बगनासकाली गाउँपालिकाकाे वार्षिक कार्यप्रगति सार्वजनिक

पाल्पा, बगनासकाली गाउँपालिकाले दोस्रो स्थानीयतह निर्वाचन पछि आएको नेतृत्वले एकवर्षे अवधिमा गाउँपालिकाले गरेको काम र कार्य प्रगतिलाई सार्वजनिक गरेको छ । गाउँपालिकाका विभिन्न शाखाबाट सम्पादन भएगरेका काम र कार्यप्रगतिलाई नमुना कामकाे रूपमा सार्वजनिक गरिएको हो । दैनिक कार्यसम्पादनमा गर्नुपर्ने काम सहित केहि नमुना काम गरिएको बताउँदै अध्यक्ष सरस्वती चिदीले वार्षिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हाे । उहाँले गाउँपालिकाबाट वार्षिक रूपमा सम्पादन गरिएका कामहरू हेर्दा सामान्य लाग्ने तर त्यसले दुरगामी प्रभाव पार्नेगरी काम भएको गाउँपालिका अध्यक्ष चिदीले वार्षिक कार्यप्रगति सार्वजनिक कार्यक्रममा उहाँले बताउँनुभयाे । गएको एक वर्षमा आफ्नो नेतृत्वमा बनेको स्थानीय सरकारबाट सञ्चालनमा आएका याेजना र उपलब्धिलाई जानकारी गराउँदै उहाँले आफू आएपछि नागरिकको सेवा सुविधाहरूलाई ध्यानमा राखेर सामाजिक सुरक्षा भत्ता वडाका टाेलबाटै वितरण व्यवस्था मिलाएको अध्यक्ष चिदीले बताउँनुभयाे । उहाँले पत्रकारहरूसंग कुराकानी गर्दै गाउँपालिकाभित्र रहेका ‘ग’ वर्गका अपांग भएका व्यक्तिलाई मासिक पाँच सय र ‘घ’ वर्गका व्यक्तिलाई मासिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराइएको जानकारी दिनुभयो । वडास्तरबाटै नागरिकरूले सहज रुपमा सेवा लिन पाउँन भन्ने उद्वेश्य राखेर गाउँपालिकाले वडास्तरबाटै सेवादिने गरि एकीकृत घुम्ती शिविर सञ्चालन गरी योजना सम्झौता गर्ने गरिएको भन्दै उहाँले पालिकाकाे विकास निर्माणमा नागरिकको सहभागिता सुनिश्चित गर्नका लागि ७६ वटा टोल विकास संस्था गठन गरेर क्षमता विकास सम्वन्धि तालिम दिइएको समेत बगनासकाली गाउँपालिका अध्यक्ष चिदीले कार्यक्रममा जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका उन्नाइस जना अभिभावक विहीन भई बसेका बालवालिकालाई मासिक एक हजार रुपैयाँ पालिकाले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको र एकल महिला एवं स्वास्थ्य स्वयंसेविकाहरूका लागि मासिक एक हजार र सुत्केरी महिलालाई थप सुविधाका लागि एक हजार पाँच सय दिने काम सुरु गरेको अध्यक्ष चिदीले जानकारी दिनुभयो । यसका साथै उहाँले उज्यालो बगनासकालीका साेलार प्यानल जडानका लागि रकम उपलब्ध गराएको जानकारी दिनुभयो । स्वास्थ्य संस्था ऐतिहासिक धार्मिक महत्वका क्षेत्रहरुलाई विशेष महत्त्व दिएर काम गर्ने र रकम उपलब्ध गराउने गरेको बताउँदै अध्यक्ष चिदीले स्थानीय पाठ्यक्रम निर्माण, कार्यान्वयन जस्ता महत्त्वपूर्ण कामलाई उच्च प्राथमिकतामा राखी लागु गरिएको समेत अध्यक्ष चिदीले बताउँनुभयाे ।

बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले वडाका टोलहरूमा विकास समितिरूकाे गठन गरेर योजना छनोट प्रकृया देखि कार्यान्वयनसम्म नागरिकहरूकाे सहभागीतालाई सुनिश्चित गरिएको बताउँनुभयाे । उहाँले गाउँपालिका लिफ्टिङ्ग खानेपानी योजनाको विद्युत महशुल र मोटर मर्मतमा समेत ६० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयाे । यस चालु आर्थिक वर्षमा गाउँपालिकाबाट कृषि, स्वास्थ्य , शिक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गरिएको बताउँदै उपाध्यक्ष पाठकले क्षेत्रगत रुपमा कृषि अन्तर्गत विभिन्न पकेट क्षेत्र विस्तार, स्वास्थ्य अन्तर्गत घरदैलोमा स्वास्थ्य सेवा र शिक्षातर्फ शिक्षकहरुलाई प्रविधिमैत्री तालिम र शैक्षिक सुधारका योजना सञ्चालन भएको उहाँले कार्यक्रममा बताउँनुभयाे। विकास निर्माणका कामबाट आफूहरु उत्साहित बनेको बताउँदै उहाँले यसका साथमा आर्थिक सुशासनलाई प्राथमिकता दिएर अघि बढेको समेत उपाध्यक्ष पाठकले बताउँनुभयाे । पालिकाकाे खर्चमा मितव्ययिता गर्दागर्दै पनि आन्तरिक आम्दानी कम हुँदा साेँचे अनुसार जनताकाे माग अनुसारका योजनारूलाई वितरण गर्न र कार्यान्वयनमा समस्या रहेको समेत उहाँले बताउँनुभयाे। संघ र प्रदेशले बजेट कटौती गर्दा थप समस्या भएको उपाध्यक्ष पाठकले बताउँनुभयाे।

त्यस्तै गाउँपालिका बेरुजु रकम न्यून गर्नेतर्फ केन्द्रित रहेको गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले कार्यक्रममा जानकारी गराउँनुभयाे । उहाँले यस चालु आर्थिक वर्षमा मात्र तीन करोड २१ लाख ९ हजार संम्परीक्षण गरिएको जानकारी दिनुभयाे । बित्तिय प्रगति चालु खर्च ६८ दशमलव २ प्रतिशत पूँजीगत खर्च ४८ दशमलब २८ औषतमा ६१ दशमलब २१ प्रतिशत रहेको जानकारी गराउँनुभयाे । सम्झौता भएका योजनाको काम तीव्र रुपमा भएको र फरफार समेत अन्तिम चरणमा रहेकोले विकास बजेट खर्च कम देखिएको लेखा अधिकृत पौडेलले बताउँनुभयाे ।

यस आर्थिक वर्षमा ३ सय ६४ योजना गाउँपालिकामा सम्झौता भएकोमा २ सय २८ वटा योजना सम्पन्न भैसकेको प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयाे। उहाँले स्वास्थ्य, शिक्षा , प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बाट भएको उपलब्धी , कृषिमा गरिएका गतिविधि ,सुचना प्रविधिलगायतका क्षेत्रमा गाउँपालिकाले विशेष ध्यान दिएर काम गरेको बताउँनुभयाे।यसका साथै यस वर्ष घोरवन्दा (ठूलाचौर–पिप्ले) मोटरबाटो पिच,आर्यभन्ज्याङ्ग ( सिंचास – पोखराथोक– देउराली मोटरबाटो स्तरउन्नति सम्पन्न भएको, दोवाटो (वडा कार्यालय( मिलनचोक मोटरबाटो कालोपत्रे, बुल्ठाँकीे–देउराली–मोटरबाटो कालोपत्रे ,तल्लो कोल्डाडाँ भर्ले दर्पुक मोटरबाटो,चिलाङ्गदी नायर खानीछाप राम्दी मोटरबाटो, चिलाङ्गदी नायरचौपारी खानीछाप मोटरबाटोको काम भएको प्रवक्ता थापाले कार्यक्रममा भन्नुभयो । उहाँले यसकाे साथसाथै गाँउपालिकाको मुख्य प्रशासकीय भवनकोे कामले गति लिएको र १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्य तिव्र गतिले भैरहेको जानकारी दिनुभयाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले स्थानीयवासीको जीवनस्तरमा सुधार आउने गरी गाउँपालिकाले योजना सञ्चालन गर्ने बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *