लुम्बिनीलाई बौद्ध तीर्थयात्रा एवं आध्यात्मिक केन्द्रको प्रमुख गन्तव्य स्थापित गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

प्रदेश संवाददाता बुटवल, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा,आध्यात्मिक केन्द्रको प्रमुख गन्तव्य स्थलका रूपमा स्थापित गर्न खोजिएको बताउँनुभएकाे छ । उहाँले तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापनमा सम्बोधन गर्नुहुँदै प्रदेश मुख्यमन्त्री आचार्यले लुम्बिनीको बाैद्ध भूमि यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा एवं आध्यात्मिक पर्यटन केन्द्रको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताउँनुभयाे । नेपाल पर्यटन व्यवसायी संघको आयोजना, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राको आयोजना गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाईँमा पुर्‍याउने अपेक्षा गरिएको उहाँले बताउँनुभयाे । प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तर गण्डकी महास्नान मेला, रुरुक्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला-महोत्सव आयोजना, होमस्टे प्रवर्द्धन लगायतका कार्यक्रमहरूलाई प्रदेश सरकारले प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको पनि बताउँनुभयाे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पुर्‍याउने र आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या २२ लाख नाघ्ने लक्ष्य लिएको जानकारी दिनुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *