चन्द्रकाेटलाई पूर्ण संस्थागत प्रस्तुति एवं पूर्णखाेप दिगोपना पालिका घाेषणा गर्दै स्वास्थ्यमन्त्री सारू

गुल्मी, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले गुल्मी पुर्णसंस्थागत प्रसुति एवं पूर्णखोप दिगोपना पालिकाकाे घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुभएको छ । उहाँले पूर्ण संस्थागत प्रसूति एवं पूर्णखोप दिगोपना पालिका घोषणा सभालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले घाेषणा गर्नुभएको हाे।

संविधान सभा सदस्य सृजना तरामु मगर, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री छिमेकी पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि वडाध्यक्ष कार्यपालिका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितिमा चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवा प्राप्त साथै पूर्णखोप दिगोपना पालिका साझा प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर समेत गरिएको छ ।

चन्द्रकोट गाउँपालिकामा ९८.९४ % गर्भवती महिलाले प्रोटोकल अनुसार गर्भ जाँच गराएका छन् १००% गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा प्रसुति गराएका छन । चन्द्रकोट गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थामा वर्थिङ सेण्टर सञ्चाल्न गरिएको छ भने सबै टोलका वस्तीहरूमा पुगेर सुरक्षित मातृत्व सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।विभिन्न निर्माणाधिन अस्पतालहरु समयमै सम्पन्न गर्नुपर्ने, निर्माण सम्पन्न भएका अस्पतालहरुमा जनशक्तिलाई पुर्ती गरेर सञ्चालन गर्नुपर्ने बताउँनुभयो । उहाँले मानसिक, सामाजिक एवं भावनात्मक स्वास्थ्यका क्षेत्रमा समेत लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मसिनोसंग योजना बनाएर काम गरिरहेको समेत बताउँनुभयो । मन्त्री सारुले आधारभुत अस्पतालको सेवा सुचारु गर्ने, मेडिकल अधिकृतको पदपुर्ती गर्ने लगाएतका विषयमा काम गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *