साहित्यकार सीताराम घिमिरेकाे “मुक्तक संग्रह ” विमाेचन

पाल्पा,साहित्यकार सीताराम घिमिरेद्वारा लिखित मुक्तक संग्रह तानसेनकाे श्रीनगर होटलमा विमोचन गरिएको छ । लेखक सीताराम घिमिरेकाे ९३ बर्षीयआमा शिवाकला घिमिरे, बरिष्ठ साहित्यकार एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा.टंक पन्त ,विरिष्ठ पत्रकार सेनानी मेघराज शर्मा,तानसेन बहुमुखी क्याम्पस क्याम्पस पाल्पाका प्रमुख एवं साहित्यकार पुस्कर राज रेग्मी, वरिष्ठ साहित्यकारहरु रामप्रसाद अर्याल तथा उमानाथ आत्रेय तथा मुक्तक लेखक पत्नी चम्फा कुमारी घिमिरे लगायतले प्रकाशित कृति मुक्तक संग्रहकाे संयुक्त रूपमा विमोचन गर्नुभएको हाे ।

विमाेचन कार्यक्रममा मुक्तकका बिषयमा टिप्पणी तथा बिबेचना गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा टंक पन्तले मुक्तक संग्रह बिबिध बिषयमा समेटेर लेखिएकोले अत्यन्तै उपयोगी रहेको भन्दै पाल्पाका साहित्यकारहरूको नाम लिदा सीताराम घिमिरे छुटाउन नहुने श्रस्टाका रुपमा परिचित भएको बताउँदै आगामी दिनमा पनि यस्ता साहित्यले निरन्तरता पाउनेमा आफु विश्‍वस्‍त रहेको बताउँनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा साहित्यकार पुस्कर राज रेग्मी,बरिष्ठ साहित्यकारहरु रामप्रसाद अर्याल तथा उमानाथ आत्रेय लगायतले शुभकामना दिनुहुँदै सार्वजनिक गरिएको मुक्तकका विषयमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।

लेखक तथा साहित्यकार सीताराम घिमिरेले मुक्तक कुनै एउटा विषयमा आधारित नभई विभिन्न समयमा विविध विषय केन्द्रीत समाजमा देखिएका समस्याहरुलाई उजागर गरि त्यसकाे सुक्ष्म तरिकाले विषय उठाउँदै मुक्तकका रूपमा पुस्तकलाई लेखिएको बताउँनुभयो । उहाँले पाठकहरुबाट सुझाव तथा प्रतिक्रिया प्राप्त भएमा आगामी दिनकाे साहित्य लेखनमा समेत महत्त्वपूर्ण एवं ठूलो सहयोग पुग्नेमा आफूले विश्वास लिएको बताउँनुभयो । लेखक तथा साहित्यकार सीताराम घिमिरे तथा उहाकी धर्ममत्नी चम्फा देवी घिमिरेको विवाहको ५०औ बर्ष पुगेको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रम मुक्तक लेखकका जेष्ठ पुत्र कृष्ण घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *