पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य बीमालाई औपचारिकक्षेत्रसंग जोड्दै लगिएको बताउँनुभएको छ । स्वास्थ्य मन्त्री सारूले राज्यको मुख्य प्राथमिकतामा रहेको स्वास्थ्य बीमालाई औपचारिक क्षेत्रसंग जोड्दै लगिएको उहाँले बताउँनुभएकाे हाे । राज्यका विभिन्न तह र निकायमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा जोड्दा राज्यको नीति एवं कार्यक्रम सफल बनाउन ठुलो मद्दत पुग्ने बताउँनुभएको छ। उहाँले राज्यका विभिन्न क्षेत्रमा रहेका कर्मचारीहरू र विशिष्ट व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा जोडिँदा उदाहरणीय प्रस्तुत हुने भन्दै यसलाई प्राथमिकता दिएर स्वास्थ्य मन्त्रालयले काम अघि बढाइरहेको बताउँनुभयो ।
स्वास्थ्य मन्त्री सारुले अहिले सम्म सार्वजनिक क्षेत्रका दुई हजार बढि व्यक्तिहरुलाई स्वास्थ्य बीमासंग जोडेको बताउँनुभयो । आर्थिक रुपमा केही सबल व्यक्तिहरु समेत स्वास्थ्य बीमामा जोडिँदा सार्वजनिक अस्पतालको सेवा प्रवाह प्रति विश्वास बढ्ने समेत उहाँको भनाई रहेको छ ।राज्यबाट अघि सारेको योजना तथा कार्यक्रमलाई सबैकाे साथ र सहयोग दिँदा सर्वसाधारण नागरिकलाई सेवा प्रवाहमा समेत योगदान हुने मन्त्री सारुले बताउँनुभयो । सामान्य एवं कमजोर आर्थिक अवस्था भएका नागरिकहरुलाई प्राथमिकता दिएर स्वास्थ्य उपचार गर्ने लक्ष्यका साथ मन्त्रालयले अस्पतालहरुको सेवा प्रवाह र अवस्था सुधार गरेको समेत उहाँले बताउँनुभयो ।स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य बीमा लागु भएका अस्पतालहरु रिफरल सेण्टरको रुपमा भन्दा त्यहीँबाट सेवा लिने वातावरण तयार गर्ने गरी आफ्नो मन्त्रालयले योजना बनाएको बताउँनुभयो । सर्वसाधारण नागरिकहरूलाई रोग लाग्नै नदिने यदि लागिहालेमा सहज एवं सरल तरिकाले उपचार गर्ने विषयमा गम्भीर भएर लाग्न निर्देशन दिएको भन्दै स्वास्थ्य मन्त्रालयको स्वास्थ्य बीमा कार्यक्रम प्राथमिकतामा रहेको बताउँनुभयो ।