नेतृत्वकाे नयाँ अंक रिब्दिकाेटकाे भैरवस्थानमा सार्वजनिक

पाल्पा, नेतृत्व मिडियाद्वारा प्रकाशित नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाकाे वर्ष २६ अंक १–२ संयुक्त अंक ऐतिहासिक धार्मिक स्थल भैरवनाथ मन्दिर परिसरमा रहेको पाल्पा जिपलाइनकाे कार्यालयमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

पाल्पाको रिब्दिकाेट गाउँपालिका भैरवस्थानस्थित ऐतिहासिक एवं धार्मिक स्थलकाे रूपमा रहेको भैरवनाथ मन्दिर परिसरमा रहेको पाल्पा दर्शन प्रालिको कार्यालय पाल्पा जिपलाइन स्टेसन भैरवस्थानबाट प्रकाशित अंक नेतृत्व लाई सार्वजनिक गरिएको हाे । नेतृत्व सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले नेतृत्व मिडिया द्वारा प्रकाशित पत्रिकालाई सार्वजनिक गर्दै नेतृत्वले प्रत्येक अंक फरकफरक ढंगबाट प्रकाशन गर्दै आएको भन्दै आगामी दिनमा पनि फरकढंगले प्रकाशन हुनेमा आफुले विश्वास लिएको धारणा ब्यक्त गर्नुभयो । नेतृत्वलाई सार्वजनिक गर्दै उहाँले पत्रिकाका प्रकाशक/ सम्पादक गाेविन्द भट्टराईले आफ्नो हरेक प्रकाशित अंकलाई फरक र परिस्कृत गर्दै संग्रहणीय एवं पठनीय बनाउँदै लगेको प्रमुख अतिथि खनालले बताउँनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं साहित्यकार समीक्षक डाक्टर टंकप्रसाद पन्थले प्रकाशित नेतृत्व पत्रिकाभित्र रहेको बिषयमा संप्क्षित रूपमा समिक्षात्मक चर्चा गर्नुहुँदै शुभकामना दिनुभयो ।

त्यस्तै अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रिका निरन्तर प्रकाशन भईरहेकाे र फरकफरक विषयमा प्रत्येक अंक प्रकाशन भएकोमा खुशी हुँदै धन्यवाद ज्ञापन गर्नुभयो । सार्वजनिक कार्यक्रममा उहाँहरूले नेतृत्वले समाजमा लुकेर रहेका मानिसलाई पाठकसामु पस्केर नेतृत्वको अवसर समेत दिएको अध्यक्ष रानाले बताउँनुभयो ।

सार्वजनिक कार्यक्रममा मिसन अस्पताल पाल्पाका अध्यक्ष डा. रचेल कारख, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, रामप्रसाद अर्याल ,पुष्कर अथक रेग्मी ,राजेन्द्र गाेपाल सिंह , हरिप्रसाद भट्टराई ,सन्तोष खनाल ,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा , प्रेस सेन्टर पाल्पा कार्यवाहक अध्यक्ष नवराज ज्ञवाली, समाजवादी प्रेस संगठन पाल्पा जिल्ला अध्यक्ष पदम गैरे, प्रेस चाैतारी नेपाल तानसेन नगर अध्यक्ष गुणवती केसी लगायत आ–आफ्नो धारणा तथा रचना वाचन सहित शुभकामना मन्तब्य राख्नुभएको थियो ।

नेतृत्व मिडियाबाट प्रकाशित नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाकाे सार्वजनिक कार्यक्रममा भैरव दर्शन प्रालिद्वारा संचालनमा रहेको पाल्पा जिपलाइनको अवस्थाका बारेमा संस्थाका सञ्चालक तथा निर्देशक देव पचभैयाले जानकारी दिनुहुदै आफुले देशका विभिन्न स्थानमा जिपलाइन सञ्चालन गरेको बताउँदै उहाँले यहाँ पनि भैरवनाथ मन्दिरको दर्शनसँगै शाहासिक खेल मनोरन्जनमा रुचि राख्ने पर्यटकका लागि आफूले जिपलाइन संचालन गरेको जिपलाइन सञ्चालक पचभैयाले बताउँनुभयो ।

कार्यक्रम नेतृत्व त्रैमासिक पत्रिकाका सम्पादक / प्रकाशक गोविन्द प्रसाद भट्टराईको अध्यक्षता भएको कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *