रैनादेवी छहरा गाउँपालिकाको १४ औँ गाउँसभा तथा अधिवेशन शुरु

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाको १४ औ गाउँसभा वर्खे अधिवेशन शुरु भएको छ । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गाउँसभामा आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ । अध्यक्ष भट्टराईले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै उहाँले कृषि तथा पशु,स्वास्थ्य, गुणस्तरीय शिक्षा,स्थानीय कला संस्कृति संरक्षण जस्ता बिषयलाई नीति तथा कार्यक्रममा समावेश गर्नुभएको हाे ।

नीति कार्यक्रम प्रस्तुत गर्दै उहाँले गाउँपालिकाबाट चालु आर्थिक बर्षमा शुरु भएको गुल्मी, अर्घाखाची र रुपन्देही जिल्ला जोड्ने सडक निर्माण लाई निरन्तरता दिने र छहरा स्वास्थ्य चाैकीलाई १५ शैयाको अस्पताल निर्माण गरि स्तरउन्नतिका लागि पहल गर्ने , स्वास्थ्य चाैकीकाे आकस्मिक सेवा संचालन, एक वडा एक गौरवको आयोजना, विद्यालय नर्सिंङ कार्यक्रम विस्तार , एसइइ उर्तिण गरिव जेहेन्दार बिद्यार्थीलाई प्राविधिकधारको अध्ययनमा छात्रबृत्ति प्रदान गर्ने , कक्षा ८ माथिका छात्राहरुलाई आत्मरक्षा तालिम, छात्राहरुलाई बिद्यालयमै नि:शुल्क सेनेटरीप्याड व्यवस्था गर्ने , लगायतका कार्यक्रमहरू गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रममा समेटिएका छन ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष भट्टराईले नीति कार्यक्रममा लक्षित कार्यक्रम अन्तर्गत महिलाहरूको सीपक्षमता तथा नेतृत्व विकास गर्ने, गर्भवती महिलाको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिसुका लागि पोषण कार्यक्रम, ७५ बर्ष माथिका जेष्ठ नागरिकहरूका लागि घरमै सामाजिक सुरक्षा कार्यक्रमकाे भत्ता उपलब्ध गराउने, विश्राम स्थल निर्माण, कटौजेपानी खेलमैदान लाई थप स्तरउन्नती गर्दै जाने, राष्ट्रपति रनिङ शिल्ड, अध्यक्ष कप तथा वडा स्तरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने, वडा वडामा आवश्यकता अनुसारका खेलमैदानहरू निर्माण गर्ने, कृषि तथा पशुपंक्षी तर्फ एक घर एक करेसावारी, तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन कृषिपकेट क्षेत्र निर्माण गर्ने ,कृषि उत्पादन सामुहिक रुपमा गर्ने ,कृषिमा व्यबसायिक खेती,बाझो जमिनमा सामुहिक करार खेती, रैथाने वाली तथा बीउ संरक्षण, कृषि एम्वुलेन्सको व्यबस्था, गाउँपालिकालाई पशुजन्य मासु,अन्डा र दुग्ध तथा तरकारीमा आत्मनिर्भर बनाउन निति तथा कार्यक्रममा विषेश रूपमा समेटिएको छ ।

गाउँसभामा अध्यक्ष भट्टराईले पेश गरेको नीति तथा कार्यक्रममा सहकारी तथा वित्तियक्षेत्र, उधोग तथा पर्यटन, पुर्वाधार विकास, भवन तथा आवास शहरी विकास, सिंचाई ऊर्जा तथा बिद्युत, सूचना तथा सञ्चार, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास जस्ता विषयबस्तु समेटिएका छन् । प्रस्तुत नीति तथा कार्यक्रममा माथि कार्यपालिका सदस्य सूर्यबहादुर कार्की, वडासदस्य धनबहादुर रायमाझी लगायतले जिज्ञासा राख्नुभएकाे थियाे ।

गाउँसभा तथा वर्खे अधिवेशन कार्यक्रममा उपाध्यक्ष युवराज थापा, प्रवक्ता देवेन्द्र पुन सहित सम्पुर्ण जनप्रतिनिधी सभाका सदस्यकाे उपस्थिति रहेको कार्यक्रममा सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले प्रस्तुत गर्नुभएकाे आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम गाउँसभाका सदस्यहरूले महत्त्वपूर्ण सुझाव सहित बहुमतका साथ पारित गर्नुभएको थियो । त्यस्तै आर्थिक वर्षको बजेट गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले असार १० गते गाउँसभामा प्रस्तुत गर्ने सभाका अध्यक्ष भट्टराईले बताउँनुभयाे ।

रैनादेवी छहरा गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे नीति कार्यक्रम तथा वर्खे अधिवेशन गाउँसभाका सचिव एवं गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *