पाल्पा, तानसेन नगरपालिकाकाे प्रभास, सुन्दरगाउँमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकदिने खाना महोत्सव सम्पन्न गरेका हुन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीकाे सक्रियतामा खाना महाेत्सव सञ्चालन गरिएको हाे। कक्षा छ देखि कक्षा बाह्र सम्मका विद्यार्थीहरूकाे सहभागीतामा विभिन्न परिकारहरू सहितकाे स्टलहरू महाेत्सवमा राखिएका थिए।विद्यार्थीहरूले मःम, पकौडा, फ्रेञ्चफ्राइ, ससेज, पुडी, आलुकवाफ, चिकेन छोइला, भेज छोइला, बटुक, सेलरोटी, चुकाउनी, पानी पुरी, समाेसा, चिया, कफी, लस्सी, अचार, मालपुवा, डाेनट, फुराैला, हलुवा लगायतका परिकारहरू पकाउँदै विद्यार्थीहरूले विद्यालयकाे आँगनमा स्टल प्रदर्शनी तथा बिक्रिवितरण गरिरहेका थिए।
विद्यालय र विद्यार्थीहरूले गरेको खाना महाेत्सवमा विद्यार्थीका अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित सामाजिक संघसंस्था लगायतको उपस्थिति रहेको कार्यक्रममा विभिन्न परिकार खाँदै रमाउँदै गरेको देख्न सकिन्थ्यो । खाना महाेत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य सहित साँस्कृतिक प्रस्तुती देखाएका थिए । अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महाेत्सवकाे बारेमा बाेल्नुहुँदै प्रधानाध्यापक शंकरप्रसाद पाैडेलले सैद्धान्तिक ज्ञानसंगै साँस्कृतिक विविधता, माैलिक संस्कृति, रहनसहन एवं परम्पराकाे अध्ययन गराउँदै माैलिक सीपको व्यवहारिक ज्ञानदिने र प्रत्येक्ष अनुभव गराउने तथा नयाँ नयाँ सीपको प्रयोगमा ल्याउनलाई विद्यालयकाे वार्षिक कार्य तालिका अनुसार यसको आयोजना गरेर नेपाली माैलिक खानाहरूकाे प्रदर्शन गर्दै खाना परिकारकाे स्वाद लिन सकिने बताउँनुभयाे ।




खाना महाेत्सव कार्यक्रमका प्रमुख अतिथि एवं तानसेन -७ का वडाअध्यक्ष प्रदिप खनालले विद्यालयकाे कक्षाकाेठाकाे सिकाइ र व्यवहारिक रूपमा प्रयोग गर्दै सीप विकासको दक्षता हासिल गर्नलाई सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक सीपसिकाइ महत्त्वपूर्ण हुने भएकोले विद्यार्थीकाे अन्तर्निहित प्रतिभालाई बाहिर ल्याउन यस किसिमकाे कार्यक्रम अपरिहार्य रहेको बताउँदै कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
खाना महाेत्सव कार्यक्रममा पचास हजार रूपैयाँ बढीको खाना परिकारकाे बिक्रि भएको शिक्षक कमल पाैडेलले बताउँनुभयो । विद्यार्थीहरूकाे महाेत्सवलाई सफल बनाउनलाई शिक्षकहरु राेशन सुवेदी, माधव डुम्रे, रेनुका देवकोटा, विद्या ढुङ्गाना, निर्मला कुँवर, अर्जुन कार्की, मानकुमारी पाण्डे, निलम चित्रकार, रूपबहादुर थापाले खानाको परिकार बनाउन र व्यवस्थापन एवं प्रदर्शनमा विशेष भूमिका सहितको सहयोग गर्नुभएको थियो ।
खाना महोत्सवमा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष जनक बहादुर गाहा विद्यार्थीहरूको अग्रसरतामा सञ्चालित यस कार्यक्रमले विद्यार्थीमा श्रम सीपको बारेमा जानकारी गराउने र व्यवहारिक सीप सिक्न महत्त्वपूर्ण रहने बताउँनुभयाे । त्यस्तै पूर्व शिक्षिका धनकला गाहाले खाना महाेत्सवकाे अवलोकन गर्नुहुँदै विद्यार्थीले खानाकाे परिकार बनाउने सीप विकासबाट दक्षता हासिल हुने बताउँदै भविष्यमा व्यापार गर्ने सीपकाे विकास एवं नेतृत्व कसरी गर्ने भन्ने विषयमा जानकारी र क्षमताकाे विकास हुने बताउँनुभयो ।
खाना महाेत्सव कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज ज्ञवालीले विद्यालयको वार्षिक कार्ययोजना अनुसार शुक्रबारीय क्रियाकलाप अन्तर्गत गरिएको याे महाेत्सवकाे आयोजनाले विद्यार्थीकाे कक्षाकाेठामा दिने सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक सीप सिकाइले जीवनमा धेरै उपयोगी हुने भएकोले यस प्रकारकाे क्रियाकलाप, गतिविधि आयोजनाले विद्यार्थीकाे शिक्षण सिकाइकाे स्तर निकै उत्कृष्ट हुने बताउँनुभयाे ।
कार्यक्रम सहायक प्रधानाध्यापक नरेन्द्र न्याैपानेकाे स्वागत र खाना महाेत्सव एवं साँस्कृतिक कार्यक्रम संयाेजकद्वय गीता मिधुन र माया गाैतमकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।



