लुम्बिनी,कर्णाली प्रदेशले सहकार्य एवं विकासका लागि साझा प्रतिवद्धता

प्रदेश संवाददाता दाङ, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशसरकारले विकासका लागि साझा प्रतिवद्धता व्यक्त गर्दै दुई प्रदेशका कार्य अनुभवलाई आदानप्रदान गर्दै सहकार्य गर्ने भएका हुन् । दुुई दुबै प्रदेशको विकास एवं समृद्धिमा एक आपसमा सहकार्य गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । एक कार्यक्रमकाे आयोजना गरेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले १९ बुँदे साझा प्रतिबद्धता सहित सहमति पत्रमा मुख्य मन्त्रीद्वयले हस्ताक्षर गर्नुभएको हाे ।

सहमतिमा दुबै प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग एवं समन्वय र सहकार्य गरी एक रूपता कायम गर्ने गरि बुँदा समेटिएको छ । अन्तर–प्रदेश आबद्ध भएका जमुनाह–हिल्सा सडक,सुर्खेत–तेलपानी–भुरी गाउँ सडक, राप्ती लोकमार्ग निर्माण,कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिन्चु सुरूङमार्ग सम्भाव्यता अध्ययन सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी तथा सहकार्य गर्ने गरि साझा प्रतिबद्वता व्यक्त गरिएको छ । यस्तै प्रदेश कानुन बमोजिम लगाइने करका सम्बन्धमा पनि दुवै प्रदेश बीचमा एकरूपता कायम गरेर अगाडि बढ्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँट र विषयमा सामञ्जस्यता कायम गर्ने,राष्ट्रिय गौरवको आयोजना भेरी बबईडाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने सहमति गरिएको छ ।

लुम्बिनी प्रदेशका विमान स्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेतहवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर–सुर्खेत १३२ के.भी.ए.प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रदेश बीच भएको साझा प्रतिबद्धतामा समेटिएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *