पाल्पा, विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट सुरु गरेको छ । नापी बिभागले वि.सं.२०७२ देखि पाल्पाको तानसेनमा विशेष नापी कार्यालय स्थापना गरि कामकाे सुरु गरेको थियो । विशेष नापीले पहिलो चरणमा रामपुर नगरपालिकाकाे वडा नं ५ बाट एक कार्यक्रम सहित पुर्जा बितरणको काम सुरु गरेको हो ।
जिल्लाकाे रामपुरका १५ जना नागरिकलाई जग्ग्गा धनीकाे पुर्जा बितरण कार्यक्रममा प्रमुख अतिथि एवं भुमी व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले भूमि विहिन नागरिकहरूलाई जग्गाको मालिक बनाउने काम विशेष नापीले गरेको बताउँनुभयो । उहाँले जग्गाधनी पूर्जा वितरणमा भन्नुभयो एकातर्फ पुर्जा पाउनु र अर्को तर्फ यसकाे उपभाेगबाट राष्ट्रले नियमित रूपमा राजस्व प्राप्त गर्ने कुरामा पनि नियमितता दिने हो उहाँले पुर्जा वितरणमा भन्नुभयो । नियमित उठ्ने राजश्वले देशको समग्र विकास निर्माणमा समेत विशेष टेवा पुग्ने मन्त्री अधिकारीले बताउँनुभयाे। रामपुरमा दुई देखि तीन हजारको हाराहारी अव्यवस्थित जग्गा रहेको बताउँदै उहाँले यस प्रक्रियाले गर्दा यहाँ आउन स्थानीयतह जिल्ला कार्यालय तथा केन्द्रले काम गरेर नै सम्भव भएको बताउँनुभयो । यस अघि वितरण भएको अव्यवस्थित जग्गाधनी पुर्जा पाउनेले सम्वन्धित जग्गाधनीले पुर्जा लिएको दस बर्षसम्म बेच्न नपाउने गरि नियम रहेको बताउँदै यहाँले पुर्जा आउनुको पछाडि पनि धेरै कारणहरु छन् भन्नुभयो । उक्त जग्गा लालपुर्जा नलिदै एक देखि दुई देखि तीन जना व्यक्तिलाई बेचबिखन हुने परिपाटी रहेकोले केही समस्या रहेको र जग्गा बेचिने गरेको लगायतको समस्याले गर्दानै यसाे गरिएको हो उहाँले भन्नुभयाे।
पुर्जा वितरणमा बाेल्दै मन्त्री अधिकारीले यसले बैंकमा राख्न समस्या होला तर आफ्नो हातमा पुर्जा हुनु पनि राम्रो भएकोले पनि यसलाई सकारात्मक रूपमा लिनुपर्ने उहाँले बताउँनुभयो । फरक प्रसङ्गमा मन्त्री अधिकारीले भन्नुभयो अहिले लोकतन्त्र माथि कुठाराघात गर्नेहरु सल्बलाई रहेको समेत बताउँनुभयो । लोकतान्त्रिक गणतन्त्र ठिक छैन भन्ने भाष्य सिर्जना गरिरहेको छन् र जनताहरू पनि यसैलाई आधार बनाएर याे नै ठिक हाे जसरी अगाडि बढिरहेका छन्। तर याे व्यवस्थामा बाेल्न आफ्नो फरक विचार राख्न मिल्ने भएकोले पनि नागरिकहरूले व्यवस्था प्रति सचेत हुनुपर्ने र गलत भाष्यका पछि नलाग्न र यही व्यवस्था भित्र नमिलेका कुराहरू मिलाएर लैजान पनि केही ऐनकानुनहरु मिलाउने गरी सरकार अगाडि बढेको जानकारी गराउँनुभयाे । उहाँले हामी जसले गर्दा यो व्यवस्था गणतन्त्र रक्षा गर्न पनि याे सरकार बनेको छ बताउँनुभयाे। सरकार हिजोका दिनमा सहकार्य पुरा अवधि सञ्चालन गर्ने गरी बनेको छ । त्यसकारण पनि म अनुरोध गर्न चाहन्छु तपाईं, हामीले जनताकाे कामलाई मिलेर सम्पन्न गर्ने गरियो भने यो गणतन्त्र प्रति विश्वास जाग्छ र हाम्रा समस्याहरु आपसमा समाधान पनि हुन्छन् त्यसमा पनि जनताका धेरै अधिकारहरु कार्यान्वयन हुन्छन् भन्ने कुरा राख्न चाहन्छु भन्नूभयाे ।
उहाँले स्थानीयतहका जनप्रतिनिधिहरूको उपस्थिती नभएको भन्दै मन्त्री अधिकारीले के अब स्थानीय जनप्रतिनिधिलाई याे नचाहिएको हो भन्दै जनतालाई आधारमा राखी हामी एउटा पोलिसी बनाउँछौं कार्यान्वयन गर्न स्थानीयतह नै सकृय हुनु पर्न्नेमा समेत उहाँले जाेड दिनुभयाे । एक फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समयमा सहकारीका समस्या बढ्दै गएकोले जहाँ दर्ता हुन्छन त्यहीँबाट नै अनुगमन र निगरानी गर्नुपर्ने बताउँनुभयाे। उहाँले सहकारीहरू मर्ज गरेर एउटा बनाउने र आफ्ना काम कर्तव्य अधिकार बारे स्पष्ट हुनु पर्ने भन्दै व्यवसाय गर्न आर्थिक उन्नति गर्ने सहकारीमध्ये राम्रो काम गर्ने सहकारी लाई प्रोत्साहन र खराब काम गर्नेलाई कारबाही गरेर अनियमितता हुन नसकोस् भन्ने मान्यताको आधारमा नियम कानुनहरु बनाईएको बताउँनु भयाे ।
पुर्जा वितरणमा प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले पुर्जा दिने बिषयमा छ्लफल भएर लाग्ने कुरामा हामी प्रतिबद्ध भएर अगाडि बढेको बताउँनुभयो । उहाँले अहिले वढ्दो शहरीकरण भैरहेको क्षेत्र रामपुर पाल्पामै महगों क्षेत्र रहेकोले नै यहि क्षेत्रवाट पुर्जा वितरण कार्य सुरु गरिएको जानकारी गराउनु भयाे । पछिल्लो समय कालीगण्डकी करीडोरका कारण पनि उदाउदो शहरका रूपमा रामपुरको विकासमा सधै ऐकेवद्धताका साथ लाग्ने समेत बताउँनुभयाे ।त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले अव्यवस्थित जग्गाधनी पुर्जा बितरण गर्दै नागरिकको पुर्जाले दस वर्षकाे हद म्यादले बैंक देखि विभिन्न समस्या आउने भएकोले यसको समय सिमा हटाउन समेत अनुरोध गर्नुभयो ।नापी बिभागका महानिर्देशक प्रकाश जोशीले सबैको साथ एवं सहयोगले गर्दा नै पुर्जा बितरण सम्भव भएको बताउँनुभयो ।
कार्यक्रममा कार्यालय र कर्मचारीहरूले काम गरिरहेका छन् । रामपुरका निवेदकदेखि स्थानीयतह र सरोकारवालाको सहयोग भयो अनि पुर्जा वितरण गर्न सम्भव भयो उहाँले भन्नुभयो । वडा नं ३ का वडा अध्यक्ष दामोदर पाठकले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । नापी बिभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा भएको पुर्जा बितरण कार्यक्रममा विशेष नापी कार्यालय पाल्पाका प्रमुख पुर्णप्रसाद पाण्डेको स्वागत र नापी सर्वेक्षक सरिता चन्दकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

