बगनासकाली गाउँपालिकाको नीति तथा कार्यक्रम  सहित बजेट सार्वजनिक

पाल्पा, बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको  छ ।गाउँपालिकाको १४औं गाउँसभा तथा अधिवेशनमा स्थानीय सरकारकाे रूपमा गाउँपालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाले सबैक्षेत्रको   सुझाव सल्लाह अनुसार नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो ।बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम   प्रस्तुत गर्नुहुँदै अध्यक्ष चिदीले नीति कार्यक्रममा   बगनासकालीकाे अघिल्ला वर्षमा सञ्चालित भई सम्पन्न हुन बाँकी गाउँपालिका नमुना कार्यक्रमलाई निरन्तरता दिने बताउँनुभएकाे छ ।

उहाँले गाउँपालिकाकाे १४औं नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्नुहुँदै दीर्घकालीन विकासको लागि योजना कार्यान्वयन तथा अद्यावधिक गर्ने, गाउँपालिका क्षेत्रको भू–उपयोग नीति तर्जुमा गरी समुन्नत कृषि गाउँको रूपमा विकास गर्ने, पर्यटन विकासको समुचित विस्तार र प्रवद्र्धन गर्ने, गाउँ क्षेत्रभित्रका सम्भावित क्षेत्रहरूको पहिचान गरी करको दायरा फराकिलो बनाउने, सार्वजनिक सम्पत्तिको पहिचान गरी संरक्षण र सम्वद्र्धन गर्ने, सार्वजनिक, निजी, साझेदारीमा जोड दिने, शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास गर्ने, सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने, सरसफाई र वातावरण संरक्षण टेवा पुर्‍याउने विषयलाई नीति तथा कार्यक्रममा उल्लेख  गर्नुभएको छ ।

गाउँपालिकाकाे प्रस्तुत नीति तथा कार्यक्रममा उहाँले विकास पूर्वाधारहरूको पहुँचलाई बिस्तार गर्दै  बस्तीस्तरसम्म पुर्‍याउने र विकासका अवसरहरूको पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने बताउँदै अध्यक्ष चिदीले सन्तुलित, समावेशी र समन्यायिक विकासको अवधारणा मार्फत विभिन्न वर्ग,क्षेत्र,लिङ्ग,समुदाय र जातजाति हरूको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा ब्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन गरि गरिवी न्यूनीकरण गर्ने, विकासको दृष्टिले पछाडि परेका वर्ग समुदायलाई सहभागीता मुलक वडाहरूमा प्राथमिकताका आधारमा विकास कार्यक्रमहरू पुर्‍याउन गाउँपालिकाका जनताको सामाजिक आर्थिक रूपान्तरण गर्ने, स्वच्छ सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सम्वन्धी चेतनाको अभिबृद्धि गरी दीर्घकालीन लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने विकास कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्दा सरोकारवालाहरू बीचमा समन्वय कायम गर्दै जनसहभागिता एवं  पारदर्शिता र उत्तरदायित्व वढाई सुशासनको प्रत्याभूति दिने, वातावरणमैत्री नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, कृषि एवं पशुपालनलाई ब्यवसायिकरण गरी आय आर्जन वृद्धि गर्ने, समृद्ध,समुन्नत र श्रोत सम्पन्न आधुनिक गाउँपालिकाको रूपमा विकास गर्ने विषय नीति  कार्यक्रममा समावेश गर्नुभएको छ ।

नीति तथा कार्यक्रम अन्तरगत कृषि तथा पशु, सहकारी नीति, उद्यमशीलता प्रवर्धन नीति उद्योग तथा व्यापार नीति, पर्यटन नीतिमा पनि अघिल्ला वर्षहरुको तुलनामा लोकप्रिय र बजेटले समेट्न सक्ने विषयहरुलाई समेटिएको छ ।

स्वास्थ्य नीति अन्तर्गत पनि पालिकाले वर्ष नमुना कार्यक्रमहरुलाई जोड दिदै गाउँपालिका अन्तर्गत  स्वास्थ्य शाखामा कार्यरत नर्सलाई परिचालन गरि एक विद्यालय एक नर्सको अवधारणा अनुरुप निश्चित सामुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण र उपचार कार्यलाई व्यवस्थित बनाउने योजना बनाउने विषयमा नीति कार्यक्रममा उल्लेख छ ।

त्यस्तै अन्य विषयहरुमा पनि पालिकाले यस वर्ष सबैक्षेत्रलाई समेट्ने गरि नीति कार्यक्रम ल्याएको छ । सभामा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले ४९ करोड ३४ लाख ६४ हजार ५ सय २४ रुपैया बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकासका साथै खानेपानी लगायतमा समानुपातिक ढंगबाट बजेट विनियोजन भएको उपाध्यक्ष पाठकले बताउनुभयो । नागरिकहरु सँगको सुझाव सल्लाहको आधारमा नै बजेट ल्याइएको र बजेटको सफल कार्यान्वयन हुने उपाध्यक्ष पाठकले बताउनुभयो ।

सभामा बगनासकाली गाउँपालिकाको न्यायिक समिति तथा राजश्व परामर्श समितिको प्रतिवेदन संयोजक हरिप्रसाद पाठक, आर्थिक समितिको प्रतिवेदन सदस्य हरि प्रसाद न्यौपाने, सामाजिक विकास समितिको प्रतिवेदन गीता रेग्मी, पुर्वाधार विकास समितिको प्रतिवेदन संयोजक तेजप्रसाद रसाइली, सुशासन तथा क्षमता विकास समितिको प्रतिवेदन संयोजक बसन्थी थापा, बिधेयक समितिको प्रतिबेदन संयोजक उमाकला अर्याल, आर्थिक विधेयक २०८० प्रस्तुती उपाध्यक्ष हरिप्रसाद पाठकले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गर्नुभएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिका वडा नं. ९ का वडा सदस्य यमलाल तिमिल्सिना, वडा नं. ९ का वडा सदस्य कृष्ण भुसाल छलफलमा सहभागी हुनुभएको थियो । सभामा प्रस्तुत भएको नीति कार्यक्रम तथा बजेट लाई असार १८ गते छलफल पछि गाउँसभाबाट पारित गर्ने गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *