रिब्दीकाेट गाउँपालिका भैरवस्थान बजार क्षेत्रकाे अनुगमन

पाल्पा, रिब्दीकाेट गाउँपालिका-४, भैरवस्थानकाे बजार क्षेत्रलाई अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले बजारमा हुन सक्ने कालो बजारी, महंगी र अखाद्य वस्तुहरूको विक्री वितरण रोक्न बजारलाई अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय पाल्पा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पा उद्योग बाणिज्य संघ, पाल्पा व्यापार संघ, रिब्दीकाेट गाउँपालिका, उपभोक्ता मञ्चकाे संयुक्त टाेलीले बजार अनुगमन गरेको हाे ।

रिब्दीकाेटकाे भैरवस्थान बजार क्षेत्र अनुगमन गर्नका लागि पाल्पाबाट श्यामकुमार पाैडेल, दिनेश ज्ञवाली, मनाेज अधिकारी, कपिल कार्की, समिरमान सिंह, लक्ष्मण प्रसाद घिमिरे, रूकलाल भट्टराई, प्रहरी सहायक निरीक्षक मिथलेस कुमार यादवकाे टाेलीले संयुक्त रूपमा रिब्दीकाेटकाे भैरवस्थान क्षेत्रमा बजार अनुगमन गरेको छ। बजार अनुगमनमा खाद्यान्न, किराना पसल, हाेटल रेष्टुरेन्ट र भैरवनाथ मन्दिरमा चढ्ने प्रसादी बनाउने राेट घरहरुको अनुगमन गरिएको हाे ।

रिब्दीकाेटकाे भैरवस्थान बजार अनुगमनकाे क्रममा राेट घरका घ्यू, मन्दिरमा चढ्ने प्रसाद सामग्री, खाद्यान्न किराना पसल, हाेटल रेष्टुरेन्ट सहित १६ वटा पसलहरूमा अनुगमन गर्दा ६१ हजार रूपैयाँ बढीकाे अखाद्य बस्तु, पेय पदार्थ, खाद्यान्न सामग्री चाउमिन उत्पादन भएको समयावधि गुज्रिएको र लेभल नभएको सामान बस्तुहरूकाे जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत श्यामकुमार पाैडेलले बताउँनुभयाे । बजार अनुगमनमा खाद्यान्न किराना पसल, हाेटल, रेष्टुरेन्ट एवं भैरवनाथ मन्दिरमा चढाउने प्रसाद बनाउने राेट घरकाे अनुगमन गर्दा भेटिएका सामग्रीहरू लेबल नभएका र म्याद नाघेका बस्तु पेयपदार्थ कोक, फेन्टा, सुजी, विष्कुट, च्युरा, चकलेट, घ्यू , मिठाई , चाउमिन, सुर्तीजन्य पदार्थ लगायतका सामानहरू रहेको ती बस्तु जफत गरी नष्ट गरिएको समेत बताउँनुभयाे ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनाेज घिमिरेले बजारकाे अनुगमनले कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ताहरूकाे स्वच्छ खाद्य उपभाेग गर्ने अधिकारकाे बारेमा जानकारी हुने हकहित र खाद्य अधिकार विषयमा जानकारी दिने उद्देश्य अनुसार बजार अनुगमन गरिएको बताउँनुभयाे । उहाँले पहिलोपटक अनुगमन गरि जानकारी गराउँदै व्यवसायीहरुलाई लेवल विनाका सामग्री, म्याद नाघेका सामग्री विक्री वितरण नगर्न र पसलमा मूल्य सूँची राख्न,पसल दर्ता अनुसारका सामग्री मात्र विक्रीवितरण नगर्न निर्देशन दिईएको बताउँनुभयाे । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने जानकारी गराइएको उद्यम विकास सहजकर्ता घिमिरेले बताउँनुभयाे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *