सेन माविले मनायो ५७ औं वार्षिकोत्सब सम्पन्न

पाल्पा, सेन माध्यमिक विद्यालय पाल्पाले ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । ५७औँ वार्षिकोत्सबका अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवसलाई मनाएको हो ।विद्यालयकाे वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि एवं तानसेन नगरपालिका-६ का वडाअध्यक्ष सागरमान महर्जनले कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वडाअध्यक्ष महर्जनले उद्घाटन मन्तब्यमा समग्र शिक्षा सुधारको लागि कानुन संशोधन गर्न जरुरी रहेको बताउँनुभयाे । उहाँले वर्तमानमा देशकाे गुणस्तरीय तथा प्रविधियुक्त शिक्षा भएकाे भए देशमा हुने विकास निर्माण र याेजना निर्माण कामदेखी खोज अनुसन्धानका कामहरुमा निकै प्रगती गर्न सकिने बताउँनुभयाे । उहाँले विगतमा भन्दा अहिले सेन माविको शिक्षाको गुणस्तरमा सुधार भएकोमा वडाअध्यक्ष महर्जनले खुसी व्यक्त गर्नुभयाे ।

वार्षिकोत्सब कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरु बुद्धिप्रसाद शर्मा, द्वारिकाप्रसाद शर्माले विद्यालयको इतिहासका बारेमा जानकारी गराउँदै सदस्यद्वयले विद्यालयको पहिले जस्तो इतिहास कायम राख्ने दिशामा ध्यान दिनुपर्ने बताउँनुभएकाे छ । त्यस्तै कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ नेपालको द्धित्तिय भाइस डिस्ट्रिक गर्भनर तथा विद्यालयका अक्षयकोषदाता मीना पन्थी,तानसेन नगरपालिकाका लेखा अधिकृत कौसलराज घिमिरे ,पत्रकार महासंघ पाल्पा सचिव रामचन्द्र रायमाझी, विद्यालय पूर्व शिक्षक सुर्यबहादुर बोहोरा,शिक्षक अभिभावक संघ अध्यक्ष भरत खड्गी, अभिभावक पदम गुरुङ, विद्यार्थीहरु रोनिक मल्ल,लिसार थापा लगायतले विद्यालयको वार्षिकोत्सब कार्यक्रम भब्य सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियो । उहाँहरुले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन तीनै तहका सरकार, शिक्षक, अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्नेमा जोड दिदै सक्रियता साझा प्रयत्नले मात्र गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिने बताउँनुभएकाे थियोे ।

५७औँ वार्षिकोत्सब तथा अभिभावक दिवसमा विद्यालयकाे १ कराेड ७७लाख ५९हजार ४ सय ५६ रूपैयाँ बराबरको आयव्यय सहित वार्षिक प्रगति तथा समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक भिमलाल बस्यालले विद्यालयकाे वर्तमान अवस्था,चुनाैती र सम्भावना संस्थापककाे याेगदान विद्यालयकाे भाैतिक अवस्था र विद्यार्थी भर्ना, शिक्षणसिकाइ चन्दादाताकाे सहयोग अभिभावकहरू भूमिका सहित विद्यालयकाे भावी याेजना रणनीतिका बारेमा विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रधानाध्यापक वस्यालले भावीयाेजनासंगै वर्तमान चुनाैती र अवसरलाई समीक्षा गर्दै विद्यालयअघि बढ्दै जाने बताउँनुभयाे।विद्यालयले जेहेन्दार, गरिब, दलित, आदिवासी, जनजाती विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको समेत प्रधानाध्यापक वस्यालले भन्नुभयो । उहाँले विद्यालयले शैक्षिक गुणस्तरका लागि पठनपाठनमा विशेष ध्यान दिदै आएको र कक्षा दसका बालबालिकालाई नियमित कम्युटर तथा विज्ञान प्रयोगशालामा अभ्यास गराउदै आएको जानकारी गराउँनुभयाे ।

विद्यालयकाे शिक्षणमा प्रविधिको प्रयोग गर्दै आएको नयाँनयाँ अभ्यासहरूकाे प्रयोग गर्दै नर्सरी देखी कक्षा बाह्रसम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन सञ्चालन गरिएको छ। जंग फुड निषेधितलाई व्यहारमै लागु गरि कार्यान्वयन गरेको बताउँदै विद्यालयको चमेनागृहमा समेत जंगफुडयुक्त सरसमान ल्याउन र पकाउन नपाउने गरि व्यवस्था गरिएको बताउँनुभयाे। विद्यालयमा शिक्षकदेखी बालबालिकासम्म सरसफाईमा विशेष ध्यान पुर्‍याएको, विगत तीन वर्षदेखी भर्नादरमा वृद्धि हुँदै गएको समेत प्रतिवेदनमा जानकारी दिनुभयाे । उहाँले आगामी दिनमा बालमैत्री कक्षा कोठा निर्माणमा प्रथामिकता दिने र प्राविधिक शिक्षा सहितको आवासीय नमूना विद्यालय सञ्चालनका लागि पूर्वधार तयार गर्ने, गणित प्रयोगशालालाई थप व्यवस्थित गरिने, शिक्षणमा अग्रेजी माध्यमको भाषालाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयाे । त्यस्तै विद्यालयकाे वार्षिकोत्सब कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरुकाे साँस्कृतिक प्रस्तुति समेत रहेको थियाे।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक जर्नादन पाण्डेको स्वागत र विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर कुंवरको सञ्चालनमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *