विश्व वातावरण दिवसको अवसरमा बराङ्गदी घिउँसीवास स्थित वृक्षरोपण

पाल्पा, विश्व वातावरण दिवसको अवसरमा पाल्पा बगनासकाली गाउँपालिका–८, बराङदी घिउँसीवासस्थित पवित्र धार्मिक स्थल सिद्धबाबा मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ।विश्व वातावरण दिवसकाे अवसरमा वृक्षरोपण गर्दै पृथ्वीप्रतिकाे प्रेम,प्रकृति माथिकाे दाेहनलाई राेक्न र प्रकृति प्रति सम्मान गर्न र प्रकृतिको भविष्य हामीले गर्नुपर्ने उत्तरदायित्वको बीउ रोपेका छौं, “एक घर एक लालीगुँरास”अभियन्ता एवं स्वभियू सचिव सुशील बस्याल “राष्ट्रप्रेमी” ले बताउँनुभयाे ।

विश्व वातावरण दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराई, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, सशस्त्र प्रहरी बल पाल्पाका प्रा.ना.उ स्याम संगती महर्जन र नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष कमलराज तिमिल्सिना सहित जनप्रतिनिधिहरू लगायतको उपस्थितिमा विश्व वातावरण दिवस भब्यताका साथ मनाउँदै वृक्षरोपण गरि कार्यक्रमलाई अर्थपूर्ण तरिकाले सम्पन्न भएको थियो । यस महत्त्वपूर्ण कार्य सफल बनाउन सहयोग पुर्‍याउनु भएकोमा डिभिजन वन कार्यालय पाल्पा परिवारलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गरिएको थियोे। विश्व वातावरण दिवसकाे अवसरमा उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजन, समाजसेवी, बुद्धिजीवी, आमा बुबा दाजुभाइ तथा दिदी बैनी सहित सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *