दुई प्रदेश जोड्ने गरि पाल्पा र नवलपरासी पुर्व रिपाहामा निर्माण सम्पन्न झोलुङ्गेपुल उद्घाटन

पाल्पा, लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको नवलपरासी पुर्व मध्यबिन्दू नगरपालिकालाई जोड्ने गरि रिपाहा घाटस्थित निर्माण सम्पन्न भएको झोलुङ्गे पुललाई एक कार्यक्रमका बीच उद्घाटन गरिएसँगै सञ्चालनमा आएको छ ।

पाल्पा जिल्लाकाे निस्दी गाउँपालिका -४,मित्याल र नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर जिल्लाकाे मध्यबिन्दु नगरपालिका- १४ रिपाहामा निर्माण भएको झाेलुङ्गे पुलले लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशको मध्यबिन्दु नगरपालिका र पाल्पाको निस्दी गाउँपालिका मित्याल सहित दुई जिल्ला जोड्ने छ। नवलपुरकाे मध्यबिन्दु नगरपालिकाकाे अरुणखोला,रिपाहा घाटमा एक सय पचहत्तर मिटर लम्बाइ र एक थाेप्लाे दुई मिटरकाे चौडाइ रहेको सस्पेन्सन झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । उक्त झाेलुङ्गे पुल १ करोड, ३७ लाख,६७ हजार,९ सय २० रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

निर्माण सम्पन्न झाेलुङ्गे पुलकाे लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियोे ।उहाँले निर्माण सम्पन्न पुलको उद्घाटन गर्नुहुँदै झोलुङ्गे पुलको आवश्यकता खड्एिकोले रिपाहा घाटमा झाेलाेङ्गे पुल बनेको बताउँदै उक्त पुल बनेपछि यस भेगमा बस्ने दुबै प्रदेशका नागरिकहरूलाई आवतजावत र यहाँकाे उत्पादित बस्तु बिक्री गर्नलाई आउन जाँन धेरै सहज हुने बताउँनुभयो । उद्घाटनमा उहाँले निर्माण गरिएको झाेलाेङ्गे पुलले दुई प्रदेशको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । पुलको निर्माणसंगै लुम्बिनी र गण्डकी प्रदेशकै आयस्रोतमा वृद्धि हुने र यहाँका जनताहरुको आर्थिक स्थितिमा वृद्धि हुने लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ,उद्योग तथा पर्यटन समितिका सदस्य श्रेष्ठले बताउँनुभयो ।

नवनिर्मित रिपाहा घाट झोलुङ्गे पुल प्रयोगमा आउने र त्यहाँका बासिन्दाको लागि बरदान सावित हुने समेत निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउँनुभयो । उहाँले पुलकाे उद्घाटन कार्यक्रममा निस्दी गाउँपालिकाको रिपाहा, लामेदमार,मुढाबास, धाक्रे दमार र मध्यबिन्दु देखि अरुणखोलाका नागरिकहरूलाई निर्माण भएको झोलुङ्गे पुलले आवतजावतमा सहज हुने बताउँनुभयो । खोला वारिपरि रहेको खेतबारी अब बाँझो नरहने विश्वास गर्दै अध्यक्ष सारूले भन्नुभयो,” याे पुलकाे निर्माणले त्यहाँका उपभोक्ताहरुको आर्थिक आयमा सुधार भई आर्थिक समृद्धि हुनेछ ।”

पुल बनेसँगै महिला,बृद्ध र बालबालिका बढी लाभान्वित हुने र तराई मधेस गर्ने नागरिकलाई सजिलो हुने हुँदा उपभोग गर्नेको संख्या धेरै रहेको निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बताउँनुभयो । पहिले देखिनै मध्यबिन्दु नगरपालिकामा झाेलुङ्गे पुल निर्माण गर्नका लागि पहल गरिरहेको बताउँदै उहाँले दुबै क्षेत्रकाे समस्या पहिचान गरेर याे झाेलुङ्गे पुलकाे निर्माण कार्य सम्पन्न गर्न सकेकोमा खुशी व्यक्त गर्दै पुल निर्माण गरेर सहयोग गरेकोमा मध्यबिन्दु -१४ का वडाअध्यक्ष मिन बहादुर दर्लामीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

निर्माण गरिएको झाेलुङ्गे पुलकाे उद्घाटन कार्यक्रमकाे अध्यक्षता निस्दी- ४,मित्यालका वडाअध्यक्ष सन्तबीर सुनारीले गर्नुभएको थियोे । वडाअध्यक्ष सुनारीकाे अध्यक्षतामा भएको कार्यक्रम मन प्रसाद सोतिको स्वागत र बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *