सीप विकास अन्तर्गत पाँच दिने सर्फ सावुन बनाउने तालिम: पूर्वखाेलामा सञ्चालन

पाल्पा, पूर्वखाेला गाउँपालिकाकाे देविनगरमा गरिबी निवारणका लागि उद्यम अन्तर्गत पाँचदिने साबुन तथा सरफ बनाउने तालिम सञ्चालनमा आएको छ । पूर्वखोला गाउँपालिकाले स्थानीय स्तरमा स्वरोजगार बनाउने उद्धेश्यले तालिमकाे आयोजना गर्दै स्थानीयतहमा राेजगारी सिर्जना गर्ने गरि तालिम सञ्चालन गरेको हाे। पूर्वखाेला गाउँपालिकाले लक्षितवर्गको आर्थिक स्राेत व्यवस्थापनमा पाँचदिने साबुन तथा सर्फ बनाउने सिप विकास तालिम कार्यक्रम सञ्चालनमा ल्याएको हाे ।

पूर्वखोला गाउँपालिका-४, देविनगरमा सुरु भएको यो तालिमले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत (MEDPA) उद्यम विकास तालिम सञ्चालन गरेको छ। तालिम जेष्ठ २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिने वडा कार्यालय देवीनगरले जनाएको छ । साबुन तथा सर्फ बनाउने तालिममा स्थानीय महिलाहरू तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियोे । उद्यम विकास तालिमको उद्घाटनसत्रमा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईकाे विशिष्ट आथित्यता रहेको थियोे । कार्यक्रमकाे उद्घाटनमा विशिष्ट अतिथिकाे मन्तव्य राख्नुहुँदै उहाँले यस्तो किसिमको सीप विकास तालिमकाे आयोजनाले महिला तथा युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउँदै याे तालिमकाे मुख्य उद्धेश्य भनेको उद्यमशील बनाउने हाे भन्ने कुरा जोड दिनुभयो ।

साथै, गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तालिम अवधिभर सहभागीहरूलाई साबुन तथा सरर्फ बनाउने प्रक्रिया र गुणस्तरकाे मापदण्ड, साबुन र सर्फकाे प्याकेजिङ,उत्पादन भएको बस्तुकाे बजारीकरण विषयमा रही तालिम सञ्चालन हुने भएकोले याे अत्यन्तै व्यवहारिक र सीप मूलक हुने र उद्यमका लागि आवश्यक ज्ञान प्रदान गर्नेमा विश्वास लिएको बताउँनुभयाे । गाउँपालिकाले स्वास्थ्य शिक्षा कृषि पर्यटन तथा पूर्वाधारको समग्र विकासमा प्राथमिकता दिदै आएको बताउँदै यी र यस्ता कार्यक्रमलाई स्थानीय विकासको आधारका रूपमा लिदै पूर्वखाेला गाउँपालिकाले अगाडि बढाउँदै आएको समेत उहाँले बताउँनुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *