पूर्वखाेला गाउँपालिकाकाे एकीकृत घुम्ती सेवा

पाल्पा, पूर्वखोला गाउँपालिकाले जनताकाे काम  सहजताका साथ सम्पन्न गर्न एकिकृत घुम्ती सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले वडा नम्बर -६ हेक्लाङमा घुम्ती सेवा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जनतालाई स्थानिय सरकारको कामकोअनुभूती हुनेगरी घुम्ती  सेवा सञ्चालन गर्नुका साथै सुशासनको प्रत्याभुती गराउने उद्धेश्यले घुम्ती सेवाको सञ्चालन गरिएको बताउनु भयो। उहाँले गाउँपालिकाबाट जनतालाई दिने सेवा सुविधाहरू वडाका टोल स्तरबाटै दिन र दुरीका हिसाबले टाढा रहेका जनतालाई सानोतिनो   काममा पनि गाउँपालिका आउनुपर्नेअसुविधा प्रति  ध्यान दिदै जनताको सहजतालाई घुम्ती शिविरकाे  आयोजना गरिएको बताउनु भयो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाको पहुँचभन्दा टाढा रहेका सेवाग्राही जनताहरुको समस्यालाई महत्त्व  दिएर शिविरको आयोजना गरिएको बताउनुभयो । पालिकाको पहुँच भन्दा टाढा रहेका वडाका जनताहरुलाई मध्ये नजर गर्दै अन्य वडाहरुमा पनि आगामी दिनमा  शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाई थियो ।

वडा नम्बर-६ का वडाध्यक्ष धनबहादुर घर्तीले गाउँ पालिकामा योजना सञ्चालन गर्न जाँदा आर्थिक  अनि समयको खर्च हुने शिविरमा सबै सेवाग्राहीले सहज सेवा पाउँदा धेरै उपयोगी रहने बताउनुभयो । घुम्ती शिविरबाट सेवग्राहीले योजना सम्झौता, उपभोक्ता समितिको खाता सञ्चालन, व्यावसाय सम्वन्धि फर्म दर्ता तथा नविकरण, कृषि पशुपालन परामर्श सेवा सञ्चालन गरिने बताउनुभयो । यस्तै स्वास्थ्य सेवातर्फ डाक्टरद्वारा बिरामीहरूकाे जाँच, निशुल्क ल्याव परिक्षण साथै औषधी बितरण र भि.आइ.ए. शिविर समेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा ताहुँ स्वास्थ्य केन्द्रका डाक्टर विवेक पौडयाल सहितको स्वास्थ्यकर्मीको टोलीले ९२  जनालाई स्वास्थ्यसेवा र परामर्श प्रदान गरेको थियो जस मध्ये ओ.पि.टी.सेवा ५९ जना, इम्पलान्ट ६ जना, भि.आइ.ए.सेवा २१ जना अल्ट्रा साउण्ड को ६ जनाले सेवा पाएका छन् । यस्तै गरि १५ वटा योजना संझौता गरिएको छ । शिविरमा २३ वटा व्यावसाय नविकरण र दर्ता गरिएको थियो । यस्तैगरि कृषि तर्फ २१ जना र पशुपालन तर्फ ३० जनाले सेवा पाएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *