पाल्पा, रिब्दीकाेटगाउँपालिका-४, भैरवस्थानस्थित रहेको भैरव जनता माध्यमिक विद्यालयले विद्यार्थीहरूकाे सैद्धान्तिक पढाइ संगै व्यवहारिक सीप सिकाउन थालेको छ । विद्यालयले सामुदायिक विद्यालयका विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान सिकाइसंग व्यवहारिक र जीवनोपयोगी सीप सिकाउनलाई कक्षाकाेठाकाे अध्ययनसंगै परम्परागत रूपमा भान्सामा प्रयोग हुने गुन्द्रुक,मस्यौरा,तिताैरा माैलिक सीप अन्तर्गत डाेकाे र डालो बुन्ने सीप सिकाउन थालिएको हाे ।
रिब्दीकाेट गाउँपालिका-४, भैरवस्थानस्थित भैरव जनता माध्यमिक विद्यालयका विद्यार्थीले गुन्द्रुक,मस्यौरा,तिताैरा बनाउने,बत्ती काट्ने,दुनाटपरी खुट्ने एवं डाेकाे डालो बुन्ने र नाम्लो बनाउने सीप विद्यार्थीलाई सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक सुरेश प्रसाद गाैतमले बताउँनुभयाे । विद्यालयमा शिक्षण गरिरहनुभएका शिक्षक तथा कर्मचारीहरूले गाउँघर तथा दैनिक जीवनमा प्रयोग हुने बस्तुकाे प्रयोग गर्ने एवं खेर जाने गरेको बस्तुलाई व्यवहारिक सीपसंगकाे प्रयोगात्मक सीप सिकाउन पाउँदा विद्यालयका शिक्षकहरूकाे समुहनै खुसी देखिनुहुन्थ्याे ।
व्यवहारिक सीप र विद्यार्थीहरूसंग रम्न रमाउन विद्यालयकाे सैद्धान्तिक पढाइसंगै व्यवहारिक सीप सिकाउन थालेपछि कक्षाकाेठामा विद्यालयमा अध्ययनरत छात्रछात्राहरू हर्षित हुँदै सीप सिक्न थालेकाे र यसबाट हामीले सैद्धान्तिक पढाइ व्यवहारिक सीपसंग जाेडिएका छौँ । हामीले कपासबाट बत्ती कात्ने तथा दुनाटपरी खुट्ने गुन्द्रुक,मस्यौरा र तिताैरा बनाउने जस्ता सीप सिक्न पाउँदा अत्यन्त खुसी छाै, यसबाट हामीलाई दैनिक खर्च जाेहाे गर्न समेत सहज हुने र पढाइसंग व्यवहारिक सीपले आर्थिक रूपमा सक्षम बन्न प्रेरित गरेको छ भन्दै विद्यालयकाे कक्षा दसमा अध्ययनरत छात्रा मनिषा सारूले कुराकानीमा बताएकी हुन् । हामीले कातेकाे बत्ती पूजाअर्चना गर्दा बाल्न प्रयोग हुनेहुँदा पनि याे सीप निकै महत्तवपूर्ण रहेको बताउँदै भनिन् विद्यालयका्े सैद्धान्तिक ज्ञान पढाइसंगै व्यवहारिक रूपमा सीपको प्रयाेग गर्नलाई बनाएको गुन्द्रुक,मस्यौरा,तिताैरा,अचारलाई हामी विद्यालय नजिकै रहेको प्रसिद्ध भैरवनाथ मन्दिरमा आउने भक्तजनहरूलाई अर्गानिक र शुद्ध स्थानीय गाउँघरकाे काेशेलीका रूपमा बिक्रीवितरण गरिने समेत उनले बताइन् । विद्यालयमा कक्षा आठ अध्ययनरत छात्रा सुस्मिता चित्रेले कुराकानीमा परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने तथा विद्यार्थीकाे अपेक्षाअनुसार विभिन्न सीप विद्यालयले सिकाउँदै आएकाे बताइन् ।
त्यस्तै विद्यालयका शिक्षिका सुमित्रा पंगेनीले कक्षाकाेठा भन्दा बाहिरी सिकाइ बढी सीपमूलक र व्यवहारिक हुने भएकोले पनि विद्यार्थीहरूले कपासबाट तीनसुते,पाँचसुते,सातसुते एवं नौसुते बत्ती कात्नलाई प्रेरित गर्दै सिकाउने गरेको बताउनुभयो । विद्यालयका निमावि गणित विज्ञान शिक्षणमा रहनुभएका शिक्षक दामोदर कंडेलले किताबी ज्ञानमात्र आर्जन गर्नु भन्दा बढि व्यवहारिक सीप महत्त्वपूर्ण हुने बताउँदै हामीले विद्यालयमा सिकाइ रहेको सीप उत्तिकै जीवनोपयोगी हुने ठानेर नै यसको सुरुवात गरिएको बताउँनुभयाे । उहाँले कुराकानीकै सन्दर्भमा पाठ्यक्रमले नै निर्दिष्ट गरेको स्थानीय प्रविधि र आधुनिक प्रविधिकाे शिक्षणमा स्थानीय प्रविधिक र सीपको प्रयोग गरि यस्ता उत्पादनहरूले व्यवहारिक तथा जीवन उपयोगी सीप अवलोकनमा आधारित भएर तथा गर्दै सिक्दै,सिकाइ हुने कुरालाई उहाँले जाेड दिनुहुँदै उहाँ भन्नुहुन्छ,आधुनिक प्रविधिले निर्माण गरेका दुनाटपरीकाे प्रयोग बढी रहेको अवस्थामा पनि हामीले व्यवहारिक सीपमा उत्पादन जाेड्न एवं प्रयोग गर्न अब सैद्धान्तिक ज्ञानसंगै आफैँले सिकेको सीप व्यवहारिक रूपमा सिकेको सीपलाई घरकाे प्रयोगमा ल्याउन विद्यालयले प्रेरित गरिरहेको शिक्षक कंडेलले बताउँनुभयाे ।




त्यस्तै विद्यालयकाे कक्षा दसमा अध्ययनरत विद्यार्थी प्रिया भण्डारी पढाइसंग सीप पनि सिकियो भने भोलिका दिनहरूमा जीवन जिउन सहज हुने र व्यावसायिक रूपमा आफूले सिकेको सीपले भविष्यमा अघि बढ्न सहज हुने बताइन् । “पढेर मात्र नहुने हुँदा घरायसी काम काज पनि जान्न र सिक्ने अवसर पाएपछि जीवन जिउन धेरै सहयोग पुग्छ”, छात्रा विद्यार्थी भण्डारी बताउँछिन् । विद्यालयमा नियमित पढाइसँगै हरेक महिनाको दुईवटा शुक्रवार विभिन्न गतिविधि र सीपयुक्त कार्यमा सहभागी हुँदै आएको समेत उनी बताउँछिन् ।कक्षा दसमा अध्ययनरत अर्का विद्यार्थी कुमार सिंजालीले पनि आफूलाई मन पर्ने भएको हुँदा अहिले पठाइसंगै विद्यालयबाट व्यवहारिक सीप सिकाउँदा सिक्दै आएको र यसले धेरै कुराहरू आफूले सिकिसकेको उनको भनाइ रहेको छ। विद्यार्थीहरूलाई जीवनोपयोगी सीपअन्तर्गत विभिन्न सीपहरू सिकाउन थालेको र भविष्यमा पढाइ पुरा गरेर सरकारी आयाेग दिन चाहनेहरूका लागि महत्त्वपूर्ण हुने ठानेर विद्यालयले कक्षाकाेठाकाे पढाइ संगै लाेकसेवाकाे नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको समेत विद्यालयका प्रधानाध्यापक सुरेशप्रसाद गाैतमले बताउँनुभयाे। प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबारका दिन विद्यार्थीलाई सीप सिकाउन थालिएको छ । विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक रहेको हुँदा विद्यालयले याे कार्यक्रम सुरु गरेको बताउँदै विद्यार्थी पनि निकै उत्साहित भएर सीप सिक्नका लागि सहभागी हुने गरेकाे प्रधानाध्यापक गाैतमले बताउँनुभयाे ।
सीप सिकाउन विद्यालयका शिक्षक तथा शिक्षिकाहरूले विद्यार्थीलाई समूह बनाएर विद्यालयमै माैलिक र परम्परागत रूपमा गाउँघरमा खेर गइरहेका वस्तुको उपयोग बारे जानकारी दिने र सीप सिकाउने गरेको प्रधानाध्यापक गाैतमले कुराकानीमा भन्नुभयो । उहाँले पढ्न–लेख्ने जान्ने तर घरायसी काम नजान्ने प्रवृत्ति रहेको बताउँदै हामीले सैद्धान्तिक रूपमा कक्षाकाेठाकाे सिकाइसंग व्यवहारिक सीप पनि सामान्य रूपमा जान्नुसिक्नु पर्छ,घरायसी कामलाई जान्नुपर्छ,व्यवहारिक सीप सिक्नुपर्छ भन्ने मान्यताकाे आधारमा व्यवहारिक सीप सिकाइ उत्पादनमा जाेड्नलाई प्राथमिकता दिएको समेत विद्यालयका प्रधानाध्यापक गाैतम भन्नुहुन्छ । उहाँले सिकाइमा पछिल्लो समय विद्यार्थीहरूलाई बत्ती कात्न, दुना टपरी बनाउन डाेकाे, डालाे र नाम्लो बुन्न प्रेरित गर्ने गरेको र सीप पुस्तान्तरण नहुँदा समस्या हुने गरेको हुँदा यसले व्यक्ति,परिवार एवं समुदायलाई नै फाइदा पुग्ने देखेर याे कार्यक्रम सुरु गरेको बताउँनुभयाे। विद्यालयले गरेको यस कामबाट अभिभावहरूले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीपलाई सिक्न सिकेको र त्यसलाई घरमा पनि लागू गरेकामा खुसी व्यक्त गर्ने गरेको प्रधानाध्यापक गाैतमले बताउँनुहुन्छ ।विद्यालयले कक्षा छ देखि कक्षा दससम्मका विद्यार्थीहरूलाई विभिन्न सीपसंग जाेड्दै जीवनोपयोगी सीप प्रदान गर्दै आएको अभिभावक राजकुमार सिंजालीले बताउँनुभयाे ।