रामपुर नगरपालिकाद्धारा कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण

पाल्पा , रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । रामपुर नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्बन समुह र युवा समुहहरुलाई मंगलबार विभिन्न जातका घाँसको विरुवा वितरण गरेको हो ।

घाँसको विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले व्यवसायीक रुपमा पशुपालनका लागि घाँसको सहि सदुपयोग गरि उत्पादनमा वृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागि विषेश योजनाका साथ अगाडी बढेको भन्दै पशु व्यसायीक रुपमा पालन गर्नु पर्ने बताउनुभयो । साथै उपप्रमुख थापाले पशुपालनका लागि परियोजना मार्फत बाख्राको माउ र व्याडे बाख्रा वितरण गर्दै आएको बताउँदै यो कार्यक्रमलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पशुपालक कृषकका लागि नगरले गरेको लगानी खेर नजाने गरि पशुपालनमा लाग्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ को कार्यालय भवनमा भएको कार्यक्रममा नगर भित्रका ५१ समुहका सदस्यहरुलाई ५ प्रकारका उन्नत जातका घाँसको विरुवा वितरण गरिएको छ । रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको घाँसको विरुवा वितरण कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियारको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन समुदाय सहजकर्ता सुस्मा आलेले गर्नु भएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *