रैनादेवी छहराकाे तीनदिने अचार बनाउने तालिम सम्पन्न

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले तीनदिने अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत रही तीनदिने अचार तालिम दिएको हाे । तीनदिने अचार बनाउने तालिमलाई लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकाे सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र रैनादेवी छहरा गाउँपालिकाकाे समन्वयमा मितिनी नेपालकाे आयोजनामा तालिम सञ्चालन गरिएको हाे । तीनदिने अचार बनाउने गाउँपालिकाका तालिममा साठी जना महिलाहरूको सहभागिता रहेको थियो ।

अचार बनाउने तालिमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले औपचारिक समापन गर्दै यस्ता सीपमूलक कार्यक्रमहरू महिलाहरूको आत्मनिर्भरता एवं उद्यमशीलताकाे विकास आर्थिक सशक्तिकरणका लागि महत्वपूर्ण याेगदान पुग्ने विश्वास लिएको बताउँनुभयाे । समापनमा उहाँले भन्नुभयो यस किसिमको तालिमले स्थानीय स्रोत र सीपको उपयोग स्रोतकाे प्रयोग गर्दै आर्थिक लाभ लिन र सिकेको सीपबाट उत्पादन हुने अचार जस्ता बस्तु घरायसी प्रयोग उच्च हुने बताउँदै गाउँपालिका अध्यक्ष भट्टराईले गृह उद्योगको माध्यमबाट पनि महिलाहरूले आर्थिक उन्नति गर्न सक्ने हुँदा तालिमले दिएकाे ज्ञान र सीपले व्यवहारिकता एवं उद्यमशील बन्नलाई प्रेरित गर्ने बताउँनुभयाे । समापन कार्यक्रममा उहाँले गाउँपालिकाले महिलाहरूका लागि विशेष कार्यक्रम बनाएकोले पनि आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्नुपर्ने र सहयेाग गर्दै जाने बताउँनुभयाे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, सूचना अधिकृत नारायण मल्ल, कृषि शाखा प्रमुख सिर्जना थापा, गाउँपालिका वडाका प्रतिनिधिहरू र मितिनी नेपाल प्रतिनिधिमा सानीमाया हिस्की,दुर्गा राना,सिता आले,निरु आले लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।तीनदिने अचार बनाउने तालिमको समापन कार्यक्रममा मितिनी नेपाल अध्यक्ष सुनिता राणाकाे अध्यक्षतामा संस्था उपाध्यक्ष रञ्जना अर्यालकाे स्वागत तथा कोषाध्यक्ष शान्ति झेडी थापाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियौ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *