पाल्पा,तानसेन नगरपालिकाकाे प्रभासमा अवस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा सबैभन्दा धेरै कर तिर्ने करदाता भएको छ। कर दिवसका अवसरमा बीस करदातालाई सम्मान गरिएको छ। आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ। सम्मानित हुनेमा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड पनि रहेको छ।
आर्थिक वर्ष २०७९/८० को करदाता विवरण अनुसार पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पनि सम्मानित भएको हो । सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित हुनुभएको छ । आन्तरिक राजश्व विभागका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स,बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधि सम्बन्धी सेवा निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद,बैंक वित्तीय एवं बीमातर्फ नविल बैंक,पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल,बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट धेरै कर तिर्नेमा करदाताकाे रूपमा पर्नुभएकाे छ।
वार्षिक कारोबार पचास लाखदेखि एक करोड रूपैयाँ सम्म बढीको कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेड,ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका हुन् ।

