पाल्पा, निस्दी गाउँपालिकाकाे आर्थिक सहयोग र निस्दी महिला समन्वय समिति निस्दी पाल्पाको आयोजनामा मित्यालमा सातौं राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित मनाएको छ। निस्दी महिला समन्वय समिति निस्दी पाल्पाको अध्यक्ष तिर्सना खन्गाहाको अध्यक्षतामा गाउँपालिकाकाे बहुउद्देश्यीय सभाहल वसेनीमा भएको महिला अधिकार दिवस कार्यक्रममा प्रमुख अतिथि एवं निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले साताैँ राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रमकाे उदघाटन गर्दै भन्नुभयो, संविधानको धारा ३८ले महिलाको अधिकार सुनिश्चित गरेकोले पनि महिलाहरूको अधिकार के हो ? र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा स्पष्ट भएकोले पनि यो वा त्यो ढंगबाट आफूले आफ्नो अधिकार प्राप्तिका लागि सजग हुनुपर्ने बताउँदै उहाँले कानूनले नै महिलाहरूकाे हरेक तहमा सहभागीता ३३ प्रतिशतले सुनिश्चित गरेकोले पनि आफ्नो जिम्मेवारी के हो भन्ने विषय बुझ्न र कसरी पूरा गर्ने भन्ने कुरा राम्रो सङ्ग बुझ्न र ज्ञान हुन जरुरी रहेको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं निमित्त प्रशासकीय अधिकृत अर्जुन खनालले महिलाहरू दिवस मनाउन मात्रै जागरुक नभइ प्रत्येक कार्यक्रम तथा सामाजिक रूपमा सक्रिय भएर विकास निर्माणका काममा अर्थपूर्ण सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत खनालले कार्यक्रमको भब्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथिहरू रुक्शेभञ्ज्याङ् प्रहरी चौकीका प्रमुख खिलबहादुर राना,वडा नम्बर ४ र ५ का वडाअध्यक्षद्वय नविन्द्र थापा सोती र मेखबहादुर सुनरीले गाउँपालिकाले महिलाहरुकाे अधिकार प्रदान गर्न तत्पर रहेको बताउँदै उहाँहरूदे आफ्नो हक अधिकार मात्र खोज्ने भन्दा पनि कर्तव्य पुरा गर्न बढी जागरुक हुनसके मात्र अधिकार प्राप्त हुने बताउँनुभयो ।साताैँ राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रमकाे अवसरमा महिला अधिकारसंग सम्बन्धित रहेर लोक नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको थियोे ।




कार्यक्रममा निस्दी गाउँपालिकाका सातै वडाका महिला समुह सहभागिता रहेको लोक नृत्य प्रतियोगितामा प्रथम निस्दी-२ सहलकोट, द्वितीय निस्दी-१ बाकामलाङ्ग र तृतीय निस्दी-६ अर्चले बिजेता हुनुभएको हो। प्रथम द्वितीय र तृतीय हुने महिला समुहलाई क्रमशः रु १० हजार, ७ हजार र ५ हजार रूपैयाँ नगद प्रमाण-पत्रद्वारा पुरस्कृत गरेको हो । कार्यक्रममा सहभागी हुने समुहलाई नगद रु ३ हजार रूपैयाँका दरले नगद प्रदान गरिएको थियोे । साथै माध्यमिकतह स्तरीय बाल बिबाह न्यूनीकरण सम्बन्धि भएको सडक नाटकमा प्रथम हुन सफल बालहित माध्यमिक विद्यालय निस्दी-२ सहलकोटको सडक नाटक पनि प्रस्तुत गरिएको थियोे । यसै अवसरमा १२ कक्षा उतिर्ण गरि बीस बर्ष पूराभई बिबाह गर्ने ३७जना जोडिलाई नगद,सम्मान-पत्र तथा दोसल्लाले सम्मान गरिएकाे छ । कार्यक्रममा एसईई परीक्षा २०८० र कक्षा १२ को राष्ट्रिय परीक्षा बाेर्ड २०८० मा उत्कृष्ट नतिजा ल्याउने दुई जना छात्राहरूलाई पनि सम्मान गरिएको हाे ।
त्यसै गरि स्नातकोत्तर उतिर्ण गर्ने निस्दीका-२ जना महिलालाइ पनि सम्मान गरेको छ । निस्दी महिला समन्वय समिति निस्दी पाल्पाकी पुष्पा सारुको स्वागतमा भएको कार्यक्रम बाल कल्याण अधिकारी कुश्माखर पाण्डे र निस्दी गाउँपालिका शिक्षा शाखा प्रमुख नरबहादुर थापाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।



