सत्र कराेड बढी राजश्व संकलन : यातायात व्यवस्था सेवा कार्यालय पाल्पा

पाल्पा, यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाकाे गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक २०८१/०८२ काे राजश्व संकलनमा बृद्धि भएको यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्ग पाल्पाले जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाकाे राजश्व संकलनमा वृद्धि भएको हाे । गत वर्षको तुलनामा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाकाे यसवर्ष सवारी चालक अनुमति पत्र र सवारी साधनकाे राजश्व संकलन बृद्धि भएसँगै चालू आर्थिक बर्षको नौ महिना अवधिमा कार्यालयबाट नाै कराेड रूपैयाँ बढीको राजश्व संकलन गरेकोमा यसवर्षको नाै महिनाकाे अवधिमा कार्यालयले राजश्व संकलनमा वृद्धि गरेको यातायात व्यवस्था सेवा कार्यालय पाल्पा कार्यालय प्रमुख लक्ष्मण घिमिरेले बताउँनुभयाे ।

कार्यालय प्रमुख घिमिरेका अनुसार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा १७ करोड २३ लाख १५ हजार ४ सय ६५ राजस्व संकलन गरेकोमा कार्यालयबाट गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७४ लाख रूपैयाँकाे बराबरको राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म १८ करोड ७४ लाख ९६ हजार ४ सय २५ राजश्व संकलन गरेको थियो । अहिले नौं महिनामा अगाडि नै उक्त राजश्व संकलनकाे नजिक पुगेको हाे । चालु आर्थिक वर्ष सकिन अझ तीन महिना बाँकी रहेकाले पनि गत वर्षको राजश्व संकलन तुलनात्मक रूपमा बढ्ने निश्चित छ ।

कार्यालय प्रमुख घिमिरेले चालक अनुमति पत्र, सवारी साधनको संख्यामा वृद्धि सेवा प्रवाहमा छिटो छरितो भएकाले चालु आर्थिक वर्ष राजश्व संकलनमा वृद्धि भएको बताउँनुभयाे । उहाँका अनुसार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालक अनुमति पत्र, सवारी दर्ता किताबबाट २ करोड १० लाख ३७ हजार ४ सय र सवारी साधन करबाट १४ करोड ४८ लाख ६२ हजार ७ सय ४० राजश्व संकलन भएको हो । जहाँ अघिल्लो आर्थिक वर्षमा भन्दा चालक अनुमति पत्र, सवारी दर्ता किताबबाट २ करोड ४५ लाख २८ हजार मात्र राजश्व संकलन भएको थियो । जुन चालु आर्थिक वर्षको नौ महिनामै उक्त राजश्व संकलनको नजिक पुगेको हाे । यस्तै अघिल्लो पुरै आर्थिक वर्षमा सवारी साधन करबाट १५ करोड ४७ लाख ४३ हजार ७ सय ३५ राजश्व संकलन भएको थियो उहाँले भन्नुभयो । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममै उक्त राजश्व संकलन नजिक पुगेको छ ।

यस्तै चालु आर्थिक वर्षको नौं महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १८ लाख ४६ हजार ७ सय र आयकरतर्फ ४५ लाख ६८ हजार ६ सय २५ राजश्व संकलन भएको कार्यालय प्रमुख घिमिरेले बताउँनुभयाे । अघिल्लो आर्थिक वर्षको पुरै नाै महिनामा कार्यालयले आयकरतर्फ ५६ लाख ५८ हजार ६ सय ६० राजश्व संकलन गरेको यातायात व्यवस्था सेवा कार्यालयका सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले कुराकानीमा जानकारी दिनुभयाे । उहाँले भन्नुभयो चालु आर्थिक वर्षको नौं महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब ४ करोड भन्दा कम राजश्व संकलन भएको थियो ।हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपर्मिट, सवारी जाँचपास शिर्षकमा आयकर संकलन गर्ने गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको चैत समान्तसम्ममा सवारीतर्फ २४ हजार ६८ वटा सवारी नविकरण, ३ हजार ४० पटके, ९ सय ४ जाँचपास र ९ सय ६७ वटा रुटपर्मिट नविकरण गरेको छ । यस्तै चालक अनुमति पत्रतर्फ २ हजार ३ सय २५ वटा नयाँ लाइसेन्स,५ सय ३१ वटा थप वर्ग,६ हजार ३ सय ४६ रिट्रायल, २ हजार ९१ वटा लाइसेन्स नविकरण र २ हजार ८ सय ३१ लिखितबाट राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *