वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री आचार्य

प्रदेश संवाददाता दाङ, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्नका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउँनुभएकाे छ ।सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश परिषदकाे पहिलो भेलालाई उद्घाटन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आबद्ध रहेका सदस्यहरू आन्दोलनका नाममा भावनामा बग्न जरूरी नरहेको बताउँनुहुँदै मुख्यमन्त्री आचार्यले भन्नुभयाे, “भावनामा बग्न जरूरी छैन । वार्ता संम्वाद र छलफलबाट समाधान निस्कन्छ । वन उपभोक्ता महासंघकाे समस्या समाधान गर्नका लागि प्रयास भइरहेको छ । भन्दै समस्या तपाईं हामी मिलेर छलफल गरेर समाधान गर्ने हो । सरकार सामुदायिक वन उपभोक्ताहरूको मागका बारेमा गम्भीर छ ।”

व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै उनीहरूकाे यस्ताे प्रवृत्तिबाट सचेत रहनुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले धारणा राख्नुभएको हाे । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको प्रदेश परिषद कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, मन्त्रालयका प्रतिनिधि र सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *