सुर्तीजन्य पदार्थ ऐन पारित गर्दै १६औँ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न : पूर्वखाेला गाउँपालिका

पाल्पा, पुर्वखोला गाउँपालिकाको १६ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाकाे १६ औँ गाउँ सभा तथा अधिवेशनमा गाउँपालिका प्रवक्ता एवं विद्येयक समितिका सयाेजक मेहरसिंह थापाले गाउँ सभामा प्रस्तुत गर्नुभएको उक्त सुर्तीजन्य पदार्थ ऐनलाई गाउँ सभाका सदस्यहरूबाट बहुमतका पारित गरेको छ।१६ औँ गाउँ सभा तथा हिउँदे अधिवेशनमा गाउँ सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले पूर्वखाेला गाउँपालिकाको विषयगत शाखाहरूबाट भएको कामको प्रगति र सम्पादनमा गरेको उपलब्धिलाई अर्धवार्षिक प्रगति प्रतिवेदन गाउँ सभामा प्रस्तुत गर्नुहुदै आन्तरिक राजश्व १८ लाख ४२ हजार २ सय ८८ रूपैयाँ संकलन गरेको, विकास निर्माणका योजनाहरु मध्ये २० प्रतिशत सम्झौता भएको, ९ प्रतिशत सम्पन्न याेजनाकाे भुक्तानी भएको र पुँजीगत खर्चको १५ प्रतिशत र चालू तर्फ ३३ प्रतिशत गरि जम्मा २९ प्रतिशत खर्च भएको गाउँ सभामा बताउँनुभयो ।गाउँ सभाले गाउँपालिका उपाध्यक्ष भागिरथि भट्टराईलेले वडा स्तरबाट तथा गाउँपालिकाबाट कार्यान्वयन हुने योजनाको नाम संशोधन, रकमान्तर, थप योजना र बजेट बारे प्रस्तुत गर्नु भएको प्रतिवेदन समेत गाउँ सभाले बहुमतका साथ पारित गरेको छ ।

गाउँसभामा प्रस्तुत भएको ऐन, प्रगति प्रतिवेदन, विकास योजना संशोधन तथा रकमान्तर, थप योजना र सार्वजनिक महत्त्व तथा समसामयिक विषय माथि गाउँसभाका सदस्य भुवन सिंजाली, समुन्द्रा भारती, बासुदेव न्यौपाने, यमबहादुर सारु, चन्द्रसिंह वरमेली लगायतले आ-आफ्नो धारणा सहितकाे जिज्ञासा राख्नु भएको थियो । १६ औँ गाउँ सभा तथा हिउँदे अधिवेशनमा गाउँपालिका अध्यक्ष एवं गाउँ सभाका सभाअध्यक्ष नुनबहादुर थापाले गाउँ सभाका सदस्यहरूले उठाउँनुभएका प्रश्न तथा जिज्ञासा माथि सम्बोधन गर्नुहुदै गाउँपालिकाले पारित गरेका नीति कानुनहरु कार्यान्वयन गर्दै जानलाई सचेत गराउँनुका साथै विकास निर्माणलाई समयमै सक्काउन ध्यान दिने र नियमित रुपमा रहेका क्षेत्रको अनुगमन तथा निगरानी गर्न गाउँसभाका सदस्यहरुलाई निर्देशन समेत गर्नु भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *