतीलाई व्यवसायिक प्रवर्द्धन र ब्रान्डिङ गरेर बजार पुर्याउन सकेमा मात्र महाेत्सवकाे आयोजना सार्थक रहने भन्दै सुन्तला खेती विकास गर्नलाई काेशेढुङ्गा सावित हुने समेत उहाँले बताउँनुभयाे।सभामुख घर्तीमगरले याे दुईदिनसम्म चल्ने सुन्तला महाेत्सवले किसानलाई प्राविधिक विषयमा जानकारी दिने र व्यवसायिक उत्पादनमा प्रेरित गर्ने एवं बजार प्रवर्द्धनमा सघाउने बताउँनुभयाे ।




दाेस्राे सुन्तला महाेत्सव समापन कार्यक्रममा पाल्पा क्षेत्र नं.२ का संघीय सांसद ठाकुरप्रसाद गैरेकाे प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा बाेल्दै पाल्पालाई सुन्तला खेतीकाे पकेट क्षेत्र निर्माण गर्न र राष्ट्रिय फलकाे घाेषणा गर्न प्रतिनिधि सभाकाे बैठकमा निरन्तर आवाज उठाएको र त्यसकै फल स्वरूप राष्ट्रियफल घाेषणा हुन पुगेको समेत सुन्तला महाेत्सवकाे समापनलाई सम्वाेधन गर्दै बताउँनुभयाे। उहाँले सुन्तला राष्ट्रिय फल घाेषणासंगै थुप्रै समस्या र चुनाैतीहरू रहेको बताउँदै बाह्रैमास उपलब्ध हुनेगरि अब सुन्तला खेतीकाे विस्तारमा लाग्नुपर्ने बताउँदै सांसद गैरेले सुन्तलाकाे विविधिकरण र प्रवर्द्धन गर्न आफुले प्रतिनिधि सभामा निरन्तर आवाज उठाइरहने बताउँनुभयाे। उहाँले युवाकाे स्वराेजगार यहीँबाट सुरु गर्न सकिने भएकोले पनि सुन्तला खेती पहिलो प्राथमिकतामा राखेर सुन्तला जाेनकाे रूपमा पाल्पालाई विकास गर्न केन्द्र सरकार समक्ष माग समेत गरेको बताउँनुभयाे ।
सुन्तला महाेत्सवमा सविधानसभा सदस्य लीला साेमै, लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना, रामजी घिमिरे, आ-आफ्नो धारणा सहितकाे मन्तब्य राख्नुहुँदै हार्थाेकदेखी अर्घाखाँचीकाे पाणिनीगाउँपालिकासम्म सुन्तला करिडोरकाे रूपमा विकास गर्न केन्द्र, प्रदेश सरकारले विशेष ध्यानदिनुपर्ने बताउँदै करिडोर बन्नसकेमा सुन्तला खेतीबाट उद्यमी बनाउन सकिने,राेजगारीका लागि भन्दै वैदेशिक राेजगारमा जाने युवाहरूलाई यहीँ स्वराेजगार बनाउनसकिने बताउँनुभएकाे हाे ।जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनाल, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदी,तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्लाका राजनीतिक दलका प्रमुखहरू हिमालदत्त श्रेष्ठ,राजेन्द्र विक,सुमन गैरे, डुलबहादुर कुँवर, बिसाल दर्लार्मी, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले दाेस्राे सुन्तला महाेत्सवमा आ-आफ्नो विचार सहितको धारणा मन्तब्य राख्नुभएको थियोे । उहाँहरूले सुन्तला खेतीलाई व्यवसायिक बनाउन केन्द्र, प्रदेश र स्थानीयतहबाट विशेष ध्यान दिन जरुरी रहेको बताउँनुहुदै दुई दिनसम्म चल्ने सुन्तला महाेत्सवले उत्पादनकाे विविधिकरण गर्न एवं बजारीकरण एवं प्रवर्द्धनमा सघाउने बताउँनुभएकाे छ ।
दुई दिनसम्म चलेको सुन्तला महाेत्सवकाे समापनमा रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले अध्यक्षतामा भएको कार्यक्रम रिब्दीकाेट-रैनादेवी छहरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ, कृष्णप्रसाद तिमिल्सिना र विन्दु थापाकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।



