पाल्पा, रिब्दीकोट गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा रिब्दीकाेट गाउँपालिकाबाट सञ्चालनमा रहेका योजनाहरूकाे कार्य सम्पादन एवं प्रगति प्रतिवेदनलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बित्तीय प्रगति चालू : सैँतीस करोड छयालीस लाख अठार हजार तीन सय सच्चालिस रूपैयाँ र पूँजीगत: उन्नाइस कराेड आठ लाख एकहक्तर हजार छ सय त्रिपन्न रूपैयाँ बिनियाेजन रहेकोमा खर्चतर्फ:चालु खर्चमा पच्चीस कराेड तीस लाख बयालीस हजार त्रिसट्ठी रूपैयाँ मात्र रही खर्च अनुपात ६८.४१ प्रतिशत रहेको छ।
त्यस्तै पूँजीगत: पूँजीगततर्फ छ करोड छत्तीस लाख बीस हजार नाै सय सत्तरी रूपैयाँ रही खर्च अनुपात ३२.५२ प्रतिशत र समग्र खर्च एकतीस करोड छैसठ्ठी लाख त्रिसट्ठी हजार तेत्तीस रूपैयाँ मात्र कुल खर्च प्रतिशत ५५.९९ रहेको बताउँनुभयाे । उहाँले सार्वजनिक सुनुवाइ कार्यक्रममा राजश्व संकलनमा छैसठ्ठी लाख सन्तानब्बे हजार पाँच सय पैँतीस रूपैयाँ रहेको जुन यसवर्षकाे लक्षकाे ८०.६९प्रतिशत रहेपनि असार मसान्तसम्म सत् प्रतिशत संकलन भई लक्ष अनुसार संकलन हुने विश्वास गरिएको बताउँनुभयाे । प्रमुख प्रशासकीय अधिकृत खनालले हालसम्म गाउँपालिकाको चालु तथा पुजिगत गरी जम्मा ५५ दशमलब ९९ प्रतिशत बजेट खर्च भएको जानकारी गराउँनुभयो ।
यस्तै उहाँले गाउँपालिकाले लक्ष्य लिए अनुसार आन्तरिक राजश्व आम्दानी ८०.६९ प्रतिशत राजश्व संकलन भएको र मसान्तसम्म लक्ष्य अनुसारकाे राजश्व संकलन हुने प्रमुख प्रशासकीय अधिकृत खनालले बताउँनुभयो । सार्वजनिक सुनुवाइमा मोटरबाटो कालोपत्रे, स्तरोन्नति, भवन निर्माण, खेलमैदान, पर्यटन पूर्वाधार लगायतको क्षेत्रमा भएको कामले गर्दा ६० प्रतिशत माथि भौतिक प्रगति भएको बताउँदै गाउँपालिकाभित्र उपभोक्ता समितिमार्फत चार करोड बराबरको योजनाहरु सम्झौता भई कार्यान्वयनमा रहेको समेत जानकारी दिनुभयो । यस्तै कृषिक्षेत्रमा यस आर्थिक वर्षमा करिब तीन सय चाैबीस रोपनी बाँझो जग्गा जमिनमा खेती विस्तार, एक सय पच्चीस रोपनीमा सुन्तलाकाे क्षेत्र विस्तार, कृषकरूलाई प्रविधि हस्तान्तरण गर्नका लागि सूचना संकलन कार्य सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउँनुभयो ।
त्यस्तै पशु सेवातर्फ हल गोरु पाल्ने कृषकका लागि प्रोत्सान हुने कार्यक्रम अनुसार प्रति कृषकलाई दाना खरिद बापत दुई हजार पाँच सय र गोरु खरिद बापत पाँच हजारका दरले दुई सय बयासी जना हल गाेरू पाल्ने कृषकलाई गाउँपालिकाले सहयोग उपलब्ध गराएको बताउँनुभयो । वंगुर प्रर्वद्धन कार्यक्रम अनुसार एक सय चाैरानब्बे वटा वंगुरका बच्चाहरू वितरण समेत गरिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक सुनुवाइमा जानकारी दिनुभयो । यस्तै गाउँपालिकाबाट शिक्षा तथा खेलकुद, स्वास्थ्य, प्रशासन, सूचना प्रविधि, महिला विकास, सहकारी, पञ्जीकरण, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिबी निवारणका लागि लघु उद्यम विकास लगायतका सञ्चालनमा रहेको कार्यक्रमहरू बारे तिनको कार्यान्वयन प्राप्त भएको प्रगतिका विषयमा प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी गराउँनुभएको थियो ।




सुनुवाइ कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, खानेपानी क्षेत्रमा आफ्ना प्रश्न जिज्ञाशा र सुझाव व्यक्त गर्नुभएको थियो । जसमा कृषिमा तालिम मात्र भएको, सबै वडामा योजनाको समानुपातिक वितरण हुनुपर्ने, लिफ्टिंङ खानेपानी उपभोक्ता समितिको अधिवेशन नभएकोले नियमित हुनुपर्ने, अस्थायी कर्मचारीलाई पञ्जीकरण शाखाको जिम्मा दिएको, अपांगता भएका (ग) वर्गका व्यक्तिहरूले सामाजिक सुरक्षा बापत भत्ता नपाएको, भैरवस्थानमा रहेको डेरी किन बन्द भयो, सबै सामुदायिक विद्यलायमा पाँच सम्म अंग्रेजी र आठबाट माथि कम्प्युटर शिक्षा अनिर्वाय गर्नुपर्ने, हार्थोक-छहरा- तिनगिरे सडकलाई यथास्रिघ स्तरोन्नति गर्नुपर्ने, भैरवस्थानको पार्किङ शुल्क महंगो भएको, अनुदान नेताले मात्र प्राप्त गर्ने गरेको जस्ता विषयहरू सार्वजनिक सुनुवाइमा उपस्थित नागरिकले जिज्ञासा सुझाव सहितको विषय उठान गर्भनुभएकाे थियाे ।
सार्वजनिक सुनुवाइका क्रममा नागरिकहरूले उठान गर्नुभएका ती महत्त्वपूर्ण प्रश्न एवं जिज्ञासा सुझावकाे गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाको समग्र विकास निर्माण र समृद्धिका लागि आफूहरुले काम गर्दै आएको बताउँदै निर्दिष्ट अधिकार ऐन कानून विधि परिधिभित्र रही सर्वपक्षीय समन्वयमा नीति कार्यक्रम यसमा आफूले सबै पक्षलाई समेटेकाे दावी समेत गर्नुभयो । उहाँले गलत गर्ने छुट हामी कसैलाई नभएको भन्दै राम्रो सोँचका साथ गरिएको बताउँदै काम गर्ने क्रममा कहीँ केही कैफियत भेटिए तत्काल सुझाउनलाई सबै नागरिकसंग आग्रह गर्नुभयो । उहाँले भएका राम्रो कामको निरन्तरता र सुधार गर्नुपर्ने विषयमा आम नागरिकसंग धारणा, जिज्ञासा सुझाव माग्न नियमित रुपमा सार्वजनिक सुनुवाइ गर्ने गरिएको अध्यक्ष कार्कीले बताउँनुभयाे।
उपाध्यक्ष कान्ता अधिकारीले योजना तथा कार्यक्रमको गुणस्तर एकिन गरेर मात्र भूक्तानी दिने गरेको बताउँनुभयो । उपाध्यक्ष अधिकारीले क्रमिक रुपमा नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्ने गरि काम भैरहेकोले प्राप्त सल्लाह सुझावहरूलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सार्वजनिक सुनुवाइ रिब्दीकाेट गाउँपालिकाकाे आयोजना तथा सञ्चार मञ्च पाल्पाकाे समन्वयमा भएको कार्यक्रम सञ्चालन सञ्चार मञ्च का महासचिव कमल अधिकारीले सहजीकरणमा भएको थियोे । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकबाट उठेका विषयबस्तुमा रिब्दीकाेट गाउँपालिका विषयगत शाखा प्रमुखहरुले जिज्ञासाकाे जवाफ दिनुभएको थियो ।



