प्रेस चाैतारी नेपाल पाल्पाको स्थापना दिवसमा शुभकामना आदानप्रदान सहित विविध विधामा स्थापित अक्षयकोषकाे वितरण

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापनाकाे २४ औं स्थापना दिवसकाे अवसरमा शुभकामना आदानप्रदान गरेको छ। “समृद्धिका लागि स‌ञ्चार कर्म प्रेस चाैतारीकाे मुल मर्म” भन्ने आदर्श व्याक्य सहित स्थापना भएको प्रेस चाैतारीले पाल्पामा एक कार्यक्रमकाे आयाेजना गर्दै स्थापना दिवस मनाएको हाे ।

प्रेस चाैतारी स्थापना दिवस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेलिनवादीका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चाैतारीकाे स्थापना दिवसकाे शुभकामना मन्तब्य दिनुहुँदै उहाँले पाल्पाली पत्रकारहरूले आफ्नो कर्मगर्दा राष्ट्रकाे स्वाभिमानलाई शिर माथि राखेर एउटा जिम्मेवारी र कर्तव्य निष्ठ भएर जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि समाचार लेख्ने र सम्प्रेषण गर्ने समाजका प्रतिकुल अवस्थामा सहि सूचना पाउने हक अधिकारलाई फर्न्टलाइनमा उभिएर जटिल र अप्ठ्यारोमा पनि आफ्नो ज्यानलाई जाेखिममा राख्दै समाचार लेख्ने गरेको भन्दै उहाँले समाचार लेखेकै भरमा धाकधम्की समेत आउने गरेकोमा त्यसमा कत्ति पनि नढग्माई आफ्नो कर्म गरिएको बताउँदै उहाँले प्रेस चाैतारी नेपाल पाल्पाले कार्यतालिका बनाएर आफ्नो संगठनका गतिविधि गर्न सफल भएको बताउँदै स्थापना दिवस शुभकामना दिनुभयो ।

प्रेस चाैतारी नेपाल पाल्पा शाखा स्थापना दिवसकाे अबसरमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय खेम बहादुर सारूले प्रेस चाैतारी पाल्पा शाखाले हरेक गतिविधिमा सिर्जनशील कार्य गर्दै उत्कृष्ट शाखाकाे रूपमा परिचित रहेको बताउँदै उहाँले संगठनले प्रेस स्वतन्त्रता र लाेकतन्त्रकाे आधार पनि प्रेस स्वतन्त्रता नै हाे भन्ने मान्यता अनुसार अघि बढ्दै देशब्यापी रूपमा असल सन्देश प्रवाह गर्न सक्षम रहेको भन्दै शुभकामना दिनुभयो ।

उहाँले प्रेस चाैतारी नेपालकाे स्थापना दिवसकाे अवसर पारेर आफ्नो स्वर्गीय पिता जुद्धबहादुर सारूकाे स्मृतिमा पच्चीस हजार रूपैयाँकाे अक्षयकोष स्थापना गर्दै उक्त अक्षयकोषकाे वितरण गर्ने विधालाई पछि तय गर्ने गरि शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई वितरण गरिने घाेषणा गर्नु भएको छ।

प्रेस चाैतारी पाल्पा शाखा स्थापना दिवसकाे अवसरमा जिल्ला समन्वय समिति पाल्पा सभापति टंकनाथ खनालले प्रेस चौतारी नेपालले संगठनले गर्ने गतिविधिमा रहेर शुभकामना मन्तब्य दिदै उहाँले सञ्चारकर्मीले आफ्नो कर्मगर्दा जिम्मेवार भई काम गर्न सके मात्र पेशागत समस्याको हल हुने बताउँदै सञ्चारकर्मी भएर सञ्चारकाे क्षेत्र अधिकार भन्दा बाहिर गएर व्यवसायिकताकाे नाममा कमाउने बार्गेनिङ चल्ने परिपाटीले सञ्चारकर्मीकाे कर्म र पेशाप्रतिकाे गरिमा घट्न जाने भएकोले पनि सचेत भएर आफ्नो कर्म गर्नुपर्ने भन्दै प्रेस चाैतारीसंग आवद्ध रहनुभएका र अन्य प्रेस संगठनमा रहनुभएका सञ्चारकर्मीहरूले पक्कै पनि आफ्नो कर्मगर्दा सञ्चारका न्यूनतम नीतिगत मुल्य मान्यता र प्रेस काउन्सिल सम्वन्धि आचारसंहितामा रहेर काम गर्नसके मात्र सञ्चार र सञ्चारकर्मीहरूकाे गरिमा, विश्वनियता बढेर जाने भन्दै शुभकामना दिनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेलिनवादी तानसेन नगर अध्यक्ष गुराँस आत्रयेले पार्टी संगठनले सञ्चार र सञ्चारकर्मीहरूलाई सम्मान गर्ने गरेको बताउँनुहुदै सञ्चारकर्मीकाे पेशागत समस्यामा सधैं साथमा रहने भन्दै शुभकामना दिनुभयो ।

प्रेस चाैतारी नेपाल पाल्पा शाखा स्थापना दिवसकाे शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ उप सभापति भरत शर्मा ,प्रेस युनियन नेपाल केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस सेन्टर पाल्पा काेषाध्यक्ष कमल अधिकारी, प्रेस चाैतारी नेपाल पाल्पा शाखाका संस्थापक अध्यक्ष केशवराज नेपाल, पूर्व अध्यक्ष राजेन्द्र लिगलले प्रेस चाैतारी नेपाल पाल्पाकाे स्थापना दिवसकाे अवसरमा आ-आफ्नो धारणा राख्नुहुदै शुभकामना दिनुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस चाैतारी नेपाल पाल्पा शाखाबाट विविध विद्यामा स्थापित अक्षयकोषलाई वितरण गर्नलाई पूर्व अध्यक्ष राजेन्द्र लिगलकाे संयाेजकत्वमा छनाेट समिति बनाई विविध विद्यामा कलम चलाउने पत्रकारहरूलाई छनाेट गरिएको जानकारी गराउदै महत्त्वपूर्ण जिम्मेवारीलाई पुरस्कार वितरण गर्न सहयोग पुर्‍याउने प्रेस चाैतारी नेपालका पदाधिकारी र छनाैट समितिका साथीहरूलाई धन्यवाद दिनुहुदै उहाँले निम्न अनुसारको सञ्चारकर्मीहरूलाई पुरस्कारका लागि छनाैट गरि सिफारिस गरेको जानकारी दिनुभयो ।

प्रेस चाैतारी नेपालले स्थापना दिवसको अवसरमा पाल्पामा रहि पत्रकारिता गर्ने सञ्चारकर्मीलाई क्रियाशीलता र जिम्मेवारीकाे आधारमा मुल्यांकन गर्दै कृष्णप्रसाद पाेखरेललाई भद्रबहादुर स्मृति कृषि पत्रकारिताबाट पुरस्कृत गरेको हाे भने ,पत्रकार विजय बाैडेललाई गीता स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत गरेको छ। त्यस्तै पत्रकार रिमा साेमैलाई पनि गीता स्मृति शिक्षा पुरस्कारले पुरस्कृत गरिएको हाे ।
पत्रकार भुवन रायमाझीलाई सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हाे । प्रेस चाैतारी नेपाल पाल्पाका काेषाध्यक्ष एवं मेचीकाली दैनिकका नेत्रप्रसाद गैरेलाई सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको छ । रामपुरमा क्रियाशील पत्रकार कृष्ण पाैडेललाई शेषकुमारी लाेकप्रसाद स्मृति शिक्षाबाट पुरस्कृत गरिएको हाे।त्यसै गरि पत्रकार एवं प्रेस चाैतारी नेपाल पाल्पा उपाध्यक्ष बन्दना पाेखरेललाई पुतली रूपनारायण स्मृति सामाजिक विकास पत्रकारिताबाट पुरस्कृत गरिएको छ भने पत्रकार हरिबहादुर विश्वकर्मा “सुभाष “ लाई तुलसा तुलबहादुर स्मृति सामाजिक विकास पत्रकारिताले पुरस्कृत गरिएको छ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवसकाे अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमकाे अध्यक्ष कृष्ण कार्कीकाे अध्यक्षतामा भएको थियोे भने प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाकाे स्वागतमा प्रेस चाैतारी पाल्पाका सह-सचिव सन्तोष ज्ञवालीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *