लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि नाम दर्ता सुरु

प्रदेश संवाददाता रूपन्देही, लुम्बिनी प्रादेशिक अस्पतालले पित्त थैलीकाे विशेष सर्जरी कार्यक्रमका लागि नाम दर्ता सुरु गरेको छ। शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्न लागेको विशेष सर्जरी कार्यक्रमका लागि नाम दर्ता सुरु गरेको हाे । पित्त थैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राहीहरुलाई विशेष कार्यक्रम सञ्चालन उपचार गर्ने उद्देश्यले नाम दर्ताकाे कार्य सुरु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिनुभयाे ।

अस्पतालको ओपीडी सेवाअन्तर्गत स्वास्थ्य उपचारका लागि आई पित्तथैलीको अपरेशनका लागि आगामी असार १ गतेपछि पालोपाएका बिरामीलाई लक्षित गरी याे कार्यक्रम सञ्चालन गरिएको बताउँनुभयाे। मेसु ढकालले जानकारी दिनुभएको हाे । यो कार्यक्रम अन्तरगत कम्तिमा तीन जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उहहँले कुराकानीमा भन्नुभयो । यसका लागि साविकको लुुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन प्रशारण गरी जानकारी गराइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.ढकालले जानकारी गराउँनुभएकाे छ।

याे अभिान सम्पन्न भएपछि शल्यक्रियाका बिरामीहरूले कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा समेत गरिएकोअस्पताल प्रशासकीय प्रमुख राजन केसीले बताउँनुभयाे । उक्त अभियान सञ्चालनका लागि अस्पतालले जेष्ठ ९ गते (शुक्रबार) देखि एक सूचना जारी गर्दै सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेको छ । जेष्ठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका प्रशासकीय प्रमुख केसीले जानकारी दिनुभयाे । अस्पतालले सेवा बिस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको अस्पतालका प्रशासकीय प्रमुख केसीले बताउँनुभयाे।

त्यस्तै विगत अस्पतालकाे तीन वर्षको अवधिमा तथ्याङ्कलाई मूल्याङ्कन गर्दा औसतमा वार्षिक दस हजारकाे हाराहारी बिरामीहरूको शल्यक्रिया हुने गरेको समेत जानकारी गराउँनुभयो । पछिल्लो आर्थिक वर्षकाे रेकर्ड तथ्यांकअनुसारकाे स्वास्थ्य उपचार सेवामा यस लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य उपचार सेवा लिएकाे उहाँले कुराकानीमा भन्नुभयो । मेडिकल सुपरिटेन्डेन्ट ढकालले सेवाग्राहीको उपचारमा चाँप र जनगुनासो कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रमकाे सञ्चालन गर्न लागिएको बताउँनुभयाे । उहाँले कुराकानीकै क्रममा भन्नुभयो । अब सेवाग्राहीबाट हुने अस्पताल प्रतिको जनगुनासोहरू कम गर्नुका साथै विशिष्टकृत सेवाहरुलाई थप गर्दै लैजाने र उपलब्ध रहेका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पतारले योजनाबद्ध क्रियाकलापहरू सञ्चालन गर्दै आएको प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताउँनुभयाे । उहाँले अस्पतालमा हाल सञ्चालन गर्न लागेको विशेष सेवा कार्यक्रम सरकारी अस्पतालमा सम्भवत : पहिलो भएको दाबी गर्नुहुँदै उहाँले यो अभियानले स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पार्ने दाबी गर्नुभयाे।

अस्पतालले सञ्चालन गरेको विशेष कार्यक्रम बारेमा सबै सेवा ग्राहीसम्म सूचना पुर्‍याउनका लागि राजनीतिक दल,नागरिक समाज तथा सञ्चार क्षेत्र लगायत सबै पक्षहरूले महत्त्वपूर्ण भूमिका खेलेर सहयोग गर्न आग्रह गर्नुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *