पाल्पा,प्रहरी चाैकी प्रभास को सक्रियता र तानसेन नगरपालिका वडा नम्बर सातको आयोजना र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडकाे प्राविधिक सहयोगमा आत्महत्या न्यूनीकरण कार्यक्रमकाे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
“आत्महत्या रोकथामबारे खुलेर संवाद गरौँ: दृष्टिकोण बदलौँ” भन्ने वाक्य सहित विश्व आत्महत्या रोकथाम दिवस-२०८१ ( सेप्टेम्बर-१०) काे दिवस सम्पन्न भएपनि नेपालमा पछिल्ला वर्षहरूमा आत्महत्याको दरमा वृद्धि हुन गएपछि समस्यालाई न्यूनीकरण गर्न र सङ्कटलाई सम्बोधन गर्न प्रहरी चाैकी प्रभास पाल्पाको सक्रियतामा कार्यक्रम अघि बढेको हाे। आत्महत्याकाे न्यूनीकरण र राेकथामका लागि सामूहिक जिम्मेवारीबाेध सहित अघि बढ्न सके यसको सार्थक निष्कर्ष आउने वडा कार्यालयले जनाएको छ। पा
ल्पा जिल्लाकाे विगत वर्षकाे तथ्याङ्क हेर्दा आत्महत्याको दर निरन्तर बढ्दै गएपछि आत्महत्या न्यूनीकरण गर्नका लागि एक विशेष कार्यक्रम बनाई अघि बढ्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको तानसेन नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष प्रदिप खनालले बताउँनुभयाे । यसको लागि नेपाल प्रहरी स्थानीय वडा सरकार र समुदायको सक्रिय सहभागीता,समन्वय सहयोगकाे आवश्यकता रहने समेत वडा अध्यक्ष खनालले भन्नुभयो ।
प्रभास प्रहरी चाैकी, तानसेन नगरपालिका-७ नम्बर वडा कार्यालय र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडकाे सहयोगमा आत्महत्याका कारणले हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न आगामी रणनीति बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्रिय रहने गरि समझदारीमा हस्ताक्षर भएको प्रहरी चाैकी प्रभासले जनाएको छ । नेपालकाे तथ्याङ्कलाई औसतमा हेर्दा प्रतिदिन २० जनाले आत्महत्या गरेको देखिन्छ । यो तथ्याङ्क अघिल्ला वर्षहरूको तुलनामा तीव्र रूपमा भएको वृद्धि हो,जसले बढ्दो मानसिक स्वास्थ्य समस्या र सङ्कटलाई उद्त गदर्छ ।
समझदारी पत्रकाे अनुसार प्रहरी चाैकी प्रभासबाट नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट तयार पारिएको आत्महत्या न्यूनीकरण विषय समेटिएको जनचेतनामूलक प्रशिक्षण अन्य स्रोतकाे खाेजी गर्दै समुदाय तथा विद्यालय स्तरमा प्रशिक्षण दिने आत्महत्या प्रयासबाट प्रभावित मानिस तथा सम्भावित क्षेत्रकाेसूचना संकलन गर्ने र वडा कार्यालय र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडकाे आवश्यक सहयोग र समन्वय बाट वडाभित्र हुने आत्महत्या प्रयास न्यूनीकरण गर्न आवश्यक मनाेपरामर्श दिनलाई त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गर्दै कार्यक्रम गरिने भएको छ।