विषयप्रवेश:
पश्चिम नेपाल लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला गुल्मी एक अनुपम प्राकृतिक छटा र धरोहरले भरिपूर्ण जिल्ला हो। गुल्मी जिल्लालाई विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक धरोहरको बाहुल्य जमाएको जिल्ला मध्येको रूपमा लिइन्छ। इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न वंशहरूका ऋषिमुनिहरू विभिन्न टाकुरा र थुम्काहरूमा ऋषिमहर्षिको आश्रम र देवताहरूको बाँस रहेको यस ठाउँमा ऐतिहासिक कला, कौशल विविध सांस्कृतिक रहनसहन र सभ्यताले भरिपूर्ण छ। मानौँ कि यो क्षेत्र सांस्कृतिक धरोहरहरूको इन्द्रधनुषीय मिलनको पृष्ठभूमि हो। गुल्मी जिल्लामा साँच्चिकै आन्तरिक र बाह्य पर्यटकका लागि यहाँका धार्मिक तीर्थस्थल, पाटीपौवा, ऐतिहासिक सांस्कृतिक धरोहरहरू नै आकर्षणका केन्द्र मानिन्छन् । सुन्दर नगरी तम्घासलाई काखमा लिएको रेसुङ्गा तपोभूमिबाट देखिने आकर्षक हिमशृङ्खलाहरू पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर देखिने हिमाल पहाड र तराई मधेस यस क्षेत्रमा आउने पाउनाहरूलाई यो अद्भुत दृश्यले एउटा छुट्टै अनुभूति गराउँछ । प्राकृतिक धरोहर सङ्गै नेपाल ऋषिमुनिहरूको देश हो । यहाँका पाखापखेरा, डाँडाकाँडा, नदीनाला, लेकबेसी, खाँच, देउराली, हिमाल, पहाड तराइ, मधेस, उत्तर, दक्षिण सर्वत्र कहिँ न कहिँ कुनै न कुनै प्रकारका धार्मिक पुरातात्विक धरोहरहरूले साँच्चिकै स्वर्गको अनुभूति गराउँछन् । यस आलेखमा यसैको परिचय अनि यस सम्बन्धी रोचक प्रसङ्गहरूलाई प्रस्तुत गर्न खोजिएको छ ।
रुरुक्षेत्रको ऐतिहासिकता:
यो क्षेत्र पौराणिक कालदेखि नै पवित्र तीर्थस्थलको रूपमा परिचित छ। हाल यो क्षेत्र रुरुक्षेत्र १ रिडी गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थलको रूपमा रहेको छ। तिनवटै जिल्लाका निश्चित भू-भाग सम्म रुरुक्षेत्र भन्ने गरिन्छ । पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलदेखि करिब ७० किलोमिटर उत्तरमा अवस्थित यो क्षेत्र गुल्मी जिल्लाको प्रवेशद्वार पनि हो । यो सामुन्द्रिक सतहदेखि १८०० फीटको उचाइमा रहेको छ । चारैतिरबाट पहाडैपहाडले घेरिएर बिचमा समथर जमिन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ । यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तानसेन हुँदै आउन र जान सकिन्छ । यहाँ आउन सवारी साधन पाउन सकिन्छ । साथै सबै प्रकारका भैरहवा विमान स्थलदेखि बुटवल हुँदै वा हाल हवाई मार्ग भएर सिधे गुल्मी आउन पनि सकिन्छ। पक्की सडक, सञ्चार, विद्युत, होटल, शिक्षा चलायतका सम्पूर्ण सुविधाहरूले यो ठाउँ सुगम बनेको छ। लगायतका यो ठाउँमा २०१८ सालमा आएको भीषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको थियो । जस्को कारण यहाँका ऐतिहासिक तथा धार्मिक महत्त्वका सम्पदाहरू सहित ठुलो धनजनको क्षति हुन पुग्यो । सो महाविनाशपछि बनेका नयाँ घरहरू, मन्दिर, पाटी, पौवा, पुल तथा बगैंचाहरूले यो ठाउँलाई व्यवस्थित बनाउनुका साथै यसको सौन्दर्यसमेत थपेका छन् ।
रुरुक्षेत्रप्रतिको जनआस्था:
कालीगण्डकीको किनारामा अवस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ । वराह पुराणमा रुरुक्षेत्रको पौराणिक इतिहासको वर्णन गरिएको छ भने स्वस्थानीमा पनि यसै स्थानको भृर्गुतुङेश्वरमा सतीदेवीको जाङ्ग पतन भएको उल्लेख गरिएको छ। त्यस्तै हिन्दू धार्मिक मान्यताअनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू रहेका छन, ती क्षेत्रहरू रुरुक्षेत्र, वराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिक्षेत्र मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ । विदेशी विद्वान् पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा वनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्रसँग मेल खाने भएकोले यसलाई वनारससँग तुलना गर्दै ‘नेपालको वनारस’ भनी टिप्पणी गरेका छन् ।
हिन्दूहरूको लागि यो क्षेत्र पवित्रघाट पनि हो । त्यसैले देशको विभिन्न भूभागबाट मानिसहरू दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यताअनुसार रुरुक्षेत्रमा देहत्याग गरिएमा मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ। भगवान् विष्णुको प्रतीक मानिने शालिग्राम पनि यहाँ पाउन सकिन्छ । त्यसैले यो क्षेत्र शालिग्राम क्षेत्रको रूपमा पनि परिचित छ। यहाँ चक्र तथा विभिन्न आकारको दुर्लभ शालिग्रामहरू पाइन्छ। त्यस्तै यहाँ वर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछन् । मुख्यत यहाँ वैशाखे संक्रान्ति, असारे ठूला एकादशी, जनै पुर्णिमा माघेसंकान्ति ५ दिन र कार्तिके काही एकादशी हृषीकेश उत्सव २ दिन ठुलो मेला लाग्ने गर्दछ। साथै वर्ष भरीको औसी पुर्णिमा, ग्रहण तथा वैशाख महिनाका प्रत्येक शनिवार यहाँ मेला लाग्ने गर्दछ। साथै निकै छोटो छोटो दूरीमा पनि यहाँ करीब ५० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको हृषीकेश मन्दिर नेपालकै सुप्रसिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ र यसभित्र रहेको भगवान्को मुर्ति मानव निर्मित नभई साक्षत प्रकट भएको कथन छ। यो मन्दिर विश्व सम्पदा सुचीको लागि सुचीकृत छ साधन भगवान् इषीकेशको दर्शन, कालीगण्डकीको प्रवाह तथा शालिग्रामको उपलब्धती जस्ता त्रिकोणात्मक विशेषताहरूको संगम रहनाले रुरुक्षेत्रको विशिष्ट किसिमको धार्मिक पहिचान बनेको छ।
व्यापारिक केन्द्रको रूपमा रुरुक्षेत्र:
धार्मिक तथा प्रसिद्ध धाम रुरुक्षेत्रमा प्राचीनकालदेखि नै व्यापारको उत्तम केन्द्र मानिन्छ । हिमाल र मधेश साथै गुल्मीको पूर्तिघाट, शान्तिपुर, वामी, तम्घास लगायत मुसिकोट, बाग्लुङ र अर्घाखाँची जान र आउन पायक पर्ने यो ठाँउ पुरानो बजारको रूपमा रहेको छ। सभ्यताको केन्द्र मानिने यस ठाँउमा यातायातको सुविधा पनि प्रशस्त रहेको छ। यो क्षेत्र धार्मिक स्थलमात्र नभएर यो भेगको मुख्य व्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचीनकालदेखि नै यो गुल्मी, पाल्पा, स्याङ्जा रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरूको व्यापारिक केन्द्रबिन्दु रहँदै आएको छ । यहाँ सडक यातायातको सुविधा हुनु पूर्व पनि मानिसहरू आफैले बोकेर तथा खच्चडको माध्यमबाट सामानहरूको ढुवानी गर्दथे । प्राचीनकालमा भोट नेपाल उपत्यका तथा मधेस आउन जानको लागि यो ठाउँ पायक पर्ने भएकाले पनि यो क्षेत्र व्यापारिक दृष्टिले अगाडि रहेको मानिन्छ । गुल्मी जिल्लाको प्रवेशद्वार रहेको यो ठाउँ भएर नै अर्घाखाँची, बाग्लुङ र स्याङ्जा जिल्लालाई सडक यातायातले जोडेको छ। जसरी आज बुटवल पश्चिम नेपालको व्यापारिक केन्द्रबिन्दु बनेको छ। त्यस्तै भोलिको दिनमा रुरुक्षेत्र पनि यो भेगको व्यापारिक केन्द्र बन्ने निश्चित छ किनभने बन्दै गरेका योजनाहरू कालीगण्डकी करीडोर, मदनभण्डारी राजमार्ग, एन.१९ मार्ग, कोरला नाका हुदै भारत जोड्ने सिल्क रोड लगायतका सडक सञ्जालहरू यसक्षेत्र हुदै जाने हुँदा यो क्षेत्र व्यापारिक दृष्टिले प्रचुर सम्भावना भएको क्षेत्र मानिन्छ। यहाँ रहेको प्राकृतिक श्रोत साधन जल, जमिन, जङ्गल, तथा खनिज पदार्थहरूको उच्चतम प्रयोग गरी यहाँ उद्योगधन्दा सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ। हाल देशले चरम ऊर्जा सङ्कट बेहोरिरहेको अवस्थामा यहाँ बन्दै गरेको वृहत् रुरुक्षेत्र विकास परियोजनाको तालबाट विद्युत उत्पादन गरी देशलाई नै आर्थिक लाभ हुने सम्भावना देखिन्छ। यहाँको अर्को विशेषता भनेको ऐतिहासिक पक्ष हो। धेरै पहिले देखिनै यो ठाउँ उच्च पदस्त व्यक्तित्वहरूको गन्तव्य रही आएको पाइन्छ इतिहासमा पाल्पाली शेन वम्शिय राजा मणीमुकुन्द सेन, भिमसेन थापा, जंग बहादुर राणा तथा राजामहाराजाहरुको प्रमुख गन्तव्य रहेको पाइन्छ । साथै भिमसेन थापाले यो ठाउमा दुई वटा मन्दिर र दुई पौवा समेत बनाएका छन् । जुन मणिमुकुन्देशर महादेव मन्दियाली परिचित छ। त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए। त्यही कल्पवास बस्ने प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जुन अहिले पनि विद्यमान छ। साथै यहाँ राज परिवारको कुनै पनि सदस्यको देहावसानपछि तिनीहरूको अस्तु सेलाउने परम्परा समेत रहेको छ ।
नामाङ्कन
रुरुक्षेत्रको नामाकरण:
यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै व्यक्तिहरू बिच मतभेद रहेको पाइन्छ । रुरुक्षेत्र भन्ने नामको सन्दर्भमा रुरु अर्थात् मृगले देवदत्त ऋषिको पुत्रीलाई स्तनपान गराई हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। पछि तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ति पाएकाले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। ‘रिडी’ क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई ‘रिडी’ क्षेत्र बन्न गएको भन्ने मान्यता पाइन्छ । त्यसैगरी धार्मिक मान्यताअनुसार मानिस जन्मदै तीन ओटा ऋण देव ऋण, पित्र ऋण र ऋषि ऋण लिएर आएको हुन्छ । जो व्यक्ति हिमालयदेखि बग्दै आएको काली गण्डकीको सङ्ङ्गम अर्थात् दोभान जुन रुरुक्षेत्रमा पर्दछ त्यही स्नान गर्छ सो व्यक्तिको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनिन थालियो पछि ऋणी भन्ने शब्द अपभ्रम्श भई ‘रिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ । त्यस्तै अर्को मान्यताअनुसार ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा ‘री’ भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ। अर्थात् कालो पानी बग्ने क्षेत्र काली गण्डकी भएकोले यसलाई रिडी भनिएको हो भन्ने तर्क पाइन्छ ।
पौराणिक गाथाअनुसार धेरै समय पहिले रुरुक्षेत्रमा भृगुकुलमा जन्मेका देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे । उनले कालीगण्डकीको किनारमा आश्रम बनाई तपस्या गर्न थाले। ती महात्माको तपस्या धेरै समयसम्म चलिरह्यो। अत्यन्तै कठोर तपस्यामा लिन भएको देखेर देवराज इन्द्र सशङ्कित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रम्लोचा नामकी अप्सरालाई तपस्या भङ्ग गर्न पठाए । ती अप्सराले विभिन्न हाउभाउ कटाक्ष गरी ध्यान भङ्ग गरिन् । जब देवदत्त उनको ध्यान भङ्ग भएको चाल पाई उठेर केही समय यताउता घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेलिराखेकी अत्यन्तै सुन्दरी प्रम्नोचालाई पानीमा खेलिरहेको अवस्थामा देखे। अप्सराको हाउभाउ कटाक्षले देवदत्त मोहित चार। उनको सुन्दरता प्रति बसिधुत भई विवाहको प्रस्ताव राखे र दुबै जना विवाह बन्धनमा बाँधिई संसारिक सुखमा विलीन भए । केही समयको अन्तरालपाठ प्रमालोचाले एउटी कन्यालाई जन्म दिइन् । ततपश्चात् उनले आफ्नो उद्देश्य पूरा भएको सम्झी ती कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन् । जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तब उनी छाँगाबाट खसेझै भए। उनको हृदयमा तिन्न वैराग जागेर आयो ततपश्चात् उनी उत्तरतिरको भृगु आश्रमतिर लागे र भगवान् शिवको कठोर तपस्या गर्न थाले । उनको तपस्या देखी भगवान् शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशीर्वाद दिए जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्ग भृगुतुमको दर्शन गर्ला उसले राम्रो योगफल तथा सिद्धी प्राप्त गर्नेछ। यति भनी भगवान् शिव अन्तरध्यान भए । देवदत्तले पनि शिवजीबाट आशीर्वाद पाई आफू मुक्त भएको अनुभव गरे ।प्रम्लोचाबाट जन्मेकी कन्यालाई पछि मृगले दुध पिलाएर हुर्काए । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहन गयो । पछि उनले भगवान् नारायणको कठोर तपस्या गर्न थालिन् । उनको कठोर तपस्यादेखि भगवान् नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई वरदान माग्न भन्नुभयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन् “हे नाथ यदि मलाई बारदान दिनुहुन्छ भने यही चर्तुवाहु श्रीनारायणको रूपले हजुर यही विराजमान होइबक्सियोस् र मेरो नामबाट यो क्षेत्र प्रसिद्ध होस्” उनको यस्तो प्रार्थना सुनी भगवान्ले भन्नुभयो अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ। यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँ रही चतुरबाहु हृषीकेशको दर्शन गर्छन् ती पवित्र हुन्छन् भनी भगवान् अन्तरध्यान हुनुभयो । त्यसैले ५ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ। ती रुरुकन्या केही समय त्यही रहिन् र पछि उनले देहत्याग गरिन् र उनले मुक्ति पाइन् । भगवान्को आशीर्वादले गर्दा त्यो दिनदेखि रुरुक्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रसिद्ध भयो । पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर पश्चिममा गुल्मी र पाल्पाको सिमानबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल। यस क्षेत्रमा मणिमुकुन्द सेनद्वारा प्रतिस्थापित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण हृषीकेश मन्दिर रहेको छ।
अहिले यस क्षेत्रमा प्रतिष्ठापित संस्कृत मा.वि., रुरुक्षेत्र वैदिक गुरुकुलम् रिडी, गुल्मी, गायत्री ब्रह्मचर्याश्रम ता.न.पा-१४ रिडी, रुरु संस्कृत विद्यापीठ रिडी, गुल्मी, अद्वैतसंस्था रिडी, गुल्मी, रुरु गौशाला रिडी, ता.न.पा-१४, कुसेनी पाल्पा, धर्म संस्कृति ? आदिवासी थापाको माध्यमबाट यस क्षेत्रको महिमा अझ बढेको अनुभव हुन्छ । मचि मुकुन्दसेन राजाद्वारा स्थापित मणिमुकुन्देशर महादेव मन्दिर वि.सं. १५३१, देवदत्त पार्क, भृगुतुमेश्वर शिवालय कालीगण्डी गा.पा.-१, स्याङजा, गायत्री मन्दिर, सत्येश्वर मन्दिर भारतापा-१४,रिडी, अचमेश्वर शिवालय रुरु २, गुल्मी, श्री परमानन्द तारकेश्वर, श्री राम मन्दिर रुद्रवेणी गुल्मी, गोलफुले गुफा रुरु, त्यसै गरी श्रृङगेश्वर गुफा रुरु ४, गुल्मी, बम्या कोट रुरु-४,, केट भँगेर मन्दिर रुरु, सिद्ध मन्दिर गोविन्दे रुरु-२, श्री हनुमानथान कालीगण्डी गा.पा.-१, स्याङजा, विष्णु पादुका मन्दिर रुरु-१, गोप्तेश्वर महादेव मन्दिर रुरु -१, लगायत का दर्जनौ शताब्दिकालीन प्राचीन सभ्यताले यस क्षेत्रको महिमा थप उजागर गरेको छ। त्यसै गरी और्वआश्रम, प्राचीन अर्गली दरवार, मानव कल्याण, पशुपति, टीकाराम, वौद्धआश्रम लगायतका दर्जनौ धर्मशाला यस क्षेत्रमा अवर्सथत रहेका छन्। त्यसैगरी काली गण्डकी करीडोर, बहुबर्षिय रुरुक्षेत्र विकास परियोजना लगायतले यसको संरक्षण र प्रचारमा उल्लेख्य योगदान पुग्ने कुरामा विश्वास लिएको छ। मूलत रानीघाट रेसुङ्गा तपोभूमि, श्रृङ्गेश्वर तपोभूमि, विराट शालिग्राम सेतिवेनी, सुपादेउराली अर्घाखाँची, लुम्बिनी, प्राचीन सहर तानसेन, रुद्रबेणीधाम, स्वर्गद्वारी मुक्तिनाथ लगायताका धार्मिक गन्तव्यहरू सँग निकट सम्बन्ध राख्ने यो क्षेत्र भविष्यमा धार्मिक पयर्टनकै माध्यमबाट यसको विकास सवृद्धि सम्भव छ। यसको विकास र संरक्षणकाका लागि स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, जनप्रतिनिधि, स्थानीय अगुवा धर्म गुरु र समाजसेवीहरू थप सकृय हुनु जरुरी छ । यहाँ हुने विकास निर्माण तीर्थअनुकुल हुन आवश्यक छ, शुद्ध सात्त्विक हुनुपर्दछ। पूर्वाधार विकास पाटी, पौवा, धर्मशाला, होटल र मठ मन्दिरहरू सेवामुखी हुन आवश्यक छ, धार्मिक पर्यटकहरूलाई कुनै प्रकारको असहजता नहोस् भनी न्यून शुल्कमा आवास, भोजन सुरक्षा अदिको प्रबन्ध मिलाउनुपर्ने देखिन्छ । यहाँ निर्माण हुने देवालय धर्मशालाहरू वास्तुसम्मत अनि पुरातात्तिक काष्ठकलायुक्त हुन आवश्यक छ, उल्लेखित सिद्धान्तको आधारमा यसको विकास भएमा रुरुक्षेत्र आर्थिक रूपमा समेत सवल र सक्षम हुने छ । लाखौँ भारतीय तीर्थयात्रीहरू स्वर्गद्वारी र मुक्तिनाथमा पुग्न सक्छन् भने ती तीर्थहरूको अपेक्षा भौगोलिक दृष्टिकोणले र दुरीका दृष्टिकोणले रुरुक्षेत्र सुगम र समिप छ । (यो लेख धार्मिक र ऐतिहासिक क्षेत्रको संरक्षण गर्नु हामी सबैको कर्तव्य हैन र ? तयार पार्दा यससँग सम्बन्धित विविध कृतिहरूको सहयोग लिइएको छ )