विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र सञ्चालनलाई तानसेन नगरपालिकाद्वारा त्रिपक्षीय सम्झौता

पाल्पा, डिजाष्टर एजुकेसन प्राेमाेशन अफिस ललितपुर र सिनेट प्लस आर्ट्स सेन्टर फर क्रियाटिप, पार्टनरसिप डिजाइन एण्ड क्रियाटिप सेन्टर काेवे जापानका बीच जाेखिम न्यूनिकरण केन्द्र सञ्चालन गर्न ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालन गर्नका लागि तानसेन नगरपालिकासंग त्रिपक्षीय सम्झौता भएको छ । जिल्लामा पहिलो पटक तानसेन नगरपालिका विद्यालय केन्द्रीत रही ‘विद्यालयमाआधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याउने भएको हाे ।

त्रिपक्षीय सम्झौता अनुसार तानसेन नगरपालिका-३ भगवतीटोल स्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा जाेखिम न्यूनिकरण केन्द्र सञ्चालन गर्न लागिएको हो । केन्द्र सञ्चालनका लागि तानसेन नगरपालिकाबाट त्रिपक्षीय सम्झौता भएको छ । तानसेन नगरपालिका, डिजास्टर एजुकेशन प्रोमोशन अफिस ललितपुर र सिनेट प्लस आर्टस सेन्टर फर क्रियटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टर, कोवे जापानकाबीच केन्द्र सञ्चालनका लागि सम्झौता भएको हो ।

विपद्का घटनाहरु घट्न नदिन र घटी हालेमा त्यसबाट हुने क्षति कम गर्ने उद्देश्यले विद्यालयमा विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र सञ्चालन हुन लागेको हो । जसका लागि पहिलो पक्षको तर्फबाट तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, दोस्रो पक्षकोतर्फबाट डिजास्टर एजुकेशन प्रोमोशनका अध्यक्ष दीपक मरहठ्ठा र सनेट प्लस आर्टस् सेन्टर फर क्रियाटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टरका कार्यकारी निर्देशक केन्द्र हिराटाबीच भर्चुअल प्रविधि बैठक मार्फत प्रस्तुत गरिएको २३ बुँदे सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विपद्को उच्च जोखिममा रहेकाले त्यसबाट हुने क्षति न्यूनिकरणसँगै विपद्का घटनाहरु हुन नदिन विद्यालयस्तरमा स्रोत केन्द्र सञ्चालन गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउँनुभयाे । सम्झौता पछि उहाँले पाल्पाका विद्यालयमा विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरणका बारे विद्यालयकाे कक्षामा सिकाई परिवार एवं समुदायमा आधारित सचेतना पुग्ने भएकाेले पनि विद्यालय स्रोत केन्द्र नै सञ्चालन गर्न लागिएको बताउँनुभयाे । नगर प्रमुख श्रेष्ठले नगरपालिकाभित्र सामुदायिक विद्यालयहरु मध्येबाट पद्यम पब्लिक माविलाई छनोट गरिएको जानकारी दिनुभयाे । उहाँले एक महिनाभित्र कानुन निर्माण गरी विपद् जाेखिम न्यूनीकरण केन्द्र सञ्चालन ल्याउने गरि कामलाई अघि बढाउने उल्लेख गर्नुभयाे । जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा त्रिपक्षीय सम्झौता गरिएको हो ।

त्रिपक्षीय सम्झौता कार्यक्रममा डिजास्टर एजुकेशन प्रोमोशनकन अध्यक्ष दीपक मरहठ्ठा र सनेट प्लस आर्टस् सेन्टर फर क्रियाटिभ पार्टनरसीप डिजाइन एण्ड क्रियाटिभ सेन्टरका कार्यकारी निर्देशक केन्द्र हिराटाले सम्झौता-पत्रमा भएका बुँदाहरूअक्षरांश पालना गरी काम अगाडि बढाउने बताउँनुभएकाे थियोे । त्रिपक्षीय सम्झौता कार्यक्रममा नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजाली,जिल्ला प्रशासन कार्यालय पाल्पा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी,नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेनाले कार्यक्रममा बाेल्दै पाल्पामा विपद् जोखिम न्यनिकरण स्रोत केन्द्र स्थापना हुनु सकारात्मक रहेकोले पनि सम्झौता अनुसारकाे काम अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे थियो ।

सम्झौता कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे,सहकारी शाखा प्रमुख विष्णु पौडेल, शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने लगायतले त्रिपक्षीयरुपमा भएका सम्झौतालाई नगरपालिकाले अक्षरांसा पालन गरेर जाने बताउँनुभयाे । सम्झौता अनुसारकाे केन्द्रबाट जोखिम न्यूनिकरण सम्बन्धी तालिम, अन्तक्रिर्या, प्रयोगात्मक अभ्यास विपद् जाेखिम न्यूनीकरण सम्बन्धी तस्बिरहरुको समेत अवलोकन गरिने छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *