४५४ दिने ढाका बुनाई तालिम रिब्दीकाेटकाे बतासेमा सुरू

पाल्पा, रिब्दीकोट गाउँपालिकाकाे पालुङ्गमैनादी, बतासेस्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा ४५४ घण्टे ढाका बुनाई तालिम पालुङ्गमैनादी, बतासेस्थित सञ्चालन भएको छ ।

ढाका बुनाई कार्यक्रमको उद्घाटन गर्नुहुँदै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्राप्त गरेको सीप पूर्ण रूपमा उपयोग गरि स्वराेजगार बन्न र प्रशिक्षकको रूपमा स्थापित हुन तालिमले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । महिलाहरुलाई घरमा बसेर आम्दानी गर्न ढाका बुनाई सहज हुने भएकोले याे उपयुक्त रहेको र स्वराेजगार बन्न समेत सफल हुने अध्यक्ष कार्कीले बताउँनुभयाे ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले महिलाहरूलाई आत्मनिर्भर बनाउन ढाका बुनाइ महत्वपूर्ण रहने सीप भएकोले यसको सहि उपयोग गर्नुपर्ने बताउँनुभयाे । उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले यो तालिमले स्थानीय महिलाहरूलाई आयआर्जन तथा स्वरोजगार बन्नकाे लागि मार्ग खुलाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यालय प्रमुख श्याम कुमार पौडेलले बताउँनुभयाे । उद्घाटन कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले जीवन परिवर्तनका लागि सीप आवश्यक हुने भएकोले याे तालिम अत्यन्तै महत्त्वपूर्ण रहेकोले तालिमबाट प्राप्त सीपकाे उपयोग गर्नुपर्ने बताउँनुभयाे ।

कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष दानबहादुर कुँवर, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उविस मनोज घिमिरे, जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव बहादुर कुँवर प्रशिक्षक खड्क बहादुर बोहरा, सहकारी संस्थाका प्रतिनिधिहरू सहित तालिमका सहभागीहरूको उपस्थिति थियो । ढाका बुनाई कार्यक्रमकाे रिब्दीकोट गाउँपालिका-७ बतासेकाे रेडा पाल्पाको भवनमा तालिम सञ्चालन भएको छ ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *