व्यवसायीको हकहितमा रहेर कलम चलाउन पाल्पा व्यापार संघकाे आग्रह

पाल्पा, पाल्पा व्यापार संघले जिल्लाका क्रियाशील पत्रकारलाई व्यवसायीहरुको हकहितमा रहेर कलम चलाउन आग्रह गरेको छ । पाल्पा व्यापार संघले कार्यालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित समितिलाई बधाई एवं शुभकामना र परिचयात्मक कार्यक्रमको आयोजना गर्दै जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितमा केन्द्रीत भएर कलम चलाई दिनलाई आग्रह गरेको हो । पाल्पा व्यापार संघले पत्रकार तथा उद्योगी व्यवसायीहरुबीच नङ र मासुकाे जस्तै सम्बन्ध भएकाले पनि व्यवसायीहरुको हितमा रहेर कलम चलाइ दिनुपर्ने कुरामा जोड दिएको छ ।

संघका अध्यक्ष विष्णु बहादुर कार्कीले पछिल्लो समय व्यापारमा आएको मन्दीका कारणले उद्योगी व्यवसायीहरु पलायन हुने अवस्था सृजना भएकाले पनि उनीहरुलाई रोक्ने दिशामा सशक्त ढंगबाट सञ्चारकर्मीहरूलेआफ्नोतर्फबाट कलम चलाइदिन आग्रह गर्नुभयाे । उहाँले राजनीतिक आस्था भन्दा माथि रहेर कर्म गर्न र व्यसायीलाई स्थापित गराउने विषयमा गम्भीर भएर आफ्ना कलम र आवाज बुलन्ध गरिदिनुपर्नेमा जोड दिनुभयाे । अध्यक्ष कार्कीले भन्नुभयाे‘ पत्रकारहरु भनेकाे देशका चौथो अंग हुन्, त्यसकारणले पनि तपाईहरु पेसामा स्वाभिमानी हुनुहुन्छ, तपाईंहरुले लेखेका र बोलेका कुराहरुले व्यवसायीहरुको हित हुन्छ भन्ने हामीमा विश्वास छ ।’ त्यसैले हामी तपाईंहरूमा आग्रह गर्दछौं अध्यक्ष कार्कीले भन्नुभयो । कार्यक्रममा उहाँले व्यापार संघले छिट्टै महोत्सव आयोजना गर्न लागेकाले समेत बताउँदै त्यसमा समेत यहाँहरूकाे सहयोग आवश्यक रहने भन्दै सहयोग गरिदिन पत्रकारलाई आग्रह गर्नुभयाे । संघका अध्यक्ष कार्कीले पत्रकारहरु हाम्रा अभिभावक भएकाले राम्रो कामको प्रचार र खराब कामको खबरदारी गरिदिनु पर्नेमा समेत जोड दिनुभयाे।

पाल्पा व्यापार संघका संस्थापक अध्यक्ष चिरञ्जीवी पोखेरेलले समाजलाई सचेत बानाउने दिशामा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउँनुभयाे। उहाँले समाजलाई सचेत बनाउँदै उद्योगी, व्यसायीहरुका पिरमर्काहरुमा समेत यहाँहरूले साथ र सहयोग दिन पत्रकारहरुलाई आग्रह गर्नुभयाे । जनप्रतिनिधि समेत रहनुभएका पोखरेलले आगामी दिनमा पत्रकार र व्यापार संघबीच पाल्पाको विकास र समृद्धिमा साझेदारी गरेर बढ्नुपर्ने सुझाव दिनुभयाे। उहाँले पाल्पा व्यापार संघ अबका दिनहरूमा रचनात्मक ढंगले अघि बढ्नुपर्ने भन्दै जिल्लाको पार्किङ समस्या लाई हल गर्न र पर्यटकीय क्षेत्रको विकासमा लाग्न समेत आग्रह गर्नुभयाे।

संघका निवर्तमान अध्यक्ष बामदेव बस्यालले संघ सधै व्यवसायीहरुको हितमा प्रतिवद्ध रहेको जनाउँदै त्यसमा क्रियाशील पत्रकारहरूको साथ आवश्यक रहेको औल्याउँनुभयाे । पाल्पालाई व्यससायिक रुपमा चलायमान बनाउँनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले अब पाल्पा व्यापार संघ तथा पत्रकारहरुसँगै अगाडि बढ्नुपर्ने बताउँनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सेनाले व्यापार संघका हरेक सकारात्मक कदममा पाल्पाली पत्रकारहरुको साथ रहेको र कहीकतै गलत गरेमा त्यसका विरुद्ध भने पत्रकारहरुले सशक्त ढंगले कलम चलाउने उल्लेख गर्नुभयाे। उहाँले उद्योगी व्यवसायी र मिडियाहरु संकटमा रहेकाले दुबै पक्षको सहकार्य हुनुपर्ने भन्दै त्यसका लागि दुबै पक्ष अघि बढेमा पत्रकारहरू र व्यवसायीहरु स्थापित हुने बताउँनुभयाे ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष तिमिल्सेनाले उपभोक्तामैत्री बन्न समेत व्यापार संघलाई आग्रह गर्नुहुदै उहाँले सहकार्यबाट अघि तयार रहेको बताउँनुभयाे।कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पा अध्यक्ष मन गहिरे, प्रेस चौतारी पाल्पा अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका जिल्ला अध्यक्ष कृष्ण दर्नाल, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष पदम गैरे लगायतले मिडिया र व्यसायीबीचको तालमेल हुन नसकेको भन्दै अबका दिनमा सम्वन्धलाई बलियो बनाएर सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभएकाे थियोे ।

कार्यक्रम संघका अध्यक्ष विष्णु बहादुर कार्कीको अध्यक्षता एवं वरिष्ठ उपाध्यक्ष कमल ढकालको स्वागत, महासचिव तुलबहादुर अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *