रिब्दीकोट गाउँपालिकाको आर्थिक बर्षकाे बजेट ५३ करोड बढी

पाल्पा, रिब्दिकाट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १३ औं गाउँसभा तथा वर्खे अधिवेशनमा उपाध्यक्ष कान्ता अधिकारीले रू.५३ कराेड ६८ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएकाे छ ।
रिब्दिकाेट गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम १३औं गाउँसभा तथा अधिवेशनमा अध्यक्ष नारायणबहादुर कार्कीले यसअघि प्रस्तुत गर्नुभएको थियोे । प्रस्तुत नीति कार्यक्रम सभाका सदस्यहरूबाट बहुमतका साथ पारित गरिएको थियोे । पारित नीति कार्यक्रम कार्यान्वयन गर्न १३औँ गाउँसभा तथा अधिवेशनकाे दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बजेट विनियोजन गर्नुहुदै बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

उपाध्यक्ष अधिकारीले गाउँपालिकाकाे १३ औं गाउँसभा तथा वर्खे अधिवेशनकाे दाेस्राे बैठकमा बजेट प्रस्तुत गर्नुहुदै उहाँले रिब्दिकाेट गाउँपालिकाकाे पूँजीगत २३ करोड ५६ लाख ६४ हजार र चालुतर्फ २९ करोड ४४ लाख ४ हजार खर्च हुने अनुमान सहितको अनुमानित बजेट प्रस्तुत गर्नुभएकाे थियोे । उपाध्यक्षले प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारकाे वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, राजश्व बाँडफाँडमा ७ करोड ९३ लाख ३६ हजार ४ सय रहेको छ, त्यस्तै समपूरक अनुदानतर्फ ७५ लाख, विशेष अनुदानमा १ करोड, ससर्त अनुदानमा २६ करोड २८ लाख रहेको बजेट प्रस्तुत गर्नुभएको थियोे ।

१३ औं गाउँसभा तथा अधिवेशनकाे दाेस्राे बैठकमा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अधिकारीले संघीय सरकारको ससर्त अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नवीकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगे पुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च प्रस्तुत बजेट बक्तब्यमा बताउनुभयो । उहाँले गाउँपालिकाकाे गाउँसभामा बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेश सरकारकाे वित्तीय समानीकरण अनुदान ५९ लाख १८ हजार, राजस्व बाँडफाँड ४४ लाख ३८ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान ६० लाख, ससर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ रहेको प्रस्तुत बजेट बक्तब्यमा बताउँदै उहाँले रिब्दिकाेट गाउँपालिकाको आन्तरिक स्रोतबाट ७३ लाख ७७ हजार, जलविद्युत् रोयल्टी, खानी तथा वन रोयल्टीबाट अनुमानित ४० लाख, चालु आर्थिक वर्षको बचत हुने रकम १ करोड ५० लाख तथा अन्य विविध आम्दानी गर्ने, संघसंस्थाकाे सहयोग १ करोड ३६ लाख ९७ हजार बराबरको राजश्व रहेको गाउँपालिका उपाध्यक्ष अधिकारीले बताउनुभयाे ।

चालु आर्थिक वर्षमा खर्च ६७ दशमलव ६० र पुँजीगततर्फ ७६ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयाे । पुँजीगत बजेट खर्चमा सुधार ल्याउन र विकास निर्माणमा गुणस्तर कायम गर्न जेठ मसान्त पश्चात् भुक्तानी नदिने नीतिअनुरुप वडा अन्तर्गतको विकास खर्च भुक्तानी गर्ने कार्य लगभग सकिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

संघीय र प्रदेश सरकारको बजेट अख्तियारी ढिलो प्राप्त भएकाले कतिपय ठूला योजना भने सम्पन्न हुन बाँकी नै रहेको रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयाे । चालु आर्थिक वर्षमा रिब्दिकाेट गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत ४ वडामा ८५० नागरिकलाई सेवा दिएको बताउँदै गाउँपालिकाले उत्पादनमा आधारित अनुदानअन्तर्गत पशुजन्य दूध, कृषिमा गोलभेँडा, सुन्तला तथा अमिलोजातीमा ४ सय १५ किसानलाई बैंक खातामार्फत अनुदान दिएको अध्यक्ष कार्कीले बताउनुभयाे । गाउँपालिकाले स्वयंसेवी कार्यक्रममा ‘म बनाउँछु मेरो रिब्दीकोट’ कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममा २१ लाख ८१ हजार बराबरको काम भएको र यसबाट ठूलो धनराशि रकम बचत गर्न सफल भएको अध्यक्ष कार्कीले बताउनुभयो ।

गाउँपालिकाले ‘एक टोल एक सामूहिक खेती’अन्तर्गत स्थलगत तालिमका लागि ३० लाख, उत्पादनमा आधारित अनुदान, कृषि उपज उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, सामुहिक कृषि उत्पादनका लागि किसानलाई अनुदानको दायरा विस्तार गर्न विशेष अन्तर्गत कार्यक्रम ५० लाख, जलेश्वर पर्यटन पूर्वाधारका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । त्यस्तै श्रम र श्रमिकको मर्यादा हुने गरी रोजगारी सिर्जना गर्न र ५ वर्षे रणनीति योजना निर्माणका लागि ४९ लाख ११ हजार विनियोजन गरेको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

रिब्दिकाेट गाउँपालिकाकाे १३औं गाउँसभा तथा अधिवेशनमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँसभामा प्रस्तुत नीति कार्यक्रम माथि छलफलबाट पारित भएको नीति कार्यक्रमलाई आर्थिक वर्षको प्रस्तुत बजेट मार्फत कार्यान्वयन गर्दै जाने सभाका सचिव एवं रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *