पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य कार्यालयबाट सम्पादन भएको नीति कार्यक्रमहरूको प्रगतिलाई सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय मार्फत विभिन्न रोगको स्किनिङ तथा अन्य सर्वेक्षणको तथ्याङ्कको सार्वजनिक गरेको हाे।वार्षिक नीति तथा कार्यक्रमकाे प्रगति सार्वजनिक कार्यक्रममा प्रमुख अथिति एवं लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मन्तब्य राख्दै स्वास्थ्य सबैको साझा दायित्व हो भन्नुभयो । उहाँले कार्यक्रममा बाेल्दै भन्नुभयो स्वास्थ्यमा तथ्यले देखाएका जोखिमपूर्ण सूचकहरूतर्फ सराेकारवाला सबै पक्षहरू बेलैमा सचेत भइ गम्भीर भएर लाग्न जरुरी भएको बताउदै स्वास्थ्यक्षेत्र सुधार गर्न प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता सहित कार्यक्रम ल्याउने र बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य कार्यालय पाल्पा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य भएको भन्दै आगामी दिनमा पनि स्वास्थ्यसेवा थप प्रभावकारी बनाउदै गुणस्तरीयतामा निरन्तरता दिनु पर्ने बताउँनुभयो ।स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्दिरा गहतराज, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्षमी श्रेष्ठ र पाल्पाका नगरपालिका र गाँउपालिकाका अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख एवं प्रतिनिधिहरु पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।



