रिब्दीकोटको जोगिथुममा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

पाल्पा, रिब्दीकोट गाउँपालिका वडा नं.- १ ख्याहा,जोगिथुममा जोगिथुम सामुदायिक स्वास्थ्य इकाइ कार्यालयको उद्धघाटन गरिएको छ । रिब्दीकोट गाउँपालिकाको भौगोलिक विकटकाे रूपमा मानिने ख्याहा, जाेगीथुममा कुमाल समुदायकाे बाहुल्यता रहेको सामान्य स्थान हाे । ती समुदायका नागरिकको चोटपटक लाग्दाकाे उपचार र ज्वरो आउँदा चाहिने सिटामोल,जीवन जल लिनलाई पनि टाढा जानुपर्ने बाध्यता रहेको अवस्थालाई अन्त्य गर्न ख्याहा जोगीथुममा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको वडाअध्यक्ष चिरन्जीवी पोखरेल बताउँनुभयो ।

रिब्दीकाेट गाउँपालिकाद्वारा स्थापना गरिएको ख्याहा जोगिथुम सामुदायिक स्वास्थ्य इकाइको उद्धघाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले ख्याहा भौगोलिक हिसावमा समेत विकटता रहेको कारणले गर्दा टाढा र वडाभन्दा बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार तथा सेवा प्राप्त गर्नबाट असुविधा भोग्दै आएका रिब्दीकाेट ख्याहा जोगिथुमका बासिन्दाहरूको सुविधाका लागि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य एकाइ कार्यालय स्थापना गरिएको बताउदै आउँदा दिनहरूमा सामान्य चोटपटक लाग्दा र ज्वरो आउॅदा चाहिने उपचार यस इकाइबाट हुने, समान्य अवस्थामा सिटामोल, जीवन जल लिनकै लागि टाढा पुग्नुपर्ने अवस्था र बाध्यता हट्ने बताउँनुभयो ।

जोगिथुममा सामुदायिक स्वास्थ्य इकाइ उद्धघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल , स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी स्थानीय जनप्रतिनिधिहरू वडाअध्यक्ष सहित सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सामुदायिक स्वास्थ्य इकाइ निर्माण गर्नका लागि जग्गा प्रदान गर्नुहुने जग्गादातालाई गाउँपालिकाले सम्मान समेत गरेको थियो । उद्घाटन कार्यक्रमकाे अवसरमा रिब्दीकोट ख्याहा, जोगीथुममा रहेको कालिका आधारभुत विद्यालयको अध्ययन, अनुगमन एवं आवश्यक परामर्श आदानप्रदान समेत गरेको रोजगार सहायक शिव पोखरेलले जानकारी दिनुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *