नवराज ज्ञवाली पाल्पा, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा एकदिने अभिभावक शिक्षा कार्यक्रम सरस्वती माध्यमिक विद्यालय तानसेन-७, सुन्दरगाउँमा सम्पन्न भएको छ।सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा सुशासनका लागि विद्यालयमा सामाजिक पूर्वाधार विकासका लागि सचेतना कार्यक्रम गरिएको हाे ।
सचेतना कार्यक्रमका अतिथि एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पाेखरेलले विद्यालयकाे भाैतिक पूर्वाधार पूर्ण भएपनि शिक्षण सिकाईका लागि भाैतिक, मानवीय, आर्थिक एवं सामाजिक पूर्वाधार विकासकाे आवश्यकता र विद्यालयमा प्राप्त स्राेतकाे उच्चतम् प्रयोग गर्दै विद्यालय प्रशासन, व्यवस्थापन रअभिभावककाे साथ विद्यार्थीकाे अनुशासनले गुणस्तरीयता एवं शिक्षण सिकाईमा पूर्ण उपलब्धि हासिल गर्न सकिने बताउँदै याेकार्यका लागि विद्यार्थीकाे अनुशासन र अभिभावककाे साथ र सक्रियता तथा ध्यान दिनसक्ने वातावरण मिलाउन विद्यालय व्यवस्थापन समितिकाे साथ रहेको बताउँनुभयाे।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद पाैडेलले सुशासनका लागि विद्यालयमा सामाजिक पूर्वाधारको विकासका लागि सचेतना कार्यक्रम गर्न सामाजिक विकास डिभिजन कार्यालयले यसलाई विद्यालयलाई छनाैट गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै समुदायको उपस्थिति तथा सक्रियता भएन भने विद्यालयकाे अर्थ नरहने प्रधानाध्यापक पाैडेलले बताउँनुभयाे । उहाँले विद्यालयकाे शिक्षण उपलब्धिमा व्यवस्थापन समितिकाे महत्त्वपूर्ण भूमिका रहेकोले हामीले उच्च नतिजा दिन सक्षम रहेको बताउँदै आगामी नतिजा पनि उत्कृष्ट रहने समेत जानकारी दिदै शिक्षणका सबै विधिकाे प्रयोग गर्दै शिक्षकहरूकाे अथाह मिहिनेतले याे सम्भव रहेको बताउँनुभयाे ।
सुशासनका लागि अभिभावक सचेतना कार्यक्रममा शिक्षा तथा समन्वय इकाई कार्यालय पाल्पाका शाखा अधिकृत बसन्तराज भट्टले सहजीकरण गर्नुहुँदै राम्रा र सुविधा सम्पन्न भवन हुदैमा विद्यालयकाे शैक्षिक गुणस्तर नसुध्रिने भएकाेले गुणस्तरीय तथा शिक्षा सुधारका लागि सामाजिक विकासबाट शिक्षण सिकाइ सुधार गर्न सकिने भएकाले पनि हाम्रो ध्यान सामाजिक विकास तर्फ केन्द्रीत नहुँदासम्म खस्किएको शैक्षिक गुणस्तरलाई ठिक ठाउँमा ल्याउन नसकिने बताउँदै शाखा अधिकृत भट्टले सचेतना कार्यक्रमकाे सहजीकरणमा बताउँनुभयाे। उहाँले शिक्षक तथा अभिभावक र विद्यार्थीलाई एकै स्थानमा राखेर सरकारले नीति निर्माणका तहमा सहभागीता जनाउँदैन तवसम्म व्यवहारिक सिकाइ हुदैन भन्दै उहाँले विद्यालय सुशासनका साधन र तरिका लैङ्गक पक्ष, सहभागीता जाेडदिदै शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति एकसाथ हुनुपर्ने बताउँदै उहाँले विद्यालयले नियमित अभिभावक भेटघाट, सूचना पाटी, नाेटिसबाेर्ड, गुनासो पेटीकाे व्यवस्था तथा सार्वजनिक सुनुवाइ, वार्षिक र दैनिक कार्य तालिका, सामाजिक परीक्षण,विद्यालयकाे आचार संहिता, विनीयमकाे निर्माण, विद्यालय आधारित सुपरिवेक्षण एवं अनुगमन शैक्षिक सूचना व्यवस्थापन प्रणालीको विकास, याेजना निर्माण र नीति निर्माणका तहमा विद्यार्थीकाे अनिर्वाय सहभागी बनाउँदै लैङ्गक पक्ष लगायतका विषयमा केन्द्रीत रही कार्यक्रममा सहजीकरण गर्नुभएको थियोे ।
अभिभावक सचेतना कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्राविधिक सहायक ऋषिराम पाण्डेले कार्यक्रमकाे उद्धेश्यलाई प्रष्टाउँदै सिकाइका लागि शिक्षाको उत्प्रेणा तथा न्युन सिकाइ उपलब्धि भएका विद्यार्थीहरूसंग शिक्षकहरूकाे प्रत्येक्ष सम्पर्क हुनुपर्ने बताउँदै कक्षाकाेठामा अनिवार्य विद्यार्थीकाे नाम, आनीबानी चिन्न सक्नुपर्ने भन्दै त्यसाे भए मात्र पनि केही हदमा शिक्षाकाे गुणस्तर र सिकाइ उपलब्धि नतिजामा सुधार आउने बताउँनुभयाे ।
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजनामा गरिएको सुशासनका लागि विद्यालयमा सामाजिक पूर्वाधारको विकासका लागि सचेतना कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुहुदै सामाजिक विकास डिभिजन कार्यालय प्रमुख मित्रराज गाैतमले संघीय तथा प्रदेश सरकारले आफ्ना शैक्षिक गतिविधि सञ्चालन गरिरहेको अवस्थामा संविधानले माध्यमिक तहलाई सञ्चालन अधिकार स्थानीयतहलाई दिएपनि स्थानीयतहमा विज्ञ जनशक्तिर शिक्षा सञ्चालनका लागि पर्याप्त बजेट, स्रोत साधनकाे कमी रहेकोले माध्यमिकतह सञ्चालनमा कठिनाइ रहेको अवस्था छ ।यस्तो अवस्थामा माध्यमिकतह केन्द्र वा प्रदेश सरकारले हेर्ने वा स्थानीयतहलाई उचित बजेट व्यवस्था गरिदिएमा माध्यमिकतह सञ्चालन राम्रोसँग हुने बताउँदै लुम्बिनी प्रदेश भित्रका विभिन्न विद्यालयकाे अनुगमनका क्रममा भाैतिक पूर्वाधारको अवस्था निकै कमजोर भेटिएकोले ती कमजोर अवस्थाका विद्यालयमा प्रदेश सरकार मार्फत बजेट व्यवस्था गरि आफ्नो कार्यालयले भाैतिक संरचनाकाे अवस्था मुल्यांकन गरि पूर्वाधार निर्माण पूर्ण सहयोग गर्दै आएको बताउँनुभयाे। उहाँले अभिभावक सचेतना कार्यक्रमले विद्यालयमा सञ्चालन हुने हरेक गतिविधि तथा क्रियाकलापमा अभिभावक तथा बालबालिकालाई प्रत्यक्ष सहभागीता हुने अवसर र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्नेमा अपेक्षा गरिएको बताउँदै विद्यालय व्यवस्थापन समिति गठन र समितिकाे काम, कर्तव्य, शिक्षक अभिभावक संघ गठन आर्थिक व्यवस्थापन लगायत उल्लेखित पक्षमा सुधार ल्याउन मद्धत पुग्ने बताउँनुभयाे । कार्यक्रम दलबहादुर रास्काेटीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।