विश्व खाद्य स्वच्छता दिवसकाे अवसरमा साताव्यापी कार्यक्रम गर्दै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा

पाल्पा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले विभिन्न कार्यक्रम सहित विश्व खाद्य स्वच्छता दिवस साताव्यापी रुपमा मनाउने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले विगत वर्षदेखि ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस नियमित मनाउँदै आएकोमा यसवर्ष पनि विगतमा झैँ विविध कार्यक्रम सहित ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारा सहित विश्व खाद्य स्वच्छता दिवस मनाउने भएको हाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले दिवसकै अवसरमा विद्यालयहरूमा विद्यार्थीसंग खाद्य स्वच्छता सम्वन्धि सचेतना, स्थानीयतहको सहकार्यमा स्ट्रिटफूड स्वच्छता एवं खाद्यान्नमा रंगकाे प्रयोग खाद्य पदार्थकाे लेभल र कागजकाे भएको प्रयोगमा जानकारी दिने सचेतना मार्फत खाद्य सुरक्षाबारेउपभोक्तालाई जागरूक गराउने गरि कार्यक्रम अगाडि बढाएको छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा संवेदनशील खाद्यबस्तु तथा पेयपदार्थको संकलन गरि विश्लेषण गर्नुका साथै आफ्नो कार्यालयबाट भएको कामको तीन महिने तथा नाै महिने प्रगति समीक्षा गर्दै साताव्यापी कार्यक्रम गरेको हाे।

कार्यक्रमकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका पूर्व उप-महानिर्देशक राकेश त्रिपाठीकाे प्रमुख आतिथ्यता र खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहिया प्रमुख अमित भुषणकाे आतिथ्यतामा विश्व खाद्य स्वच्छता दिवस गाेष्ठी कार्यक्रम गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख नरेश श्रेष्ठले बताउँनुभयाे । उहाँले विश्व स्वास्थ्य संगठन (WHO)को तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट दुई लाख तीस हजार मानिसको मृत्यु हुने गरेको बताउँनुभयो । डब्ल्युएचओका अनुसार अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट झाडा पखालादेखि क्यान्सरसम्म दुई सय भन्दा बढी रोग लाग्ने र प्रत्येक दस जनामध्ये एक जनाकाे विषाक्त खाद्य पदार्थको उपभोगका कारण मानिस विरामी हुने, चार लाख बीस हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने गरेको समेत जानकारी गराउँदै झाडा पखालाबाट करिब पच्पन्न करोड मानिस बिरामी हुने गरेको उहाँले बताउँनुभयो । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपंक्षीजन्य खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ ।

त्यस्तै डिभिजन प्रमुख श्रेष्ठले र उपभोक्ता तथा सराेकारवाला सबै मिलेर काम गरे उद्देश्य पूरा गर्न सकिने समेत बताउँनुभयो । उहाँले नागरिकलाई सचेत गराउने, सचेतना जगाउने तथा जागरुक गराउने प्रमुख उद्धेश्य लिइएको बताउँदै प्रगति हासिल गर्न सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आम उपभोक्ता र सराेकारवाला सबैसंग आग्रह गर्दै सूचना तथा सन्देश पुर्‍याउनलाई सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका समेत महत्वपूर्ण रहने उहाँले बताउँनुभयो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *