बुटवल, ‘हाम्रो पुरूषार्थ पत्रिका’ को भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्कको रूपमा प्रकाशित “हाम्रो पुरूषार्थ” बुटवलमा लोकार्पण गरिएको छ । हाम्रो पुरुषार्थ ५२ वर्षदेखि गुल्मी तम्घास स्थित किरण पुस्तकालयबाट निरन्तर प्रकाशित रूपमा हुँदै आइरहेको साहित्यिक पत्रिका हो । यस पत्रिकाबाट अहिलेसम्म २२ वटा विशेषाङ्क प्रकाशित भइसकेकाे छ । पत्रिकाको बुटवलमा लोकार्पण गर्दै प्रा.डा. बाबुराम ज्ञवालीले भाषा र साहित्यको श्रीवृद्धिमा पत्रिकाले निरन्तर भूमिका खेलेको उल्लेख गर्नुभयाे। उहाँले यसका अन्य विशेषाङ्क जस्तै यो विशेषाङ्क पनि अध्ययन अनुसन्धान गर्न चाहनेका लागि राम्रो स्रोत रहेको बताउँनुभयाे ।
प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यमा रूचि राख्ने नेपाली भाषीहरुका लागि यो सङ्ग्रहणीय ग्रन्थ नै भएको बताउँनुभयाे । उहाँले पत्रिका विमाेचनमा विचार राख्दै प्रभासमा रहेर नेपाली भाषाकाे विकासका लागि भारतीय नेपाली साहित्यकारहरूको महत्वपूर्ण भूमिका रहेको उनले बताउँनुभयाे । हाम्रो पुरूषार्थ विमाेचन कार्यक्रममा प्रा.डा.अनन्त पन्थी, गोपाल पन्थी, तेजनीधि पौडेल, छवि ज्ञवाली, बद्रीनाथ पाण्डे,विन्दु आचार्य,महिमा पन्थी,मधु ज्ञवाली,कृष्ण पाण्डे, चिरन्जीवी ज्ञवाली, दीलिप ज्ञवाली लगायतले पत्रिका बारे समीक्षा गर्दै भाषा साहित्यमा हाम्रो पुरूषार्थले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गर्नुभएकाे थियोे । प्रकाशित हाम्रो पुरुषार्थको यो विशेषाङ्क बुटवल साथै काठमाडौं, गुल्मी, दाङबाट पनि एकसाथ लोकार्पण गरिएको हो । हाम्रो पुरूषाार्थ विमाेचन कार्यक्रम हिमालय बुक हाउस बुटबल सञ्चालक माधव गौतमको अध्यक्षतामा भएको कार्यक्रमकाे कविता पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।