पाल्पा, सूचना प्रविधि प्रवर्द्धन केन्द्रको (ITPC) आयोजना र तानसेन नगरपालिकाको सहयोगमा “किशोर किशोरीहरूलाई साईवर क्राईम,लागु पदार्थ सेवन र आत्महत्या निरूत्साहन” सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । सचेतना कार्यक्रमको प्रमुख अतिथि तथा तानसेन नगरपालिका कार्यवाहक नगर प्रमुख प्रतीक्षा गाहा सिंजालीकाे आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रमुख अधिकारी तोयनारायण सुवेदी, अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे ,प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी निरीक्षक सन्दीप बेल्वासे, अनिल किशोर घिमिरे, तानसेन नगरपालिका लेखा अधिकृत कोशलराज घिमिरे, त्रिभूवन बहुमुखी क्याम्पस स्ववियू अध्यक्ष मिलन घर्ती मगर , क्यान महासंघका केन्द्रीय सदस्य ध्रुवराज शर्मा,नेपथ्य कलेज काठमाडौ उप-प्राचार्य शिव भट्टराई, नेपथ्य कलेज लेक्चर जागृत गैरे, क्यान महासंघ पाल्पा अध्यक्ष सुदीप पौडेल, क्यान महासंघ पाल्पा सह-सचिव सुनिता अधिकारी लगाएत विशिष्ट व्यक्तिको आतिथ्यता रहेको थियोे । सचेतना कार्यक्रममा तानसेनका विभिन्न विद्यालयबाट एक सय बढी विद्यार्थीहरुको सहभागीता रहेको थियोे । सचेतता कार्यक्रमकाे सहजीकरण अनिलकिशोर घिमिरे , सुदिप पौडेल, जागृत गैरे, शिव भट्टराई, प्रहरी उपरीक्षक सन्दीप बेल्बासे प्रशिक्षण र विज्ञान दुधराक्षकाे सञ्चालनमा सचेतता कार्यक्रम सम्पन्न भएको हाे ।



