स्काउट शान्ति र सुरक्षा २२५० अन्तर्गत दुर्व्यसनी सम्वन्धी अन्तक्रिर्या

पाल्पा, स्काउट शान्ति र सुरक्षा २२५० अन्तर्गत दुव्र्यसनी सम्वन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन भएको छ । स्काउट शान्ति र सुरक्षा समूह लुम्बिनीको आयोजना एवं स्काउट तथा लुम्बिनी प्रदेशको सहयोगमा उक्त कार्यक्रम पाल्पामा सम्पन भएको हो ।फिनल्याण्ड स्काउटको सहयोगमा सञ्चालित उक्त अन्तक्रिर्या कार्यक्रममा बोल्नुहुँदै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले दुव्यसनी आफैंमा जति पिडा दायक छ त्यति नै दुव्र्यसनीमा फसेकारूको परिवारमा यसले दिने पिडा उल्लेख गरि साध्य नहुने हुँदा यसको नियन्त्रणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउँनुभयो । नगर प्रमुख श्रेष्ठले समाज र घर परिवारले आफ्नो छोराछोरीहरूको स्कूलको समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी राख्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा उहाँले लागू औषध दुव्र्यसनी रोकथाममा तानसेन नगरपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने गरेको समेत जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त दिनानाथ भट्टराइले बालबालिकाहरूको व्यक्तित्व एवं शारीरिक विकास र सामाजिक, बौद्धिक, संवेगात्मक, अध्यात्मिक विकास र हरेक विकासको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताउँदै विश्वमा सबभन्दा ठूलो अनौपचारिक शिक्षा अभियानको रुपमा रहेको स्काउटिंग अभियानमा युवाहरूलाई लगाउन सकिएको खण्डमा लागुपदार्थ दुव्र्यसन लगायतका कुतलबाट युवाहरुलाई बचाउन सकिने उहाँको भनाइ थियो । उहाँले सन् २०२५ सम्ममा सबै ठाउँका बिषय समेटेर प्रतिवेदन बुझाउने तयारी रहेको समेत बताउनु भएको थियो ।

अन्तक्रिर्या कार्यक्रममा मिसन अस्पताल पाल्पाका डा.राजिव न्यौपानेले लागू पदार्थले तुरुन्तै असर गर्छ । यी पदार्थकाे सेवन यति खतराजनक हुन्छन् कि दुईचार पटककाे प्रयोगमा नै बानी बसिहाल्छ । यी पदार्थहरूले रगत एवं शरीरमा यस्ता असरहरू छाड्छन् जसको प्रभाव कम गर्ने भनेकै जनचेतनामूलक सन्देश तथा प्रभावकारी कार्यक्रम गरि नियन्त्रण सम्बन्धि अभियान चलाउने हाे । विशेषत : यी कार्यक्रममा ध्यान र याेग पारिवारिक परामर्श लगायत लागूऔषध उपचार तथा पुनस्र्थापना सम्वन्धि स्वास्थ्य सचेतना कार्यक्रम गर्ने, स्वास्थ्य सेवा, परामर्श, खेलकुद कार्यक्रम सञ्चालन गर्ने,लागू पदार्थ दुर्व्यसन सम्बन्धि घरपरिवार र समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम सञ्चालन गर्ने र नियन्त्रण गर्न यी र यस्ता कार्यक्रमले लागू पदार्थ दुर्व्यसन रोक्न सकिने बताउँनुभयाे ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्दिप बेल्वासेले लागू पदार्थहरूको प्रयोगबाट निस्कने परिणाम निकै डरलाग्दो,भयावह हुनेहुदाँ समयमै सचेत बन्नुपर्ने बताउँनुभयो । उहाँले सचेतवर्गकाे सहकार्य न्यूनिकरणमा टेवा पुग्ने बताउँनुभयो ।कार्यक्रममा जिल्ला युवा परिषद् पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीले जनचेतना जन्य कार्यक्रमहरूलाई व्यापक रुपमा सञ्चालन एवं परिचालन गर्नुपर्ने बताउँनुभयो ।उहाँले समाज भित्र लागू औषध प्रयोगकर्ताहरु दिनहुँ अत्याधिक बढ्न जाँदा सिंगो समाजलाई नै अशान्त बनाइरहेको समेत बताउँनुभयो । युवा परिषद्का अध्यक्ष अधिकारीले कूलतमा फसेकाहरुलाई कूलतबाट निकाल्दै समाजमा सम्मानका साथ पुनर्स्थापित गर्न गराउन समाजका हरेक सचेतवर्ग तथा स्थानीय सरकारले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले बढेदो दुर्व्यसनाेको समस्या र त्यसको न्युनिकरणका लागि गर्न सकिने कार्यहरु समुहगत छलफल गरि कार्यक्रममा प्रस्तुतिकरण गर्नुभएको थियो । फिनल्याण्ड स्काउट र नेपाल स्काउटको सहकार्यमा भएको उक्त कार्यक्रम स्काउट शान्ति सुरक्षा कार्यक्रम प्रदेशका विभिन्न स्थान हरूमा सञ्चालन भइरहेको समेत प्रदेश कार्यालय प्रमुख तारा पुरीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रम उहाँले स्काउट मास्टर,रोभर रेन्जर स्काउट तथा गैर स्काउटहरुको सहभागिता रहेको समेत जानकारी दिनुभएको थियो । स्काउट शान्ति सुरक्षा कार्यक्रम स्काउटर सुन्दर बस्यालको सञ्चालनमा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *